17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सागर साउद May 27, 2010, 8:25 pm

कहि झर्छन आँशु कहि मर्छन आँशु

कहि मेची काली तर्छन आँशु ।।

गाउँ घर देश पीडाले रोईरहेछ

समुन्द्रपारी देशमा व्यथा छर्छन आँशु ।।

देश विकराल दुन्दमा फसिरहदाँ

झुपडीमा शान्तिवार्ता गर्छन आँशु ।।

कहि बन्द हुन्छ कहि गोली चल्छ

कहि विष्फोटमा पर्छन आँशु ।।

कतै चुपचाप झर्दै कतै गुमनाम मर्दै

कतै समाचारका पाना कथाले भर्छन आँशु ।।

डडेल्धुरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।