आँखा वरीपरी नाँच्ने, सम्झनाको स्वाद मिठो
आज मलाई लागेको छ, पिरतिको मात मिठो
म छु अब तिमीसँगै, नहेर त्यो आकाशतिर
चाहिंदैन कोही अब, जुनेलीको रात मिठो
सबै कुरा बुझेर नि, किन फेरी सताउछौ
कसरी यो भनु मैले, दिएका ति घात मिठो
झरेका ति आँसु पुछिदिन, तिमी नै त आयौ यहाँ
करौडौंको जमातमा, लाग्छ तिम्रै साथ मिठो
न्यूयोर्क, अमेरिका