17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हाकिमसाप र सेरु

हास्यव्यङ्ग्य प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल May 12, 2010, 8:26 pm
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

‘च्वच्व ... कठै! बिचरा सेरु मरेछ ।’ टोलबासी सबका ओठमा यही आवाज झुन्डिएको छ । सेरुको असामयिक मृत्युबाट टोल नै शोकाकुल भएको छ ।

यो घटना कुनै एउटा नवनिर्मित सहरको हो । त्यस ठाउँमा विभिन्नतिरका विभिन्न खाले मानिसहरू आएर बसोबास गरेका छन् । त्यसैले होला त्यस ठाउँलाई नेपालको छयत्तरौँ जिल्लासमेत भन्ने चलन छ । अब त्यो कुन सङ्घमा पर्ने हो टुङ्गो छैन । चानचुन नेपाली भूगोलभित्रै पर्ने त्यो टोल सानै भए पनि त्यहाँ घर बनाएर बस्नेहरू भने अनेक थरी छन्, तिनको स्तर पनि समान छैन । त्यहाँ बसोबास गर्ने कोही व्यापारी, कोही हाकिम, कोही प्रोफेसर, कोही डाक्टर, कोही लाहुरे, कोही चाउरे अनि कोही सामान्य कर्मचारी छन् । ब्रह्मचारी भने त्यहाँ कोही छैनन् ।

त्यसै टोलको बीचतिर लगभग तीन चम्के हुने गरी तीनथरी हाकिम बस्छन् । टोलबासी सबैले एउटालाई पञ्चनारान, अर्काेलाई दलबहादुर र तेस्रोलाई लोकमान भन्ने गर्छन् । यी माथिल्लो तहका हाकिम भने होइनन्, मात्र थर्ड क्लास हाँगे हाकिम हुन् । यी तीनैजना मित्रराष्ट्रबाट प्रमाणपत्र खरिददारी गरी ल्याएर विभिन्नका पालामा हुप्रबाट सोभैm हाकिम भएका चरम राष्ट्रसेवक हुन् । तीन कालखण्डका यी त्रिमूर्तिमध्ये हाकिम १ लाई भन्सारे हाकिम, हाकिम २ लाई धनसारे हाकिम अनि हाकिम ३ लाई दलसारे हाकिम भन्ने गरिन्छ । यी ठूला हाकिम नभएर थर्डक्लास हाँगे हाकिम भए पनि तलबबाहेक सुको हात नलाग्ने हुलाके हाकिम होइनन्, आठैतिरबाट सोहोर्ने बिजुली हाकिम हुन् । यी भिन्नभिन्न कालखण्डका हाकिम भए पनि कमाउ र घरको सुरक्षाका मामलामा भने समान छन् । सबैका घरको मूल गेटमा सधै“ भित्रबाट ताला लगाएकै हुन्छ । तिनीहरूको ढोका खोल्नसमेत बक्साउनु पर्ने अवस्था रहेकाले तिनका हत्तपत्त कोही जाँदैनन् । अरूको त के कुरा कहिलेकाही“ घरवालीसमेत निकै बेर बाहिरको बाहिरै पर्छन् । तिहारमा आउने देउसेभैलेसमेतले तिनको ढोका नखुल्ने कुरा बुझिसकेका छन् । कुनै नया“ले नबुझेर देउसीभैलो खेलिहाले भने ढोका खुल्ने त कुरै छैन, कौसीबाटै खप्की खाने वा टाउकामा पानी खन्याइमाग्ने पक्का छ... ।

हाकिम त हाकिम नै भइहाले । तिनका आँैठाछाप हाकिमनीहरूको फुर्तीफार्ती झन् उत्पातको छ । तिनीहरू भुइँमा न भाँडा भएका छन् । उहाा यसो गरिसिन्छ, उसो गरिसिन्छ भन्दै आआफ्नाको कमाउने कलाबारे डोका न डालाका गफ हाँकेरै कालक्षेपण गरिरहेका छन् तिनीहरू । तीनै हाकिमनीका बीचमा सधँै खटपट भइरहन्छ । तिनीहरू ब्याकबाइटिङमा पनि सारै सिपालु छन्, अर्काको कुरा नकाटी तिनलाई खाएकै पच्दैन । लोग्नेले घरैमा छौँडा ल्याएर छरछिमेकले समेत देख्ने गरी सुइँक्याउँदा समेत तिनलाई पत्तो हँुदैन, बस् कुरा काट्न पाए पुगिहाल्यो... । तिनका घरमा रातदिन भोजभतेर र रमझम भइरहन्छ । खान पाएसि राज्यका जतिसुकै ठूला भनाउ“दा पनि आइपुगिहाल्दा रहेछन् । कस्तो मजा आनो केही जाने होइन, राज्यकै खानु–खुवाउनु त छ नि... !

त्यस टोलमा अलि पुराना बासिन्दा एकजना प्रोफेसर छन् । उनी राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा नाम कमाएका लेखक पनि हुन् । उनको जीवनशैली अत्यन्तै सरल छ । उनी सहयोगी पनि छन् । त्यस टोलको विकासमा उनको ठूलो योगदान छ । वरपरका सबैले उनलाई अत्यन्तै आदर गर्छन् । ती हाकिमहरूले सुरुमा उनकै घरको बिजुली, पानी आदि निःशुल्क उपयोग गरेरै घर बनाएका हुन् । पहिलेपहिले प्रोफेसरबाट सापटी पनि चलाएकै हुन् तर ती कुरा हाकिम–हाकिमनीहरूले बिर्सिसके । टुप्पाबाट पलाएकाहरू यस्तै हुुन्छन् भन्ठानी प्रोफेसर त्यस्ता कुराको वास्ता गर्दैनन् ।

अभर पर्दा र बिरामी हुँदा सबै हाकिमहरू नजिकको छिमेकी प्रोफेसरलाई नै गुहार्छन् । काम सा¥यो भाँडो आफल तेरो ठाँडो भैm गरी तिनीहरू अरू बेला भने उनीसँग बोल्नसमेत गारो मान्छन् । हाकिमहरू र तिनका आफन्तसमेत अशक्त बिरामी भएका बेला प्रोफेसरले नै अस्पताल पु¥याएर औषधोपचार गरिदिनुपर्ने स्थिति छ तर तिनीहरू खोलो त¥यो लौरो बिस्र्योजस्तो गर्ने सारै बैगुनी छन् । जे भए पनि तिनका यस्ता बानीव्यवहार प्रोफेसरले सब पचाइसकेका छन् । नपचाएरै पनि के पो गर्नु र लाज पचेका नकच्चराहरूस“ग... !

त्यस टोलमा पहिले एकदुई लाहुरे–लाहुरेनीको रबाफ निकै थियो तर अहिले हाकिम–हाकिमनीका अगि तिनीहरू फिका भएका छन् । ती हाकिमहरूमा कसले ठूलो घर बनाउने भन्ने अघोषित होड नै चलेको देखिन्छ । फेरि हाकिम भएसि निर्माण सामग्री पनि उति किन्नु नपर्ने, सबैजसो दानदातव्यमै आउने । ठेक्कापट्टा मिलाइदिएबापत ट्वाइलेट, कौसी र बेडरुममा समेत पुग्ने मार्बल आएसि हाकिम–हाकिमनीको फुर्तीफार्ती र धाकरवाफको कुरै नगरौ“ ...।

प्रोफेसर श्रेणीका हिसाबले विशिष्ट तर कमाइका हिसाबले लगभग श्रेणीविहीन... । दानदातव्यबाट मुक्त उनको घर सामान्य छ तर सामाजिक प्रतिष्ठा उच्च छ, सबका हाइहाइ छन् ।

थर्ड क्लास हाँगे हाकिमको चर्तिकला हेरिसक्नु छैन । यत्रो लोडसेडिङको हाहाकारमा समेत यिनका घरमा लोडसेडिङ कस्तो हुन्छ पत्तो छैन । टोलछिमेकमा लोडसेडिङ सुरु भएपछि उनीहरूकहाँ सारा छिमेकीहरुलाई डिस्टर्ब गर्दै लाउडस्पिकर लगाएर अनेक गानबजानलगायतका गतिविधि सुरु हुन्छन् । एउटा हाकिम त घरबाहिर बाटामा समेत बत्ती बालेर थप फुर्तीफार्ती देखाउ“छ, ऊ त बिजुली नै छ ।

यी हाँगे हाकिमलाई जुनसुकै सरकार आएनि फरक पर्दैन । झन्झन् राम्रो ठाउँ पड्काउँछन् । हाकिम १ पहिले आपूmलाई बाहुन भन्थ्यो । अलिपछि दले कालमा कोष्ठमा दर्जी लेख्न थाल्यो र दलित समावेशीको कोटाबाट पुनः हाकिम भयो । हाकिम २ जनजातिको कोटाबाट र हाकिम ३ चाहिँ मधिसेको कोटाबाट ... । प्रोफेसरको चेलो मन्त्री भएका बेला हाकिम ३ तिनकै चाकडी गरेर पहिलो पटक हाकिम भयो तर पछि मधिसे कोटामा रूपान्तरित भएसि सबथोक बिर्सेर कसैलाई गन्नै छाड्यो ।

हाकिम १ र २ हालसालै सेवानिवृत्त भइसकेका छन् । यिनले भेद खुल्ने डरले मिति नपुगी स्वेच्छिक अवकाश लिएका रे ! यतिखेर हाकिम १ एन.जी.ओ. खोलेर त्यसकै हाकिम भएको छ भने हाकिम २ इधरका माल उधर गर्न मै व्यस्त... ∕ यिनमा हाकिम १ सारै चुपिचन्डाल छ । सबैका भन्दा धेर कमाए पनि ऊ लुकाउन निकै सिपालु छ । आपूm ज्यादै कम प्रदर्शन गर्छ तर हाकिमनीबाट धोती खुस्किहाल्छ । हाकिम २ डराउँदै, लुकाउँदै, देखाउँदै गर्छ । हाकिम ३ चाहि“ चाहिनेभन्दा बढ्ता खोलेरै देखाउने खालको छ । ऊ आपूm त माथिकालाई यति दिएर आएको केको डर भन्दै जोसुकैस“ग फुर्ती लगाइरहन्छ । तिनीहरूको चलअचल सम्पत्ति केकति छ भन्ने स्वयंलाई पूर्ण जानकारी छैन, नगदनारायण पनि स्वदेशी बैंकमा राख्ने चलन छैन... ।

यति भएर पनि सबभन्दा अनौठो कुरा त के छ भने तीनैजना हाकिम सधै“भरि खानै पुग्दैन भन्दै राँडे¥वाइ गरिरहन्छन् । तिनका कुरा सुनेर तिनीहरू के खा“दा हुन् भनी टोलछिमेक छक्क पर्छन् । जेहोस् तीनैजना हाकिम परिवारको दैनन्दिन अकल्पनीय छ । नाथे हा“गे हाकिमको चर्तीकला त यति बिघ्न छ, भने तीभन्दा माथिका पाते, टुप्पे हाकिमको कस्तो होला ? झन् तिनलाई बनाउने नेतागणको त कुरा गरी साध्य होला र... !

तीनै हाकिम–हाकिम र हाकिमनी–हाकिमनीका बीचमा भने पूरै कटाक्ष छ । कमाउने ठाउ“ फरकफरक भए पनि कमाइको मात्रा नमिलेर त्यसो भएको होला ! टोलछिमेकका छोराछोरी पढाउने ठाउ“मा हाकिमका छोराछोरी पढ्ने कुरै भएन । मह“गामह“गा ठाउ“मा पढाएर इज्जत बढाउनै प¥यो । हाकिमका छोराछोरी पढाइमा लद्दुलाल भए पनि भनेजति चन्दा दिएर तिनलाई डाक्टर–इन्जिनियर बनाई सरस्वती र लक्ष्मी एकै ठाउ“मा मिलेर बस्दैनन् भन्ने लोकोक्तिसमेत हाकिमसापहरूले असत्य साबित गरिदिएका छन् । यसमा पनि अनौठो मान्नुपर्ने कुरै छैन, हामीकहा“ मह“गा ठाउ“मा पढ्ने यस्तैका सन्तान त हुन् नि... !

हाकिमहरू धर्मकर्ममा पूरै लम्पट छन् । त्यसमा पनि हाकिम ३ अग्रपङ्क्तिमा छ । ऊ सर्टिफिकेट खरिदाइका हिसाबले इन्जिनियर भए पनि प्रत्येक दिन बिहानबेलुका तीनतीन घन्टा ध्यानजप गर्छ भने हप्तामा तीन दिन निराहार व्रत लिन्छ । रुद्राक्षलाई सुनले मोरेर अनि अनेकथोकमा हीरामोती जडान गरेर अनेक जन्तरमन्तर धारण गर्छ । कतिपय माथिल्ला प्रभुलाईसमेत यस्तै वस्तु चढाउ“छ । पशुपतितिरबाट हुलका हुल जोगी ल्याएर चिम्टा बजाउन लगाई स्वस्तिशान्ति गराउ“छ । ज्योतिषले भनेभन्दा बाहेक सास पनि फेर्दैन । ऊ घुसघुसे पापमोचनको उत्तम उपाय यस्तै कामलाई ठान्छ । उसको शरीरमा भने अठारथरी रोगले गु“ड लगाइसकेको छ । व्यसनी, व्यभिचारी र हन्तकालेलाई लाग्नेखालका कुनै रोग पनि लाग्न बाँकी छैन । स्वास्नी कतातिर सल्केकी छ पत्तै छैन । आपूmचाहि“ निरन्तर कमाउ र मोजमजामै व्यस्त–मस्त... !

आनो कल्याण र उन्नयनका लागि माथिल्ला प्रभु रिझाउने परम्परा उहिले देवदेवीका पालादेखि नै थालिएर अद्यावधि निरन्तर छ । वास्तवमा भ्रष्टाचारीले चढाएको भेटी र नैवेद्य देवगणले ग्रहण नगर्नुपर्ने हो । त्यस्तो पनि सहजै ग्रहण गरेर उसैको कल्याण गर्ने हो भने त अदृश्य देवगण र दृश्य नेतागणमा के नै पो फरक रह्यो र ?

त्यस टोलमा एउटा खैरे कुकुर र काली कुकुर्नीको जोडी थियो । खैरेलाई सबैले सेरु भन्थे । त्यो कहाँबाट कैले आयो र कालीलाई कहिले भित्र्यायो अनि कसले उसको नाम सेरु राख्यो भन्ने कुरा कसैलाई थाहा छैन । सुरुमा त्यो धेरजसो हाकिमहरूकै ढोका कुथ्र्याे । प्रोफेसरलाई उति गन्दैनथ्यो । हाकिमनी भनेपछि हुरुक्कै हुन्थ्यो । हाकिम नभएको मौका छोपी हाकिमनीका काखमा लुटपुटिएर सुँघ्न पुगिहाल्थ्यो । उनीहरू पनि मस्तसँग सँुघाइरहन्थे... ! लोग्नेको रात्री जीवन धेरैजसो डान्स रेस्टुरेन्ट, क्यासिनो, ठूलाठूला तारे होटल र कोठीहरूमा नै बित्ने हुनाले लोग्नेको अनुपस्थितिमा तिनीहरू सेरुलाई सिरकभित्र च्यापेर सुत्थे । हाकिमनीहरूका बीच कटाक्ष हुनाको एउटा कारण सेरुमाथि एकाधिकार जमाउनका लागि हुने प्रतिस्पर्धा पनि थियो ।

एकपटक सेरु सारै बिरामी भयो । त्यसको शरीरका भुत्ला सबै खुइलिए । त्यो उठेर यताउति गर्नसमेत नसक्ने भयो । उसलाई कालीले पनि छोडेर गई । सबैले छिछि र दुरदुर गर्न थाले । दयालु प्रोफेसरले त्यसलाई घरमै ल्याएर औषधोपचार गरी निको पारे । उसका शरीरमा पनि क्रमशः भुत्ला पलाउन थाले । राम्रो खानपिन र औषधोपचारका कारण त्यो पहिलेभन्दा पनि हट्टाकट्टा देखिन थाल्यो । ऊ बिरामी हुँदा हाकिमनीहरूले समेत वास्ता नगरेसि त्यसले पनि तिनलाई छाडेर प्रोफेसरलाई नै पछ्याउन थाल्यो । प्रोफेसर बाहिर निस्कनेबित्तिकै ऊ बडीगार्डझै पछि लागिहाल्थ्यो । हाकिम–हाकिमनीलाई देख्नेबित्तिकै खुट्टा उचालेर भावभङ्गिमाका साथ तुक्र्याउन थाल्थ्यो ।

केही दिन अगिको कुरा हो धनसारे हाकिमलाई घरमै पूजापाठ गरिरहेकै बेला कसैले गोली ठोकेर ठाउँ“को ठाउ“ खुत्रुक्कै पारिदिएछ । यो कुरा टोलछिमेकलाई अलिपछि मात्र थाहा भयो । उसलाई कसले सुइ“क्यायो कसैलाई पत्तै भएन । कसैस“ग ठेक्कापट्टाको कमिसनमा कच्याककुचुक परेर यस्तो भएको होला भन्ने अनुमानसम्म गरियो । त्यस्तो अवस्थामा समेत उप्रति सहानुभूति प्रकट गर्ने कोही भएनन् । त्यसबेला अरू दुई हाकिमले समेत वास्ता गरेनन् । सबै देखेको नदेख्यै गरी मुख बङ्ग्याएर हि“ड्न थाले । अन्त्यमा प्रोफेसरले नै शववाहन बोलाएर उसको शव पठाइदिए तर त्यो कता लगियो कसैलाई थाहा भएन ... !

त्यसको केही दिन बित्न नपाउ“दै दलसारे हाकिमलाई अख्तियारले समाउने हल्ला चलेको कुरा कसैले सुनाइदिएछ । ‘पापधर्म, नैतिकता पनि हेर्नुपर्छ अनि अख्तियारले पनि समाउनसक्छ’ भनी प्रोफेसरले बेलाबखत सम्झाउ“दा ऊ ‘केको पापधर्म, केको नैतिकता, केको अख्तियार, त्यस्ता मुलालाई किनिदिइहाल्छु नि ! यी सब मेरा मुठीमा छन्, यी मेरा बाया“ हातका खेल हुन्’ भन्दै फुर्ती लडाउ“थ्यो तर अख्तियारले समाउने हल्ला सुन्नेबित्तिकै ध्यानजप गरिरहेकै बेला ठाउ“को ठाउ“ खुत्रुक्कै भएछ ।

यस्ता पापीको मुख हेर्दा पनि अगति परिन्छ भनी कसैले वास्ता गरेनन् । कुरा कति भने उसको लास उठाउनेसमेत कोही भएनन् । पहिले ठेक्कापट्टा मिलाइदिएका धुपौरेहरूसमेत फर्केरै आएनन् । उसकी स्वास्नीचाहि“ सिरीखुरी पारेर उसकै पूर्वपोइको ड्राइभरस“ग हुइ“किसकिछ । बाहिरका अरू थुप्रै स्वास्नीहरु अंशको दाबी गर्न आइपुगे... । यता टोलमा दुर्गन्ध पैmलिन थालेपछि जनस्वास्थ्यलाई ध्यानमा राखी टोलबासीले उसको शवलाई डम्पिङ साइटमा लगेर फालिदिए । सायद त्यो सेरुका सन्तानकै आहारा भयो होला ।

अनेकपटक अनेकौ“ प्रकारको सहयोग लिएका छिमेकीका बच्चा सिकिस्त बिरामी भई अतालि“दै अस्पताल लैजान ट्याक्सी कुरिरहेकाहरूलाई समेत वास्तै नगरी हाकिम सरकारी गाडीमा ठेउकीहरू हालेर रेस्टुरेन्टतिर हुइ“किन्थ्यो । यस्तो चरम अमानवीय प्रवृत्ति अरूलाई त के उसका ड्राइभरलाई समेत मन पर्दैनथ्यो । मन नपरेर के गर्नु बिचरा उसको केही लाग्दैनथ्यो । बेलाबखत ड्राइभरले गाडी रोकेर यस्तै अभरमा परेकाहरूलाई लिट दिन खोजे हाकिमबाट जागिर खाइदिने धम्की सुन्नुपथ्र्यो... यस्तो महान विचार भएको आना हाकिमको अवसानमा ड्राइभरहरू निकै चिन्तित देखिए । चिन्ता यस मानेमा कि यस्ता चो’रा खन्तीलाई आपैm“ले त्रिशुलीतिर हुइ“क्याउने सोच्तासोच्तै अर्कैले सुइ“क्याइदिएछ । उता तिनका अफिसमा ठूलै भोजको आयोजना गरिएको हल्ला पनि सनसनी पैmलियो । तिनको मृत्युशोकमा थुप्रै खसीबोकाको ज्यान लिइयो रे... !

धनसारे र दलसारे दुवै हाकिमले मलामीको त के कुरा सामान्य सहानुभूतिसमेत नपाएको देखी यतिखेर भनसारे हाकिम आफ्नो भविष्य सोचेर निकै चिन्तित भई टोलछिमेकमै मलामीको जोहो गर्नतिर लागेको छ ... !हेरौ“ उसले कतिसम्म सफलता प्राप्त गर्छ ।

कुरा रह्यो सेरुको । एकदिन बिहान सेरुलाई बसले किचेर मारिदिएछ । हाम्रो देशको हाल स्थापित मान्यता अनुरुप टोलछिमेक वरपरका सब भेला भएर सेरुको मृत्युमा शोक व्यक्त गर्दै त्यसलाई सहिद घोषणा गर्नुपर्छ र त्यसका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्छ भनी नाराबाजीका साथ चक्काजामसमेत गर्न थाले । शुरुमा त सरकारले त्यति वास्ता गरेन, तर राजनीतिक पार्टीको समेत ठूलो दवाव परी सरकारको विश्वासको मत नै गुम्ने खतरा बढेपछि सरकारले पनि त्यसको मृत्युबारे सत्यतथ्य पत्ता लगाई सहिद घोषणा गर्न र क्षतिपूर्ति दिन उच्चस्तरीय छानबिन आयोग गठन ग¥यो । त्यस आयोगमा पञ्चनारान हाकिमलाई समेत राखिएछ । सबै छक्क परे तर छक्क पर्नुको के नै पो अर्थ थियो र... ?

टोलबासी सब मिलेर सेरुको शव पूmलमाला, अबिर र बाजागाजाका साथ बाग्मतीमा लगी दाहसंस्कार गरे । सेरुले टोलको सुरक्षा गरेकै थियो, रातभर पहरा दिन्थ्यो अब कसले गर्ला आदि भन्दै सबैले चिन्ता प्रकट गरे । बाँकी रहेका हाकिमनीहरू त निकै रोए पनि, हाकिम जाँदासमेत उनीहरू त्यति रोएका थिएनन् ... ।

राज्यबाटै क्षतिपूर्ति पाउने भएसि अहिले सेरुका सन्तानले पूरै टोल भरिएको छ, त्यो क्षतिपूर्ति कसलाई दिने भनी निधो गर्न सकिएको छैन । त्यसका लागि पनि छुट्टै आयोग नै गठन गर्नुपर्लाजस्तो छ । त्यसतर्पm पनि राज्य सञ्चालकहरूले ध्यान पु¥याउलान् नै ! सेरुको मृत्यु भवितव्यबाट नभएर सुनियोजितरुपले गरिएको हत्या रहेछ र सेरुले काली र हाकिमनीहरुसंग मात्र होइन कुकुरप्रेमी अरू धेरै नवधनाढ्यहरुका भार्याहरुको संगत गर्नु नै उसको मृत्युको कारण रहेछ भन्ने कुरा आयोगको छानविन पछि अहिले मात्र थाहा भयो ... !

अहिले टोलबासी सबै मिलेर सेरुको सम्मानमा भव्य सालिक निर्माण गर्ने निर्णय गरिएको छ । उसकै सम्झनामा सेरु राष्ट्रिय पुरस्कारको समेत स्थापना गर्ने घोषणा गरिसकिएको छ । त्यसमा सरकारी अनुदान पनि प्राप्त हुने भएको छ । यतिखेर त्यस टोलका सबैजना भन्ने गर्छन्— सेरुले जीवनकालमा केही नकमाए पनि पछिका लागि धेरै कमाएछ तर हाकिमले जीवनकालमा धेरै कमाए पनि मलामीसम्म कमाएनछ, हाकिमभन्दा त कठै बिचरा सेरु नै बेस...!

त्रिभुवन विश्वविद्यालय, काठमाडौ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।