17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सागर "अजनबी" May 31, 2010, 3:28 am

दिएँ त दिल तिमीलाई के नै पो दिएर जिन्दगीमा

पिएँ त आँशु नै पिडामा के नै पो पिएर जिन्दगीमा

चाह त थिएन दोबाटोमा तिमीसँग छुटिनु मलाई

जिएँ त जिउँदो लास नि के नै पो जिएर जिन्दगीमा

भाग्यलाई दिउँ कि कर्मलाई दोष बस्दा एकान्तमा

सिएँ त खुशी च्यातिएर के नै पो सिएर जिन्दगीमा

आफ्नो बनाउने सपना बुन्दै गर्दा भताभुंग भएछ

'सानु' खिँए त मेरा प्रित के नै पो खिएर जिन्दगीमा

झापा, हाल: दोहा,कतार

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।