19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत अनुराग राना May 12, 2010, 8:56 pm

मदहोसीमा पिएपछि जवानीको प्यास मेट्यौ

अचानोलाई चोट दिन पिरतिको धारले रेट्यौ

भुल्न पाइन तिम्रो माया मुटुभित्र सजाइराखे

बहार बनी आइनौ तिमी आशुसँग बगाइराखे

फूलको बास्ना लिएपछि काँडैकाँडा संसार देख्यौ

अचानोलाई चोट दिन पिरतिको धारले रेट्यौ

मन खानिमा मन गाल्यौ विश्वासको सागर तार्यौ

तिम्रो इच्छा पुरा गर्यौ मेरो खुशी किनार लायौ

अन्तै साईनो जोडेपछि मेरो सबै मुस्कान लुट्यौ

अचानोलाई चोट दिन पिरतिको धारले रेट्यौ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।