तिमी दुःखी भन्छ्यौ आफू तर सुखी भन्छु म त
अर्को जन्म पाएँ भने स्वास्नी मान्छे बन्छु म त ।
हाँस्नलाई साथ दिंदा, रुनलाई काख दिंदा
देख्दिन म आफ्ना दुःख तिम्रा सुख गन्छु म त ।
गहना हुन् तिम्रा आँशु मैले रोए गोही हुन्छु
तिम्रो घाँटी सजाउन आफ्नो चिहान खन्छु म त ।
तिम्रो सुँक्क कति चर्को, मेरो डाँको सुनिदैन
तिमी भित्र म बाहिर नाङ्लो यो निफन्छु म त ।
कतै मैले यसो भन्दा चस्स छाती दुख्यो कि त ?
फेरि पनि तिम्रै मात्र चिन्ता मानि रन्छु म त ।
मणिग्राम, रुपन्देही, हालः हुम्ला