19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल प्रकाश सायमी May 3, 2010, 4:54 pm

म आपदमा तिमीसित हिँडे

म सापटमा तिमीसित हिँडे

हिँड्नेहरु कहाँ कहाँ पुगे खै

म राहतमा तिमीसित हिँडे

नदीको वेगसरिको जवानी यो

म चाहतमा तिमीसित हिँडे

के नगद के बाँकी पिरतीमा

त्यै वापतमा तिमीसित हिँडे

घाउ दुखेसरिको पीडामा छुँ

म आहतमा तिमीसित हिँडे

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।