आधा बाटो हिडी सकेँ आधा बाटो बाँकी रह्यो ।
साथै हिड्न चाहें मैले तर सबै ब्यर्थ भयो ।
अँधेरीमामा हराए’नि जुनेलीमा खोजिरहेँ ।
दोबाटोमा अल्मलिए’नि गोरेटोमा पर्खिरहेँ ।
सैयौँ घुम्ती पार गरेँ यौटा मोड बाँकी रह्यो ।
साथै हिड्न चाहें मैले तर सबै ब्यर्थ भयो ।
पाती चढाई देउरालीमा आउला भनि कुरि बसेँ ।
अधुरो भो यात्रा मेरो बाध्यतामै बास बसें ।
थुप्रै जंघार तरिसकेँ नदी तर्न बाँकी रह्यो
साथै हिड्न चाहें मैले तर सबै ब्यर्थ भयो ।