19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आँखाक्षर

कविता मनोज बोगटी June 2, 2010, 10:36 am

उसका आँखाहरू

अक्षरहरू हुन्‌।

ती अक्षरहरू जब भुँइमा खस्छन्‌

मीठो कविता बज्छ

घरमा।

घर स्वर्ग बन्छ।

त्यो संसारको सबैभन्दा मीठो सङ्गीत

जसले थामेको छ जीवनको गह्रौं गरिमालाई।

ती अक्षरहरू

जब आँखामा जम्छ

मेरा दुःखहरूले मेरो साथ छोड़्‌छन्‌

मेरा सुखहरूले मेरो हात छोड्छन्‌।

जबयस्तो हुन्छ

ती अक्षरहरूले मलाई जीवन लेख्न अह्राउँछ।

म जीवन लेख्ने कोशिष गर्दा-गर्दै बित्छु।

मलाई थाहा छैन म बिते पछि घरमा त्यो सङ्गीत बज्छ कि बज्दैन।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।