19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रजनी मधु

कविता कृष्णा शर्मा May 23, 2010, 8:38 pm

खुशीका दिन सुहाना साह्रै नै सौम्य राम्रो ।

अर्को कतै भएन संसारमा जोडी हाम्रो ।।

रजनी मधु दुवैमा ज्यादैँ लुकको माया ।

एक आपसमा मिलेर रच्थ्यौं सुरम्य छायाँ ।।

छाँया मूनि लूकेको आनन्दी पूष्प सज्जा ।

सारा जगतै आँखा पर्दो थियौ यसैमा ।।

एक एक दिन बित्यो कर्तब्य कै अंगालो ।

किन हुन्थ्यो समय बेर्थै तितो तथा अमिलो ।।

संैतिस बर्ष विते सामिप्यमा दुबैको ।

भएन बिछोड एक दिनमा पनि कुनैको ।।

फुलबारीका फुलहरु सुम्पिई मालीलाई ।

आनन्दले बस्यौँ है कयौँ दिन अलि सुस्ताई ।।

जीवन र मृत्यु आखिर साश्वत सत्य सबको ।

एक दिन आई लगिगो सामुन्नेमा सबैको

कर्तव्य एकमात्र बाँकी थियौ बचेको ।

शुशिला र सुन्दर वाला हो वंंशको जमर्को ।।

भगवान आषिश देऊँ पु¥याउ मधुको इच्छा ।

हुन्छु यसैमा सन्तोष र यहि सदिक्षा ।।

कालिमाटी, वाफल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।