18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत केदार श्रेष्ठ "गगन" May 5, 2010, 5:45 pm

ताराभरि पाउँछु तिमीलाई उसैगरी जूनमा

गीत गाउँछु तिमी नै छौ त्यसैगरि धुनमा ।

अन्जान मै माया बस्यो कतिसाह्रो गाढा

मन भित्र गढ्या माया नहुने है टाढा

जहाँ जान्छु त्यहीँ पाउँछु साथ मै तिम्रो छायाँ

नछुटिने, नमेटिने कस्तो तिम्रो माया ।

आकाशमा लाखौ तारा तिमी एक हौ जून

बादल बनि आइदिऊ कि तिमीलाई छुन

उड्छ मन कल्पनामा सिमलको भुवाजस्तै

तिमी मै हराई जान्छु आगोको त्यो धुँवाजस्तै ।

भीमस्थान-5,सिन्धुली; हाल-युएई

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।