19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत शेखर ढुंगेल June 6, 2010, 12:39 pm

ए निष्ठुरी समय

कति धेरै बदलियौ

कहिले शितल छहारि त

कहिले छाती पोल्ने

राप बनिदियौ

जानी नजानी बिष धेरै पिएँ

आफ्नाको माया सम्झेर

भित्र भित्रै आँशु दबाएँ

मायाको नासो भनेर

दिन धेरै बिती सक्यो

न माया न नासो बाँकी रह्यो

ए निष्ठुरी समय.....

धेरै बृक्ष रोपे फलको

असिना बर्सिदियो

धेरै मुना हुर्काएँ फुलको

काँडा उम्रिदियो

पछाडि धकेली आज मलाई

न सपना न बिपना बाँकी रह्यो

ए निष्ठुरी समय

कति धेरै बदलियौ.....

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।