19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत विक्रम तिमिल्सिना May 8, 2010, 12:09 pm

बिछोड लेखिएकै भए छुट्नु अघि मरूँ !

तिम्रो मेरो एउटै मुटु फुट्नु अघि मरूँ !

पानी बिना नदी कस्तो होला सोचिहेर,

हावा बिना आकाश कस्तो होला भोगिहेर,

छुट्टीएर मर्नुभन्दा छुट्नु अघि मरूँ !

तिम्रो मेरो एउटै मुटु फुट्नु अघि मरूँ !

तिमीबिना प्वाँख झर्या चरिसरी हुन्छु,

बीचसमुद्रमा खसी शायद पिँध छुन्छु,

बेहोसीले होस मेरो लुट्नु अघि मरूँ !

तिम्रो मेरो एउटै मुटु फुट्नु अघि मरूँ !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।