14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

तेर वर्षपछि तेरथुम टेक्दा ...

नियात्रा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल May 2, 2010, 7:39 am
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

तेरथुम मेरो, म तेरथुमको । परिस्थितिले डो¥याएर मलाई निकै टाढा पु¥यायो तर मेरो रगतका कणकणमा अनि नसानसामा तेरथुमै तेरथुम छ । मलाई मेरो जन्मभूमि तेरथुम अति प्यारो छ । अनि मेरा तेरथुमेहरू झनै प्यारा छन् । मैले तेरथुम छोडेको धेरै वर्ष बितिसकेछ । निकै वर्ष पहिले एकदुईपटक क्याम्पसको जाच चलाउन गएको थिएँ । त्यसपछि त्यहाँ जाने मन हुँदाहुँदै पनि अनुकूल मिलेको थिएन । यसपटक अनुकूल मिल्यो क्याम्पसकै कामका सिलसिलामा... ।

म्याङलुङ क्याम्पसमा एम्.ए. पढाउने शिक्ष्ँक छनोट गर्नुपर्ने रहेछ । त्यसमा अलि विवाद पनि भएछ । क्याम्पस व्यवस्थापन समितिलगायतको सर्वसम्मतिमा मलाई बोलाउने निर्णय भएछ । क्याम्पस प्रमुख सुनिल तुम्बाहाङ्फेहरूको विशेष आग्रहमा म अति व्यस्त हँुदाहँुदै पनि यसपटक तेरथुम नगई भएन । सुरुमा त अस्वीकार गर्न धेरै प्रयत्न गरेकै हुँ तर जिल्लाबासीहरूको आग्रहलाई पूरै नकार्न सकिन । विवादास्पद काममा जानु उपयुक्त हुँदैन भन्ने स.कम्पनी रजिस्ट्रार राजन बिसीहरूको सल्लाहलाई मैले ठाडै अस्वीकार गरे“ । वास्तवमा मलाई सहजभन्दा चुनौतीपूर्ण कार्य मनपर्छ । त्यहा“ विवाद नभएको भए सायद यसपटक पनि म तेरथुम जा“दैनथे“... ।

पटकपटकको फोन आग्रहपछि कृष्णाष्टमीका दिन एक बजेतिर तेरथुम जाने पक्का भयो । विनोद पौडेलले दुई बजेको टिकट मिलाइदिए । बखतबहादुर थापाले एयरपोर्ट पु¥याइदिए । उडान एक घन्टाजति ढिलो भयो । यो नेपाली वायुयानको विशेषता नै हो भन्ठानी चित्त बुझाइयो । बाटोमा निकै बेर कुहिरो लागेर केही देखिएन । तराईतिर प्रवेश गरेपछि मौसम उघ्रियो । मौसमका साथसाथ मेरो मन पनि प्रसन्नताले उघ्रियो । आपूm त तराईतिर धान नफले भोकमरीले भुतुक्कै हुनुपर्ने राज्यको राजधानीमा बसेको मान्छे । जहाजबाट तराईका फा“टमा प्रायः रोपाइ“ भइसकेको र कतैकतै भइरहेको देख्दा कमसेकम यो वर्ष कुनै विदेशीको कुहिएको अनुदान नपर्खी स्वदेशकै चामल खान पाइने भो भन्ठानी सारै आनन्द लाग्यो । तीन बजेको यती एयरबाट म विराटनगर विमानस्थल उत्रिएँ चार बज्न चार मिनेट बाँकी हँुदा ।

मेरो यात्रा खासै लामो समयका लागि नभएकाले मैले धेरै सामान लगेको थिइन । जहाज अवतरण गर्नेबित्तिकै साथैमा बोकेका पोकापुन्तुरा च्यापेर म बाहिरिए“ । एयरपोर्टमै एकजना पुलिसलाई धरान जाने साधनबारे सोधँे । उनले पनि बडो सहयोगी पारामा बाहिर आएर एउटा ट्याक्सीसँग कुरा गरिदिए । ट्याक्सीवालाले भन्यो— ‘अरूलाई भए बार सय लाग्थ्यो, तपाईंको मान्छे भएकाले एक हजार ।’ म धरानको दूरी सम्झेर सोच्तै थिए“... अनि म ती पुलिसको मान्छे पनि थिइन । त्यत्तिकैमा मस“गै जहाजमा आएका एकजना भाइ र अधबैं“से महिला बाहिरिए । अनुहारले ती लिम्बू हुन् भन्ने मैले लख काटिहालँे । चिनजान भयो तिनीहरू पनि धरान जाने रहेछन् । तिनीहरूको घरै धरान रहेछ । अमरराज लिम्बू नाम गरेका ती भाइ काठमाडौंमा साइबर चलाएर बसेका रहेछन् । उनले धरान स“गै जाऊ“ म ट्याक्सी मिलाउ“छु भने । मैले पुलिसले मिलाइदिएको ट्याक्सीको कुरा गरे“ । उनले भने— ‘यो त सारै मह“गो भयो ।’ मुख बाइरहेका लेकाली जुकाभैm“ वरिपरि झुम्मिएका ट्याक्सीहरू हाम्रा कुरा सुनिरहेका थिए । एउटाले नजिकै आएर खुसुक्क सात सयमा धरान पु¥याइदिने कुरा ग¥यो । मैले पुलिसको सहयोग बुझिहाले“ । हामीले धेरजसो पुलिसबाट पाउने सहयोग यस्तै त हो नि ... । आफ्नो भाग गुमेकोमा पुलिस खिन्न देखिन्थ्यो । खासमा सात सय भाडा पनि मह“गै रहेछ । त्यो कुरा पछि ड्राइभरबाटै थाहा भयो तर कुरो छिनिसकिएकाले किचकिच गरिएन । ऊ पनि प्रसन्न भयो ।

धरान पुगेपछि मैले भानुचोकमै उत्रिने कुरा गरे“ । सहयात्री आमाछोरा दुवैले पटक्कै मानेनन् । ट्याक्सी नरोकी अगाडि बढ्न लगाए । म भरखरै परिचित व्यक्तिका घरमा जाने मनस्थितिमा पटक्कै थिइन तर उनीहरूको ढिपीका अगाडि मेरो केही लागेन । केही क्षणमै हामी धर्मपथस्थित तिनीहरूको घरमा पुग्यौ“ । मेरो मन त्यहा“ थिएन, उडिरहेको थियो । तैपनि लिम्बूहरूस“गको पुरानो सङ्गतले उनीहरू त्यति पापी हु“दैनन् भन्ठानी चित्त बुझाए“ । तिनीहरूको घर निकै राम्रो चिटिक्क परेको रहेछ । घर ठूलै भए पनि परिवार भने सानो । अमरका बाबु के.बी. लिम्बू पूर्व लाहुरे रहेछन् । घरमा बोली पनि उति नफुटेको एउटा सानो बच्चो र सोनिया नाम गरेकी एउटी निकै मोटी बच्ची रहेछन् । बच्चाको बानी पनि अनौठो, लुगा लगाउनै नमान्ने । मैले उसलाई जहाजे चक्लेट दिए“ । ऊ मस“ग झुम्मिहाल्यो । अमरको एकजना दाइ पनि रहेछन् । हामीले साइनो गा“सिहाल्यौ“ । म अमरका बुबालाई दाइ भन्न थालिहाले“ । उनले निकैबेर आनो लाहुरे जीवनबारे बेलिबिस्तार लगाए । उनी निकै राष्ट्रप्रेमी मान्छे रहेछन् । बेलायतले हालसालै दिएको सुविधाअनुसार पनि उनी त्यता जाने सुरमा रहेनछन् । यति घुलमिल हु“दा पनि मान्छेको मन न हो... पापी मन । मैले त्यहा“ बसेको कुरो दुईचारजनालाई फोनबाटै बताए“... ।

बेलुका सात बजेतिर अमर भाइले मलाई भयानक मोटरसाइकलमा घुमाउन लगे । धरानमा राष्ट्रकै नियति लोडसेडिङ भएकाले उनले कता लगे उति पत्तो पाइएन । उनी भन्दै थिए यो विजयपुर, यो बुढासुब्बा, यो हात्तीसार क्याम्पस, यो पिण्डेश्वर क्याम्पस... । म कुरो सुन्दै थिए“ । अन्धकार सा“झ, लगभग अपरिचित परिस्थिति, मेरो भयग्रस्त मन तीव्र बेगमा उडिरहेको थियो, अमर भाइको ह“काइभन्दा पनि तीव्र गतिमा । मैले उनको पढाइबारेमा सोधे“ । उनी विदेशमा पढेका रहेछन् । पाइलट बन्ने रहर रहेछ । कसोकसो काठमाडौंकी नेवार्नीस“ग सल्केछन् र भर्खरै बिहे पनि गरेछन् । सारै भद्र स्वभाव र मिठो बोली भएका अमर भाइका कुरा सुनिसकेपछि मेरो मनबाट भय क्रमशः टाढि“दै गयो । उनले घुमाउ“दै पुरानो घोपा क्याम्प÷अहिलेको बी.पी. मेमोरियल अस्पताल पु¥याए । त्यहा“ लोडसेडिङ रहेनछ । विदेशजस्तैजस्तै लाग्ने सारै रमाइलो ठाउ“ । निकैबेरको घुमाइपछि हामी घर पुग्यौ“ । खाना तयार रहेछ । लिम्बू परिवार पूरै शाकाहारी म बाहुनचरी मांसाहारी । मेरा लागि छुट्टै मासु पकाइएको... । पूरै विदेशी शैलीमा सजिसजाउ बैठकमै बसेर खाना खाइयो । एकछिन गफगाफ गर्दै टिभी हेरेपछि सुत्नेतर्पm लागियो । त्यतिबेलासम्म वातावरण निकै सहज भइसकेको थियो । रातभर मस्तस“ग निदाइयो ।

बिहानै हि“ड्नुपर्ने भएकाले म सबेरै उठे“ तर लाहुरे परिवार मभन्दा पहिले नै उठिसकेको रहेछ । नित्यकर्मपश्चात् अमर भाइले साढे पा“चतिर मलाई मोटरसाइकलमा बसपार्क पु¥याए । मलाई धरानबाट ट्याक्सीमा आउनु भनिएको थियो । म यताउति ट्याक्सी हेर्न थाले“ । त्यहा“ ल्यान्डरोभरलाई ट्याक्सी भनिने कुरा अमर भाइबाटै थाहा पाए“ । म नया“ कुरा सुनेर छक्क परे“ । त्यहा“का ट्याक्सीको कुनै नियम र टायमटेबल पनि रहेनछ, भरिएपछि मात्र हि“ड्दा रहेछन् । भन्ने ठाउ“ कतै भए पो हाम्रो पहिलो ट्याक्सी बल्ल सातबजेतिर भरियो । म त्यहा“बाट तेरथुमतिर नलागुन्जेल अमर भाइ पर्खेरै बसिरहे । गाडी चलेपछि बिदाइको हात हल्लाउ“दै र फर्क“दा एकदुई दिन बस्ने आग्रह गर्दै उनी घरतिर लागे, म तेरथुमतिर । चानचुन हात्तीजत्रै गुरुङ ड्राइभरले सुस्तरी गाडी अगि बढायो । मूलघाटमाथिको रुद्रबारी नपुग्दै जङ्गलमा गाडी बिग्रियो । परेन त फसाद... तेरथुममा आफ्नो मिटिङको समयसमेत निर्धारित भइसकेको थियो । धरानबाट अर्काे ट्याक्सी मगाएर जाने निधो गरी फोन गरियो । अर्काे आउनेमा मचाहि“ कमै विश्वस्त थिए“ तर एक घन्टापछि आइपुग्यो । त्यसको ड्राइभरचाहि“ लिम्बू रहेछ लगभग अफ्रिकाली हात्तीजत्रै । उसले गाडी तेजस“ग हुइक्याउन सुरु ग¥यो... ।

हामी यात्री अनेकथरी थियाँै । गाडीको ड्राइभर मात्र होइन मबाहेक सबैजसो यात्री पनि ज्यानदार नै थिए । एकजोडी अधबैंसे ब्रा≈मण दम्पती मित्रराष्ट्रतिरबाट आएका रहेछन् आनो पैत्रिक थलो जलजले जान । ती दम्पती पुराना ढपका पहेंलपुर गहनाले झकिझकाउ थिए । अर्की एउटी बुढी लाहुरी, उनको पूmर्तिफार्ती खपिसक्नु थिएन । उनी त झनै ठा“टबा“टका साथ पहेंलपुर गहनामै चिरिच्या“ट्ट परेर सजिएकी अर्की तेरथुमे ढुङ्गानाकी छोरी, चिल्लीकाली वर्णकी, भरखरै कोइरालास“ग बिहे भएको रहेछ । तीजमा माइत हि“डेकी रहिछन् । अरू धेरजसो लिम्बूहरू थिए । साथमा एकजना नेतानेता परेका सोल्माली भाइ थिए । नाम पनि अनौठै थियो— अनुभूति बम नेपाली । सुरुमा त उनले मलाई त्यति वास्ता गरेनन् । मैले नै सोधपुछ गरे“ । उनी मलाई नामबाट चाहि“ राम्रै गरी चिन्दा रहेछन् । अर्का एकजना खाइलाग्दा ठिटा थिए — ऊर्जाका इन्जिनियर गुणराज खनाल । तिनी निकै रसिला र फर्साइला रहेछन् । हामी तीनजना गपि“mदै थियौ“ । गाडी एक सुरमा हु“इकिरहेको थियो । धनकुटा, देब्रेबास हु“दै हिले पुगियो । हिलेमा खाना खाने कुरा भयो तर एक घन्टामा वसन्तपुर पुगिने जानकारी हात्ती ड्राइभरबाट पाएपछि मैले उही“ खाना खाने कुरा गरे“ । कसैले नाइ“नास्ति गरेनन् । यसमा मेरो विशेष स्वार्थ थियो— आनै जिल्लामा टेकेर जिल्लाकै भात खाने तर कुरो कसैलाई भनिन । सामान्य प्रस्तावमै सबैले मानेको हु“दा निकै खुसी लाग्यो । गाडी गुरा“से, सि“धुवा, चित्रे हु“दै वसन्तपुर पुग्यो । त्यहा“को याक होटेलमा खाना खाइयो । भोकका झोंकमा खाना निकै मिठो लाग्यो । होटेल पनि राम्रै रहेछ । जाडाले मुटु कमाइरहेका बेला अलिकति रातो गुरा“से जुस स्वाद मानेरै सुइ“क्याइयो ।

बार बजिसकेको थियो त्यहा“बाट अगाडि बढ्दा । सिमसिम पानी परिरहेको थियो । त्यस्तो बाटोमा त्यो गाडी गुडेको म कल्पना पनि गर्न सक्दिन । मैले यसपटक तेरथुमतिर ट्याक्सी गुड्ने हिले बाटाको हबिगत राम्ररी देखे“ । वसन्तपुरबाट लम्बु खोला तर्दै लसुने डा“डा पुगियो श्री पशुपतिनाथ पुकार्दै । तीनजुरेको कोखामा मेरो सोल्मा, मेरो जन्मभूमि । त्यहा“ पुग्दा मलाई अद्भुत आनन्दानुभूति भयो । मैले जन्मभूमिलाई प्रणाम गरे“ । कुहिरोले डम्म ढाकेको अनि सिमसिम पानी परिरहेको चिसो मौसम । त्यहा“को सारा प्रकृतिले मेरै स्वागत् गरिरहेको ठानी मेरो मन त्यसैत्यसै फुरुङ्ग भएर उड्यो । ठाउ“ठाउ“ झारा टराइ पिच अरू त पूरै हिले बाटो हु“दै पि“गुवा खोला तरी जिरीखिम्ती पुगियो । अब त त्यसको नाम पनि छोटिएर जिरी मात्र भएछ । लसुनेबाट सिंहबाहिनी पुकार्दै अगि बढेको यात्रा चार बजेतिर म्याङलुङ बजारमा टुङ्गियो । धन्न उज्यालैमा पुगियो ... । धन्य छ मोटे लिम्बू ड्राइभरलाई टायममै पु¥याएकोमा... ।

क्याम्पस प्रमुखलगायतका तेरथुमे मित्रहरू मेरै प्रतीक्षामा रहेछन् । हामी ट्याक्सीबारे ठट्टा गर्दै अगि बढ्यौ“ । आगलागी हुनुपूर्व मैले देखेको म्याङ्लुङ बजार र अहिले देखेको म्याङ्लुङ बजारमा आकाश–पातालकै फरक परेछ । ठूलाठूला पक्की घर बनेछन् । बाटो पनि पहिलेको भन्दा निकै फराकिलो भएछ । त्यहा“को खासखास चोकहरू ठम्याउन मलाई हम्मेहम्मे प¥यो । विनिर्माणपछिको सुन्दर निर्माण देख्दा निकै आनन्द लाग्यो । त्यसको पुनर्निर्माणमा हामी राजधानीबासी तेरथुमेहरूको योगदानलाई पनि त्यहा“का बासिन्दाले भुलेका रहेनछन् । मुक्तकण्ठले प्रशंसा गरे ... ।

मलाई बस्ने व्यवस्था म्याङ्लुङ बजारको बीचतिर अवस्थित नीलकमल होटेलमा गरिएको रहेछ । आना झोलीतुम्बी कोठामा थन्क्याएर मिटिङतिर लागियो । क्याम्पस प्रमुख र म व्यवस्थापन समितिका अध्यक्ष एल्डिओ पशुपतिनाथ आचार्यकहा“ पुग्यौ“ । उनी हामै्र प्रतीक्षामा बसिरहेका रहेछन् । हाम्रा राजनैतिक दलहरूको चरम दूरदर्शिताका कारण जनप्रतिनिधिविहीन जिविसको पूरै भूमिका निर्वाह गर्नुपर्ने दायित्व पाएका एल्डिओ जिल्लाकै शक्तिशाली व्यक्ति अझ भनौ“ जिल्लाका जङ्गबहादुर नै । उनी निकै रकमी छन्, जोगिएर व्यवहार गर्नुपर्छ भन्नेजस्ता कुराहरू मलाई पहिले नै सुनाइएको थियो । म अरूले भनेको भन्दा आपैm“ले भोगेको कुरालाई प्राथमिकता दिने मान्छे अझ भनौ“ म कुरा सबैका सुन्ने अनि निर्णय आनै गर्ने मान्छे । उनको रकमी तालले मलाई केही खालो नसार्ने भएकाले यस विषयमा म पटक्कै चिन्तित थिइन । हामी पुग्नेबित्तिकै उनले खाजा मगाए । खाजास“गैको मिटिङबाट आगामी कार्यक्रमको तय गरी हामी त्यहा“बाट हि“ड्यौ“ ।

जिल्लाका इन्जिनियरहरू गुणराज खनाल, दीपक राई र प्रवीण जोशीलगायतकास“ग घुम्दै र तेरथुमको लाखेजात्रा हेर्दै पुतलीबजारतिरबाट एक फन्को मारियो । बाटामा जिविसमा काम गर्ने फाक्चामाराका देवेन्द्र निरौला पनि भेटिए । परिचय साटासाट भयो । उनी मलाई नामबाट राम्ररी चिन्दा रहेछन् । मेरो ब्याचमा त्यहा“बाट मैले मात्र एस्.एल्.सी. पास गरेको कुरा पनि उनलाई रामै्रस“ग थाहा रहेछ । त्यस दिनको मौसम सफा थियो । सहयात्रीहरूलाई मैले पारिपटि सोल्मा कालीमाटी–हात्तीआहालको आनो पूर्वघर देखाए“ । साना कदका इन्जिनियर राई भाइ तथा अल्पभाषी प्रवीण जोशी पनि रमाइलै रहेछन् । तिनमा गुणराज त धेरै मान्छेस“ग परिचित नेतै खालका...। उनको फा“टै प¥यो ऊर्जा, मान्छे पनि निकै ऊर्जाशील रहेछन् । ‘पहिले जिल्लामा एउटै इन्जिनियर थिएन त्यसैले केही काम भएन । अहिले इन्जिनियर धेरै भए तिनलाई कामै छैन’ भनी ठट्टा गर्दै हामी होटेल नीलकमलमा आइपुग्यौ“ । सबैस“ग बिदा भएर म कोठातिर पसे“ । होटेलवाला भाइ योगेश ढुङ्गानाले आनो होटेलको बयान गर्दै भने— ‘हाम्रो होटेलमा गिरिजा, सुवास नेम्बाङ, बादललगायतका नेताहरू बसिसकेका छन् आदिआदि ।’ यी कुरा सुन्दा मलाई होटेल सर्वदलीय नै रहेछ भन्ने लाग्यो । म निकै थकित भएकाले बेलुका अलि छिटै सुते“ ।

अर्काे दिन बिहानै हाम्रो मिटिङ थियो । मिटिङ सकेर फर्क“दा अलि अस्वस्थ भएझै“ लाग्यो । पानीको कारणले गडबड भएको होला भन्ठाने“ । त्यहा“ एउटा दास क्लिनिक रहेछ । त्यहा“बाट सामान्य औषधि खाए“ र दिनभर आराम गरेरै बसे“ । साथीभाइहरू भेटघाट गर्न आए । बेलुकाको मिटिङ सकी हामी तेरथुम अस्पतालका डा. एकराज गौतमकहा“ गयौ“ । उनले प्रेसर हेरे ठीकै रहेछ । मोराहाङ निवासी डा. गौतम सानै कदका भए पनि मान्छे फुर्तिला रहेछन् । आपूm परियो सुइ नहान्ने डाक्टर उनी परे सुइ हान्ने डाक्टर । सामान्य औषधिका लागि पनि सुइ हान्ने डाक्टरलाई नभेटी नहुने... ।

तेस्रो दिन जिविसको वार्षिक प्रगति समीक्षा बैठक रहेछ । सिडिओ कमलकान्त रेग्मी र एल्डिओ पशुपतिनाथ आचार्य तथा डिएस्पी प्रितम भट्टराई आदि जिल्लाका हाकिमहरूको विशेष आग्रहमा दिनभर विशेष अतिथि भएर बसियो । विकासे कुरा खुब सुनियो । बैठकमा विभिन्न राजनैतिक दलका जिल्लास्तरीय नेताहरूको बाक्लै उपस्थिति थियो । त्यहा“ अठारवटा सरकारी र अठारवटै गैरसरकारी संस्थाहरूका प्रमुखहरूबाट वार्षिक प्रगति विवरण पेस भए । जिल्लाका धेरजसो हाकिमहरू विभिन्नतिरबाट भरखरै सरुवा भएर आएका भए पनि सबका कागजी प्रतिवेदन भने आपैm“ले पूरा गरेकाभैm“ शतप्रतिशत प्रगतिका थिए । स्लाइडबाट देखाइएका कतिपय विकासे दृश्यहरू भने विश्वसनीय खालकै थिए । जिशिअ भक्तपुरे रहेछन् निकै ठट्यौलो स्वभावका । उनको प्रस्तुति पनि त्यस्तै थियो । ऊर्जाका इन्जिनियर गुणराजको प्रस्तुति भने निकै राम्रो थियो । सबैका प्रस्तुति सुनिसकेपछि जिल्लामा धेरैतिर धेरैथोक भइसकेको जानकारी पाइयो— विद्युतीकरण, खानेपानी, मोटरबाटो, सिंचाइकुलो, विद्यालय आदि । अन्यत्र र अरू विकासबारे उति थाहा भएन तर आनो जन्मस्थल सोल्मामा बत्ती बलेको चाहि“ आ“खैले देख्दा हर्षको सीमा नै रहेन तेरथुममा गैरसरकारी सङ्घसंस्था पनि थुप्रै भित्रिएछन् अनेकथरी नाममा । जेसुकै नाममा जोसुकैको सहयोगबाट भित्रिए पनि र तिनले जेजति मात्रामा भए पनि जिल्ला र जिल्लावासीकै विकास विकास गर्नु खुसीकै कुरा हो । सरकारी र गैरसरकारी निकायका बीच समन्वय स्थापना गर्ने प्रयत्न पनि प्रशंसनीय थियो । निकासा भएको बजेट सक्नुलाई शतप्रतिशत प्रगति मान्ने राष्ट्रिय रोगबाट तेरथुम पनि अछुत देखिएन । सबले शतप्रतिशत प्रगति विवरण पेस गरे । योजनाको पूर्वस्थिति र हुन बा“की स्थिति कसैले बताएनन् । यसरी शतप्रतिशत कागजी विकास सुन्दाचाहि“ अलि कस्तोकस्तो लाग्यो रु

सभाहलमा जताततै मोबाइल भाइब्रेसनमा राखिदिनु होला भन्ने सूचना टा“सिएको थियो तर त्यसको पर्वाह कसले गर्ने ? हाकिमहरू हाकिमै भइगए— धेरजसो हा“गेहाकिम अनि राजनैतिक दलका ठुटे नेताहरूको कुरै भएन । घन्टीका अनेक धुन घन्केका घन्क्यै । सूचनाको आज्ञा पालन गर्ने बबुरो एउटा प्राणी म मात्रै भए“छु । हुन त सूचना पनि त्रुटिपूर्ण थियो । मोबाइल स्वीचअफ गरिदिनु होला भनेको भए सायद सबैले जान्दथे तर भाइब्रेसनमा राख्न सबैलाई नआउन पनि त सक्थ्यो नि रु यो उत्तरआधुनिक चकचके बच्चो खेलाउन सबैलाई आउनै पर्छ भन्ने के छ र ? जे होस् त्यहा“को बच्चो राजधानीको बच्चोभन्दा निकै बोलक्कड थियो ।

तेरथुमको बाटोको निर्माण र रेखदेख धनकुटाले गर्दाे रहेछ । यसमा सबैजसोले असन्तुष्टि व्यक्त गरे । कुरो सन्तुष्टि व्यक्त गर्ने खालको थिएन पनि । बाटे इन्जिनियरमाथि सबैजसो खनिए । उनी तेर वर्षपछि त्यही बाटो बिगार्न फेरि त्यही“ पुगेका रहेछन् । तिनी जबाफ दिन नसकेर प्याकप्याक भए । काम राम्रै गरेको भए जबाफ दिन त्यति गारो हुने थिएन होला... ।

अ“, कुरो अलि बरालियो क्यारे । प्रसङ्ग बैठककै । त्यहा“ खाजाको प्रसङ्ग झनै रोचक थियो । समोसा र रसबरी त्यसमा एउटा घोडे रसबरी अनि अर्काे बिराले रसबरी यी दुवैको मूल्य समान भए सामाजिक न्यायको सिद्धान्त विपरीत भएको कुरा रकमी भनिएका एल्डिओले चलाए । मैले त्यसैमा एउटा तीस वर्षअगिको प्रसङ्ग थपिदिए“— त्यतिखेर तेरथुममा समोसा र रसबरी भरखरै भित्रिएको थियो । एउटी श्यामकलीले चिट्ठा हाल्ने प्रस्ताव राखेकी थिइन् । ‘चिट्ठा तान्दा समोसा परे तपाईंले मलाई लानुपर्छ, रसबरी परे म तपाईंलाई लान्छु’ भन्ने उनको प्रस्ताव थियो । यो कुरा सुन्दा हा“सोको फोहोरा नै छुट्यो । अहिले त डाक्टरसापलाई चिट्ठा हाल्न नपर्ला नि भनी सिडिओले थपे । अरू हा“सेको हा“स्यै...

मलाई बोल्न आग्रह गरियो । मैले विकास निर्माणबारे त्यति धेरै बोल्ने कुरा थिएन, फेरि थाहा नभएका कुरामा धेरै बोल्नु पनि त भएन नि तैपनि आपूmले प्रत्यक्ष्ँ अनुभव गरेको चित्रे–म्याङ्लुङ बाटोबारे चाहि“ बोलेरै छोडे“ । बाटे इन्जिनियरको दोहोलो काढे“ तर त्यो बाटो बिग्रनुमा पूरै ऊ मात्र जिम्मेवार छैन भन्ने पनि मलाई थाहा थियो । चित्रेदेखि लसुनेसम्म पशुपतिनाथ गुहार्दै आइपुगेको भन्नासाथ हलमा व्यापक हा“सो गुन्जियो । खासमा एल्डिओको नामस“ग काकताली परेकाले हा“सो गुन्जिएको रहेछ । स्वयं एल्डिओ भने जिल्लिए । पहिलेको विद्युत्, टेलिफोन र सडकविहीन तेरथुम अनि अहिलेको निकै फरक तेरथुमबारे बोले“ । म तेरथुममा हु“दा कलेजको त कुरै छोडौ“ हाइस्कुल पनि ज्यादै कम थिए । अहिले एम्. ए. को समेत पढाइ हुन थालेको देख्दा मेरो मन फुरुङ्ग भएको कुरा बताए“ । त्यहा“ शिक्षाको विकास निकै भएछ । शिक्ष्ाँ क्षेत्रको विकासमा राजनीति नगर्न सबैलाई आग्रह गरे“ । धरानमा ट्याक्सी नचिनेको कुरा गर्दा हा“सोको फोहोरा नै छुट्यो । त्यस हलमा मात्र होइन मोबाइल थुप्रै तेरथुमेका हातमा पुगिसकेछ । बाटामा दाउराको भारी बोक्ने अनि क्याम्पस पढ्न जाने ठिटाठिटीले समेत हातैमा बोकेर हि“डेको देख्दा आपूmले सरुवा भयो भन्ने आवा स्वर्गे भयो भन्ने भाषामा रूपान्तरित हुने स्थितिमा छोडेको तेरथुम आजको स्थितिमा आइपुगेको देख्दा खुसी नै लागेको भन्दै मोबाइलको चर्तिकलाबारे दन्काए“ । जिल्लाको शैक्ष्ँिक उन्नयनमा सक्दो सहयोग गर्ने कुरा पनि बताए“... ।

कार्यक्रमको सञ्चालन स्थानीय विकास कोष अधिकृत कृष्ण घिमिरेले धेरै पूmलबुट्टा नभरी सरल र भद्र पाराले गरेका थिए । भरखरै तेरथुम पुगेका चिरपरिचितजस्ता लाग्ने योजना अनुगमन तथा प्रशासकीय अधिकृत नयराज नेपालको भूमिका पनि सराहनीय लाग्यो । सभाका सभापति एल्डिओको भूमिका अलि हस्तक्षेपी प्रकारको थियो । उनले बेलाबखत त्यसो नगरेको भए त्यो कार्यक्रम राती बार बजे पनि सकिने छा“ट थिएन । कार्यक्रमलाई व्यवस्थित गर्न तिनी निकै सिपालु भइसकेका रहेछन् । यति गर्दा पनि एघार बजे थालिएको कार्यक्रम छ बजे बल्लतल्ल सकियो । केही दिनका निरन्तर मिटिङबाट थाहा भयो वास्तवमा एल्डिओ निकै परिपक्व र पङ्चुयल व्यक्ति रहेछन् । अझ भनौ“ एउटा जिल्ले हाकिममा हुनुपर्ने प्रशस्तै गुण भएका ... । कागले कान लग्यो भन्दा कान नछामी कागतिर दगुर्ने बानीले कहिलेकाही“ अप्ठ्यारै पर्छ भन्ने कुरा उनमा चरितार्थ भयो । अ“, कुरा बैठककै । त्यस कार्यक्रममा मलाई सबैभन्दा राम्रो लागेको पक्ष के थियो भने त्यहा“ सबैजसो राजनैतिक दलका नेताहरूले बोल्न चाहेनन् । साना दल र ठूला दलबाट एकएकजना बोले । बोल्नेहरूले पनि अन्यत्रजस्तो हिलो छ्यापाछ्याप गरेनन् । यत्रो राष्ट्रिय रोगबाट मेरो तेरथुम मुक्त भएको देख्दा मलाई सारै खुसी लाग्यो । सधै“ यस्तै हो कि यसपटक मात्र हो भन्ने कुराचाहि“ थाहा भएन । जेहोस् सारै अनुशासित ढङ्गले कार्यक्रम सकियो । त्यसपछि एकछिन घुमघाम गरी म नीलकमलतिरै लागे“ ।

अर्काे दिन बिहान तमोरसम्मको यात्रामा म आमन्त्रित भए“ । त्यस्तो भीरपाखापखेरा भएको अप्ठ्यारो ठाउ“ । ट्याक्सीमा जाने भन्दा म छक्क परे“ । त्यहा“ जाने टोलीमा अर्जुन तुम्बाहाङ्फे, केशव ढुङ्गाना, सञ्जयकुमार तुम्बाहाङ्फे, शेरबहादुर दाहाल विस्फोट, विश्वप्रकाश तुम्बाहाङ्फे, रामप्रसाद तिम्सिना, खेम तुम्बाहाङ्फे, नरेन्द्र भण्डारी, सङ्ग्राम तुम्बाहाङ्फे, गोविन्द तुम्बाहाङ्फे, अर्जुन ढुङ्गाना, सुनिल तुम्बाहाङ्फे र केदार ढुङ्गाना थिए । गाडी थोरै अगि बढ्नेबित्तिकै हिलामा फस्यो । ज्ञानबहादुर खड्कालाई ट्र्याक्टर ल्याउन भनियो तर सबैका प्रयासबाट गाडी निकालियो र अगि बढियो । मलाई त्यो स्याल कुद्ने पाखो र बा“दर लड्ने भीरमा मोटर कुदेको देख्दा कति खुसी लाग्यो त्यसको सीमा नै छैन । तमोरकै छेउमा डोजरले बाटो खनिरहेको रहेछ । त्यो एकप्रकारको निरीक्षण भ्रमण थियो । हामी तमोरमा पुग्यौ“ र लुगा फुकालेरै अलिअलि धमिलो पानीमा पौडिनु त के थियो र डुबुल्किन थाल्यौ“ । त्यहा“ तमोरको पानी चानचुन हिउ“जस्तै चिसो थियो भने त्यही“ मिसिने लम्बुपिगुवाको पानी अलि तातै थियो । एकै ठाउ“मा यस्तो तातो र चिसोको अनुभूति कहिल्यै गरिएको थिएन । म त्यही“को मान्छे भए पनि मेरा लागि यो पहिलो र नौलो अनुभूति थियो । त्यस सङ्गमस्थललाई त्यस ठाउ“को गङ्गा नै मानि“दो रहेछ । आना घरमा तरकारीमा झोल हाल्नुलाई तमोर फर्काउने भन्ने गरेको कुरा मैले बताए“ । हामीले निकैबेर नुहायौ“ । त्यस बीचमा भात पाकिसके छ । हामीले सामान्य जलपानपश्चात् भात खायौ“ । त्यो एकप्रकारको पिक्निक नै थियो । मलाई त्यहा“को लटर र बेलले निकै लोभ्यायो । मैले वरिपरिका अनगिन्ती दृश्यहरू कति क्यामरामा त कति मुटुमै कैद गरे“ । त्यहा“बाट तत्कालै फर्कन मन मानिरहेको थिएन तर मेरो खास काम बा“की नै रहेकाले हामी फर्कियौ“ । केदार ढुङ्गानास“ग मेरो परिचय पुरानै हो, तर उनी यति रसिक छन् भन्ने कुरा मलाई थाहा थिएन । उनले अनेक गीतका भाकास“गै यात्रालाई थप रोमाञ्चित तुल्याइदिए । कतिपय गीतचाहि“ त्यही“का ढेडुबा“दरलाई मात्र सुनाउन सकिने यहा“ उल्लेख गर्न नसकिने खालका पनि थिए तर जेहोस् यात्रा सारै रमाइलो भयो । त्यस्तो आनन्द फेरि लिन सकिएला नसकिएला त्यो थाहा छैन । म्याङ्लुङ छेउमै आइपुग्दा गाडी फस्यो । मेरो जरुरी काम भएकाले म अगाडि बढे“ । अरूले गाडी निकालेर ल्याए । त्यो यात्रा सर्वदलीय रहेछ अनि ती सबै यही बाटो निर्माण समितिका पदाधिकारी रहेछन् । यो कुरो मलाई अर्काे दिन मात्रै थाहा भयो । विकास कार्यमा यस्तो सर्वदलीय सामूहिक सहभागिता देख्दा मलाई सारै खुसी लाग्यो ।

अर्काे दिन बिहान लिखित परीक्षा लिइयो र त्यसै दिन रिजल्ट गरियो । त्यस दिन विभिन्न अड्डा प्रमुखहरूस“गको भेटघाटमा बिताइयो । कतिपय अड्डा प्रमुखहरू क्याम्पसमा पनि पढाउ“दा रहेछन् । त्यहा“ अलि पुरानामध्येमा पर्ने सहायक प्रजिअ लक्ष्मीप्रसाद रेग्मी— निकै चल्तापुर्जा मात्र होइन जुझारु, सहयोगी र लगनशील युवा... । मेरा छिमेकी प्रजिअ अलि सोझा र सरल, त्यहा“ नया“ भएर पनि होला । प्रायः कर्मचारीहरूका अक्षर काइते पाराका भए पनि नागरिकता फा“टका कुमार न्यौपानेका अक्षर निकै सुन्दर रहेछन् । डिएस्पी ज्यानैले भव्य र खाइलाग्दा । जिल्लाका धेरजसो हा“गे हाकिमहरू अविवाहित युवा रहेछन् र निकै फुर्तिला पनि । राज्यले नै युवा नेतृत्वको अपेक्षा गरिरहेका बेला जिल्लामा युवा हाकिमहरूको उपस्थितिलाई विभिन्न कोणबाट जिल्लाका लागि शुभलक्षण मान्नुपर्छ । मैले डन्ठेहरूको घेराबन्दीमा रहेका न्यायाधीशलाई भेटिन । सारै सज्जनका लागि सुरक्षाको उति खा“चो पनि त पर्दैन नि...

अर्काे दिन बिहान अन्तर्वार्ता लिइयो र रिजल्ट पनि तत्कालै गरियो । त्यो काम त्यति सजिलो थिएन । चरम बेरोजगारबाट गा“जिएको मुलुकमा जागिर दिने काम... । त्यस विषयलाई तेरथुमेहरूले निकै उत्सुकतापूर्वक हेरिरहेका थिए । मलाई त्यहा“ दलविशेषको वा कसैको मान्छे भर्ना गर्नु थिएन । थियो त मेरै मान्छे, मेरै दलको मान्छे भर्ना गर्नु थियो । मेरो मान्छे भनेको एम्. ए.को कक्षा राम्ररी पढाउन सक्ने क्षमता भएको मान्छे, केवल एम्. ए. पढाउन सक्ने मान्छे मेरो दलमा पथ्र्याे । मैले पनि त्यस्तै मान्छे छानिदिए“ । ऊ राजनीतिक दृष्टिले कुन दलको थियो त्यो मेरो सरोकार थिएन । मान्छेको उत्सुकता पनि सकियो । सबैले सकारात्मक प्रतिक्रिया व्यक्त गरे, मेरो निष्पक्षताको प्रशंसा नै गरे । त्यसबाट मलाई पनि सुखद अनुभूति भयो... ।

म त्यहा“ बसुन्जेल बिहान सधै“ क्याम्पस गए“, शिक्षक–विद्यार्थीहरूस“ग कुराकानी गरे“, प्रशस्तै फोटा खिचे“–खिचाए“ । क्याम्पस हातामा रोपिएका निकै अग्ला मसलाका बोट देख्दा म सम्भावित दुर्घटना सोचेर चिन्तित भए“ । एल्डिओ, क्याम्पस प्रमुख आदिस“ग ती रूखबाट क्याम्पस जोगाउन आग्रह गरे“ । उनीहरूले आउ“दो फागुनसम्ममा काटिसक्ने वचन दिएका छन् । हेरौ“ तिनीहरूको वचन कत्तिको पक्का छ ...?

मलाई धेरैतिर तेरथुमको गहना भनेर चिनाइयो । त्यसमा मैले कुनै प्रतिक्रिया व्यक्त गर्ने कुरै भएन । मलाई धेरैतिर खानाका लागि आमन्त्रण गरियो तर कामको प्रकृतिअनुसार मैले कसैकहा“ नजानु नै उपयुक्त ठाने“ । गइन पनि । पहिलेकाहरू अहिले केके र कसकसका भइसकेका छन् भन्ने कुरा मलाई पत्तो थिएन । परिवर्तनशील जमानाका परिवर्तनशील मान्छे परिवर्तन नभई पनि सक्दैनन् । मलाई तिनीहरूस“गको निकटताबाट कसैका क्षणिक शङ्काको घेरामा पर्नु थिएन । त्यसैले म कतै गइन, पूरै समय सर्वदलीय होटेल नीलकमलमै बिताए“ । त्यहा“ मैले दाइ जीवन, भाइ नारायण, भान्जा अर्जुनलगायतका एकदमै आफन्तजनको घर जाने आग्रह तथा बालसखा दधिराम न्यौपानेको हरिया मकै र खिरको प्रस्तावलाई समेत मन मिचेरै अस्वीकार गरे“ । कोहीकोही त रिसाए पनि होलान् तर मैले अर्काे पटक पक्कै आउने वाचा गरे“ तर त्यो कहिले पूरा हुने हो मलाई पनि थाहा छैन । अ“, मैले छोडेको तेरथुममा टोपी सस्तै पाइन्थे । अहिले निकै मह“गिएछन् तैपनि जिल्लाबासीको आयस्रोत बढेकोमा मलाई भने खुसी नै लाग्यो । मैले यसपटकचाहि“ टोपी किनिन, उपहारबाटै काम चलाए“ ।

अर्काे दिन बिहान सबेरै काठमाडौं फर्कने कार्यक्रम थियो । एकदुई दिन बस्नुपर्छ भन्ने साथीभाइको आग्रहलाई स्वीकार गर्ने अवस्था थिएन । काठमाडौ“मा मेरो महिनौ“ अगाडि निर्धारित कार्यक्रम भएकाले मैले त्यस दिन कसैगरी आइपुग्नै पर्ने थियो । भोलिपल्ट एल्डिओ अनि पर्सिपल्ट सिडिओ यतै आउ“दै थिए । उनीहरूले पनि स“गै जाऔ“ नभनेका होइनन् तर म निर्धारित समयमा चल्न रुचाउने मान्छे । मेरो जातेआते टिकट पहिले नै काटिसकिएको थियो । यी सबै कारणबाट मैले त्यस दिन त्यहा“बाट हि“ड्नै पथ्र्यो । बिहान छ बजेतिर गाडी आइपुग्यो । पानीले दर्किएर मेरो बिदाइ गरिरहेको थियो । हामी गाडीमा चढ्यौ“ । शिक्षाका लेखापालले अलि ढिलो गरे । हामीकहा“ लेखा यस्तै ढिलै चल्छ भनेर चित्त बुझाइयो । यात्रामा मोहन ढुङ्गानालगायत ससाना केटाकेटी र महिलाहरू अनि एकजना विशालकाय रिजालजी पनि थिए । हामी चित्रेसम्म देवीदेवता सम्झि“दै आयौ“ । त्यसपछि भने सम्झन छोडिदियौ“ । अप्ठ्यारो पर्दा सम्झिने र सजिलो पर्दा वास्तै नगर्ने हाम्रो नेपालीवृतिस“ग सायद हाम्रा देवीदेवता पनि परिचित हुनुपर्छ... ।

मौसम सारै चिसो थियो । ठाउ“ठाउ“ त जाडोले मुटु नै छुन्थ्यो तैपनि त्यहा“को बन्दाकोपी देखेपछि मन त्यसै फुरुङ्ग हुन्थ्यो । मैले आपूmलाई जाडो भएको जस्तो पनि गरिन, गरेरै पनि के गर्नु थियो र ? मैले बाक्लो लुगा बोकेकै थिइन । मलाई त्यहा“को जाडाले बिर्सिसकेछ, चिसोले समातिहाल्यो । वसन्तपुरदेखि हिलेसम्मको नागीमा गरिएको बन्दाखेती देख्दा म निकै पुलकित भए“ । हिलेमा खाना खाइयो । लेखापालले हिलेमा थुप्रै का“क्रा किने र मलाई पनि हौस्याए । म कतै जा“दा प्रायः सामान किन्न नरुचाउने मान्छे तर त्यहा“का सारै राम्रा का“क्रा काठमाडौंमा देखाउनकै लागि भए पनि चारवटा किने“ । गाडीको ड्राइभर टेकबहादुर बरुवालले का“क्रा थन्क्याइदिए । हामी हि“ड्यौ“ । जति तल पुग्यो उति मौसम ताति“दै थियो । दुई बजेतिर इटहरी पुगियो । त्यहा“बाट लेखापाल र म विराटनगर जानु थियो । ड्राइभर भाइले का“क्रा निकालिदिए । मैले काठमाडौंमा देखाउन किनेको एउटा का“क्रो हराएछ । कता गयो थाहा भएन । मलाई कस्तोकस्तो लाग्यो तर कसैलाई केही भनिन किनभने वास्तविकता मलाई बोध भइसकेको थियो । बा“की रहेका तीनवटा का“क्रा हाल्नाका लागि म झोलाको खोजी गर्न थाले“ । त्यसैबेला हाम्रा लेखापाल त हुइ“किसकेछन् । एक मनले त अनौठो पनि लाग्यो । अर्काे मनले सोचे“ भरोसाविहीन हाम्रा लेखाहरू यस्तै हुन्छन्...।

म तीन नबज्दै विराटनगर कन्चनबारी पुगे“ । बाटामा एउटी विराटनगरकै विद्यार्थी नानीस“ग चिनजान भयो । नानी निकै रमाइली रहिछन् । उनले मलाई रिक्साले ठग्ने कुरा बताइन् र भनिन्— ‘अङ्कल, यहा“ नया“ मान्छेजस्तो गर्नु हु“दैन, त्यसो गरे रिक्साले ठगिहाल्छ ।’ मलाई तिनको भनाइमा आफन्तपन झल्किएभैm“ लाग्यो र तिनी पनि कुनै आफन्तभैm“ लागिन् । उनको गन्तव्य अन्यत्रै थियो तापनि उनी त्यही“ ओर्लिइन् र मलाई रिक्साको भाडा छिनेर रिक्सामा चढाइदिइन् अनि नमस्ते अङ्कल राम्ररी जानुहोस् है भन्दै निश्छल हात हल्लाएर बिदा गरिन् । म भावविभोर भए“ । एयरपोर्ट पुगेपछि रिक्साले डबल पैसा माग्यो । मैले पहिले नै पक्का गरिएको भाडा दिने कुरो गरे“ । उसले मानेन । त्यहा“ पुलिस पनि थिए तर तिनीहरू रिक्सावालाकै पक्षमा रहेछन् । ऊबाट केही पाउ“दा हुन् । मलाई पनि आनै देशभित्र दिनदहाडै ठगिनु उपयुक्त लागेन । मैले पुलिसलाई उसको हाकिम बोलाउन भने“ । ती अलि झस्किए तर हाकिम त्यहा“ कतै देखिएनन् । आतेजाते दुवैपटक यस्तो सानो खानपिनमा समेत तिनीहरूको सा“ठगा“ठ देख्दा मलाई राष्ट्रको सुरक्षा गर्न बसेका बबुराहरूप्रति नै टिठ लागेर आयो । यस्ताले कसको सुरक्षा गर्लान् ? सानी बच्ची विद्यार्थीको व्यवहार र यी डन्ठेको व्यवहार खै कसरी तुलना गर्नु ? म रिक्सावालालाई पैसा तिरेर एअरपोर्ट भित्रिए“ ।

काठमाडौंबाट विनोद पौडेलले पठाइदिएको टिकट काउन्टरबाट लिए“ । त्यहा“ निकैबेर बसेपछि थाहा भयो प्लेन डिले भएको कुरा । यो पहिलोपटक भए पो चिन्ता गर्नु, सधै“ यस्तै हुने भएपछि चिन्ता गर्नुको के औचित्य रहृयो र ? म मेरो देशमा सर्वत्र विद्यमान यस्तैयस्ता ठगी र विसङ्गतिहरूबारे सोच्दै थिए“ । यत्तिकैमा एकजनाले मलाई सोधे— ‘तपाई“ पनि बुद्ध एयरबाट काठमाडौ“ जाने हो ?’ मलाई कसैस“ग बोल्ने मन पनि थिएन । मैले ‘हो’ सूचक टाउको हल्लाइदिए“ । उनले थपे— ‘हजुरस“ग सामान कति छ ?’ मैले यसो उनको मुखतिर हेर्दै भने“— ‘यी यति नै हो ।’ उनले नरम पाराले भने— ‘उसोभए हजुरले मेरो अलिकति सामान लगिदिए कसो पर्ला ?’ जमाना भरोसायोग्य नभएकाले मैले सोधे“— ‘तपाई“ को हो ?’ उनले हात अगाडि बढाउ“दै भने— ‘म सङ्खुवासभाको जिल्ला न्यायाधीश शिवप्रसाद पराजुली, ऊ मेरो छोरो क्याप्टेन प्रदीप पराजुली, उहा“ मेरो दाइ वकिल चण्डीप्रसाद पराजुली ।’ उनले एक निमेषमै यी सब कुरा बताए । रूपरङ्ग हेर्दा उनको भनाइ त्यति अविश्वसनीय लागेन । मैले पनि हुन्छ भनिदिए“ र सोधे“— ‘सामानचाहि“ के छ नि ?’ कम्प्युटर आदि रहेछ । अब हामी अलि नजिकिएर गफ गर्न थाल्यौ“ । राष्ट्रमा सर्वत्र व्याप्त विकृति र विसङ्गतिप्रति तीनैले पनि सारै खिन्नता व्यक्त गरे ...।

तेरथुममा न्यायाधीश नभेटी आएको त विराटनगरमा भेटिएरै छाड्यो । उनीस“ग मेरो निकै बेर कुरा भयो । कुराका सिलसिलामा तीप्रति जनमानसको भरोसै उडिसकेको कुरा मैले उनलाई बताए“ । हुन त तपाईंहरू न्यायमूर्ति ∕ तपाई“हरूलाई कसैले केही भने मानहानि हुन्छ, अरू मुलाको मानै हु“दैन तपार्इंंहरूको मात्र हुन्छ ∕ मुद्दा दर्ता गराएर वर्षौ“को चलखेलपछि इधरउधर गरेर रीत पु¥याई दण्ड बर्साउने तपाईंहरू र तपाई“कै मकै खाने सबै उड्ने गरी तत्कालै डन्डा बर्साउने भुुसतिघ्रेमध्ये को ठूलो ? भन्ने मेरो प्रश्नमा उनी निरुत्तर भए । विधिको शासन नभएका मुलुकमा तपाईंको न्याय परमानन्दकै छ । कुनै भुसतिघ्रेले करणी गरेको भन्ने मुद्दामा डाक्टरी रिपोर्टमा समेत करणी भएकै देखि“दासमेत दाबीमा अगि वा पछि कतापटिबाट करणी गरेको भन्ने उल्लेख नभएको हु“दा निजले करणी गरेको ठहर गर्न नसकिएकाले सो मुद्दा नै बदर गरिन्छ भन्ने तपाईंहरूको पैmसलाले जबर्जस्ती करणी गर्ने भुसतिघ्रे झन् मात्तिने अनि निरीहहरू आत्महत्या गर्न बाध्य हुने परिस्थिति उत्पन्न गराउने तपाईंहरूलाई कहिल्यै आत्मग्लानि भएको छ ? यस्तैयस्ता परिस्थितिले गर्दा अहिले खायालय र खायाधीश नामकरण गर्नुपर्ने स्थिति आएको होइन त ? यस्तो विकृति जन्माउने को हो ? उनले गम्भीर मुद्रामा मेरो कुराप्रति समर्थन जनाए र खायालयमा व्याप्त विकृति र विसङ्गतिबारे खुलेरै कुरा गरे... । अझ यिनको नाम घुसालय र घुसघुसाधीश राखे पनि हुन्छ भन्ने कुरा पनि गरियो ।

अगि सामानका प्रसङ्गमा मैले उनको परिचय सोधेको कुरालाई उनले जमानाअनुसारको मेरो बुद्धिमत्तापूर्ण कार्य भनी प्रशंसा गरे । उनी त्यहा“ छोरो र दाजुलाई बिदा गर्न आएका रहेछन् । उनले आफू अहिले विराटनगरमै भएको र केही दिनमै सङ्खुवासभा जाने कुरा बताए । कप्तान भाइ पनि राष्ट्रिय परिस्थितिप्रति आजित रहेछन् । हामीले स“गै कप तान्यौ“ । मैले भने“— ‘प्लेन आउने समयको कुनै भरोसा छैन, अब तपाई“ गए पनि हुन्छ ।’ प्लेन नआए विराटनगरमा उनकैमा बस्नुपर्ने आदेश दि“दै उनी ‘ल उहा“हरू अब सरकै जिम्मा’ भन्दै फर्किए ।

हामीलाई बाहिर राख्दा कराउ“छन् भनेर भित्रको गर्मी कोठामा लगेर कैद गरियो । निकैबेरपछि बल्ल प्लेन आइपुग्यो । हामी प्लेन चढ्यौ“ । मौसम उति सफा थिएन । विराटनगर जलाम्य देखिन्थ्यो । मलाई तेरथुम बसुन्जेलका गतिविधिले सुखद अनुभूति दिलायो भने पुलिसको, प्लेनको, पाटीको, खायालय र खायाधीशहरूको विसङ्गत व्यवहार, आफ्नै देशमा ठगिनु पर्ने र असुरक्षित हुनुपर्ने अवस्था अनि आनो गोरुको बारै टक्का भनी आपैm“लाई सर्वेसर्वा ठान्ने नेतागण, रासनको अभावमा फोस्रा भाषणको मारले पिल्सिएका निरीह नेपाली जनताजस्ता सर्वत्र विसङ्गत राष्ट्रिय परिस्थितिले खिन्न तुल्यायो । खेलमा सधै“ झेल गर्ने अनि नियम कहिल्यै पालन नगर्ने झेली खेलाडी र महाझेली रेफ्रीद्वारा शासित हामी बबुरा नेपालीको दयनीय अवस्था र कहालीलाग्दो चित्र मेरा मानसपटलमा घुमिर≈यो । नीतिअनुसार नभई नेताअनुसार चलेको मेरो देश, भाषाभेषविहीन हुन पुगेको पनि मेरो देश अनि कानुनमा पावर नभई पावरमा कानुन अडेको मेरै देश, मनसुनले बिग्रेको बाली र भनसुनले बिग्रेको मेरो देश तैपनि मलाई यसैको माया छ, भुक्तमानै सहेर पनि यसलाई छोड्न मनै मान्दैन । ठूलै अवसर पाउ“दा पनि अर्काका देशमा जान मन लाग्दैन । आनो देश सधै“ अटल रहोस्, सा“च्चिकै नया“ बनोस् भन्ने चाहना मेरा नसानसामा व्याप्त छ । म यस्तैयस्ता तीतामीठा अनुभव र देशकै सपनाजपना मानसपटलमा खेलाउ“दै एकाग्र भए“छु । प्लेन काठमाडौ“ अवतरण गर्नलाग्यो भन्ने झिल्की खलासीको कर्कश आवाजले पो म झल्या“स्स भएँ । त्यस दिनको अन्तिम उडान भएकाले काठमाडौंका ट्याक्सीहरू पनि अन्तिमै भएछन् । क्याप्टेन भाइ र मैले बाहिरै निस्केर ट्याक्सी खोज्यौ“ । त्यतिखेर मलाई बा“की रहेका का“क्रा पनि घा“डै भए । बरु सबै उतै बाटैमा हराएका भए पनि बेसै हुनेरहेछ भन्ने लाग्यो । निकै कष्टका साथ का“क्रा च्यापेर चानचुन नौ बजेतिर म आफ्नो घरमा भित्रिए“ । खाना खान पनि उत्ति मन लागेन । थकित भएको ज्यान म खुत्रुक्कै सुते“ । रातभर सपनामा तेरथुमतिरै डुलिरहे“ । बिहान उज्यालो भएपछि टेलिफोनका घन्टी बज्न थालिहाले । म आफ्नो नित्यकर्मतर्फ लागे“ ... ।

धेरै वर्षपछि तेरथुम पुग्दा पनि कामको प्रकृतिले गर्दा आफन्तजनस“ग भेट्न नपाएकोमा मलाई दुख लागेको छ । मेरो अरू केही दिन तेरथुम बसेर आफन्तहरूस“ग भेटघाट गर्ने अनि आनो जन्मथलो कालीमाटी जाने धोको यसपटक अधुरै र≈यो काठमाडौंमा मेरो पूर्वनिर्धारित कार्यक्रमका कारण तत्काल फर्कनु पर्ने बाध्यताले गर्दा । मौका परे यो अधुरो धोको कुनै दिन पूरा गर्ने विचारमा छु । म फोटो खिच्न खुब रुचाउने प्रकृतिप्रेमी मान्छे । त्यहा“ म बसुन्जेलको मौसमी प्रतिकूलताले गर्दा वारिपारिका फोटा खिच्न पाइएन । कहिल्यै तेरथुम नटेकेका मेरा परिवारका लागि भने त्यहा“ खिचेका फोटा राम्रा कोसेली भए पनि मेरा लागि भने कमै भए । त्यहा“ आनो जन्मभूमिका धेरै फोटा खिच्ने अनि हरिया मकै खाने मेरो धोकोचाहि“ यसपालि बा“की नै रह्यो । धेरैले हरिया मकै खुवाउने कुरा नगरेका पनि होइनन् तर परिस्थितिवश त्यो पूरा हुन सकेन, कुनै दिन पूरा गर्ने सोचाइमा छु । मैले मेरो जन्मभूमि तेरथुमबाट पाएको भव्य आतिथ्य, सत्कार र सम्मान मेरो मस्तिष्कमा अझै ताजै छ र रहिरहनेछ ... ।

त्रिभुवन विश्वविद्यालय,

कीर्तिपुर, काठमाडौँ, नेपाल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।