पहाडजस्तै अग्लो भयो पीरैपीरको भारी
कटाइदेला कसले राजै दुःख डाँडापारी ।
दु:खियाको कर्मै खोटो रुँदै बाँच्नु पर्ने
ओइलिएको पात रहेछु पलपल मर्नु पर्ने
खडेरी नि खपेकै छु मुसलधारे झरी
कटाइदेला कसले राजै दुःख डाँडापारी ।
जहाँ जान्छु आफ्नो दुःख जान्छ आँफैसँग
आँफैसँग लुक्दै भाग्दै कहाँ जाऊँ अन्त
निराशाले थिच्दै जान्छ वाँच्दा मरी–मरी
कटाइदेला कसले राजै दुःख डाँडापारी ।
भीमस्थान–५,सिन्धुली; हाल–यू.ए.ई.