ए निष्ठुरी समय
कति धेरै बदलियौ
कहिले शितल छहारि त
कहिले छाती पोल्ने
राप बनिदियौ
जानी नजानी बिष धेरै पिएँ
आफ्नाको माया सम्झेर
भित्र भित्रै आँशु दबाएँ
मायाको नासो भनेर
दिन धेरै बिती सक्यो
न माया न नासो बाँकी रह्यो
ए निष्ठुरी समय.....
धेरै बृक्ष रोपे फलको
असिना बर्सिदियो
धेरै मुना हुर्काएँ फुलको
काँडा उम्रिदियो
पछाडि धकेली आज मलाई
न सपना न बिपना बाँकी रह्यो
ए निष्ठुरी समय
कति धेरै बदलियौ.....