दुनियाँले नटेकेको मेरो शहर तिमीलाई
कसैसँग नसाटेको मेरो रहर तिमीलाई ।
डाँडा, पाखा, फूल चौर सङ्गीतको धूनसँगै
पूर्णिमामा फूल्ने जून, तारा लहर तिमीलाई ।
सारङ्गीमा रेटिएर युगयुग बाँच्ने प्रीति
हाम्रो आँसु हाँसो बग्ने प्रेम नहर तिमीलाई ।
आँखाभरि सजाएका, मुटुभरि फूलाएका
तिम्रै लागि लेखिएका गजल बहर तिमीलाई ।
खै के दिउँ प्रेम चिनो मात्र रित्तो मान्छे हुँ म
फूलैफूल बनी फूल्ने पैलो पहर तिमीलाई ।