19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल धीरेन्द्र अनुरागी May 26, 2010, 12:07 pm

चैत्रको हुरी सँगै ढले धेरै पटक

सूर्यको धुपले नै जले धेरै पटक

घातिहरुको शहरमा बसे देखि नै

भित्र भित्रै म पनि जले धेरै पटक

कलियुगमा के को अचम्भ भो र

आँपका बोटमा केरा फले धेरै पटक

जो जो थिय भष्ट्र,सत्ताका लागि उनैले

अनुहारमा रङ्ग दले धेरै पटक

खुसि छौ तिमी त्यहाँ बिछोड पछि पनि

म भने मैन बत्ति झैँ गले धेरै पटक

यु. के.

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।