14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

पारखी पहाडहरूसँग...

नियात्रा कृष्ण प्रसाईं June 11, 2010, 11:21 am

‘हेलो मिसेस रान ! इज दिस रान मोबाइल नम्बर ?’

उताबाट सहज उत्तर आयो, ‘यस अफकोर्स !’

‘मे आइ नो हु आर यू ?’ लगत्तै अर्को प्रश्न पनि उतैबाट आयो ।

मैले अङ्ग्रेजीमै उत्तर दिएँ जसलाई नेपालीमा अनुवाद गर्दा यस्तो हुन्थ्यो, ‘म कृष्ण हुँ ! कृष्ण प्रसाईं नेपालबाट !’

‘कस्तो अचम्म, यो त एउटा सरप्राइज जस्तो भयो, कमसेकम इमेल त गर्नुपथ्र्यो । आउने जानकारी पहिला नै दिएको भए कति राम्रो हुन्थ्यो ।’ श्रीमती रानले अङ्ग्रेजीमै शब्दहरू पोखिन् !

मैले पनि लगातार आफ्ना कुराहरू मोबाइलबाट भत्र सुरु गरेँ— ‘म अस्तिको दिन मात्र आएको हुँ । मोबाइल लिनेबित्तिकै पहिलो फोन तपाईंलाई गर्दै छु । मेरो मोबाइलमा मैले सुनेको कोरियाको पहिलो आवाज तपाईंकै हो । कति मीठो आवाज छ तपाईंको !’ मैले शिष्टाचार प्रयोग गरेँ । मोबाइल फोनमै म आवाजसँग अघि बढ्दै गएँ, ‘अहिले म सुवानमा छु । सुवानमै बस्दै छु, अभैm केही दिन कोरिया बस्छु । केही खुसखबरी छ भने सुनाउनुस् श्रीमती रान,’ मैले अनुरोध गरें । श्रीमती रानका शब्दहरू पनि मेरै शब्दहरूझैं मोबाइलमै अघि बढ्दै गए ।

‘कस्तो भाग्यमानी रहेछौ तिमी । ठिक्क बेलामा फोन ग¥यौ । समय छ भने तिमी भोलि नै बुसान आऊ । म ट्रेनको टिकट पठाइदिन्छु । पर्सि शनिबार बुसानको संस्कृति भवनमा एउटा भव्य समारोह छ । जापानका कोरियाभाषी प्रसिद्ध कवि र चिनियाँ प्रोफेसर क्जबल जो बेइजिङ्ग विश्वविद्यालयको स्कुल अफ फरेन स्टडीका प्राध्यापक हुन्, उनीहरू दुई जना हाम्रा पाहुना छन् । तिमी मिसिँदा तीन जना हुन्छन् । बुसानका अरू कविहरूसँग परिचय पनि हुन्छ । यो एउटा परिचयको सुनौलो मौका हुनेछ तिम्रा लागि ।’ एकै सासमा बोलिन् रान ।

रान फेरि थप्दै गइन्, ‘जापानी शासकहरूबाट १९४२ मा जापानको जेलमा हत्या गरिएका कोरियाका प्रखर राष्ट्रवादी कवि थ्भयलन त्जयलन ब्यय को सम्झनामा आयोजना हुन लागेको कार्यक्रम हो त्यो । यदि तिमी भोलि बुसान आयौ भने तिमीलाई बुसानको समुद्र र पहाडसँग परिचय हुने मौका पनि पर्नेछ ।’

रानले फेरि अनुरोधको भाषा बोलिन् ।

मेरो पनि फुर्सद नै भएकोले के खोज्छस् कानो आँखो भनेभैंm भयो । मैले सहर्ष स्विकारें रानको निम्तोलाई, भनेँ, ‘हुन्छ म पक्का आउँछु ।’ उताबाट बोलीको पर्रा छुटिरहेको थियो ।

‘तिमी भोलि ६ बजेपछि बुसान स्टेसनमा आइपुग । म अथवा कुनै कविसाथी तिमीलाई लिन आउनेछन् । त्यो समयभन्दा अगाडि म अलि व्यस्त छु ।’

मैले त्यसमा पनि ‘हुन्छ’ भनेँ ।

म पनि के कम, शुक्रबारको दिन अर्थात् सन् २००९ नोभेम्बर ६ को बिहान ११ बजे सुवान टे«न स्टेसन पुगें । टिकट काउन्टरमा गएर सोध्दा ६ बजे पुग्ने टे«न पनि फेला पर्ने भयो, तर मैले त्यसका लागि झन्डै २ घण्टा कुर्नुपर्ने भयो । समयभन्दा अगाडि पुगेर कसैलाई कुरिरहनुभन्दा २ घण्टा ट्रेन स्टेसनभित्रै बसेर निशुल्क इमेल इन्टरनेटको सुविधा भएको साइबरको दुनियामा रमाउन मन लाग्यो ।

कोरियाको राजधानी सोलबाट बुसान जाने टे«नहरूमध्ये कुनै न कुनै टे«न समाउनु थियो मैले । सिओल काटेर बुसान जाँदा सुबान भत्रे ठाँउ बाटामै पर्ने भएकाले मलाई सजिलो भएको थियो । त्यसो त कोरियामा चौबीसै घण्टा यातायातको सुविधा छ । स्थानीय स्तरका रेल र बसहरू बिहान ५ बजे चल्न सुरु भएर राति १२ बजेसम्म सेवाका लागि जुटिरहने गर्दछन् भने राति १२ बजेपछि ट्याक्सी र पैसा दिएअनुसारका अन्य सुविधासम्पन्न क्याबहरू पाइन्छन् । कोरियामा लामो दूरीका टे«न र बसहरू भने चौबीसै घण्टा गुडिरहेका हुन्छन् ।

कोरियामा पाइने रेलहरू चार किसिमका हुन्छन् । पहिलो सहरी क्षेत्रमा कुद्ने रेलहरू । तिनको शुल्क एउटै हुन्छ भने लामो दूरीमा गतिअनुसार फरक भाडा लिइन्छ । रेलहरू अति महँगा, मध्यम र केही सस्ता किसिमका हुन्छन् । जति धेरै भाडा असुल्यो उति नै छिटो, आरामदायी र सुविधायुक्त सेवा दिएका हुन्छन् । अति द्रुत गतिमा दौडिने रेल के.टी.एक्स, मध्यम स्तरको सेमिओल र तेस्रो स्तरमा मुगाङ्ग्बा (कोरियाको राष्ट्रिय पूmल) को नामले चिनिन्छन् ।

सुबानबाट बुसान पुग्न पहिलोले तीन घण्टा, दोस्रोले चार घण्टा, तेस्रोले पाँच घण्टा लगाउँदा रहेछन् । भाडा पनि पहिलाको झण्डै नेपाली ३५०० रुपैयाँ, दोस्रोको २२०० रुपैयाँ र तेस्रोको १५०० रुपैयाँको हाराहारी पर्ने रहेछ ।

मैले २५०० कोरियन बान हालेर अन्तिम दर्जा अर्थात् मुगाङ्ग्बाको टिकट काटें । ठीक १२ः५५ मा छुटेर बुसानमा बेलुकाको ५बजेर ५९ मिनेटमा पुग्ने रेल थियो त्यो । ६ बजे पछि आउनू भत्रे श्रीमती रानको उर्दी र महँगोमा चढ्नुभन्दा सस्तै पैसाले समय गुजार्नु पर्ने नेपाली हुनुको नियतिलाई मैले आत्मसात् गरेको थिएँ । फेरि कवयित्री रान र मेरो परिवेश ¥याङमा ठ्याङ मिलेजस्तै मिलेको थियो ।

कोरियामा समयको अत्यन्त ख्याल गरिन्छ । बस, रेल र भूमिगत मेट्रोहरूले एक सेकेण्ड मात्र पनि फरक पारे भने भीषण दुर्घटना बेहोर्नुपर्ने हुन्छ । हजारौं मान्छेको ज्यान जान सक्छ । त्यसैले आउनुपर्ने र पुग्नुपर्ने समयमा रत्तीभर तलमाथि हुँदैन । सुन तौलिएजस्तै समय तौलिइन्छ कोरियामा । बसहरू पनि ठीकठीक समयमा हिँड्ने र रोकिने गर्दछन् । नेपालमा जस्तो यात्रुहरूलाई आधा घण्टासम्म बाटोमा कुराएर सालाको बिहेभोजमा रम्ने ड्राइभरको कल्पना नै गर्न सकिन्न कोरियामा ।

छ तल्लासम्म पैmलिएको सुविधासम्पन्न बजार, बैङ्क, सिनेमाहल र डिपार्टमेन्टल स्टोर बोकेको सुबान स्टेसनमा बसेर २ घण्टाको समय इन्टरनेटमा आँखालाई रमाउन दिएर बिताएपछि ठीक समयमै मुगाङ्ग्बा रेल आयो स्टेसनमा । सातौं क्याबिनको २६औं नम्बरको सिटमा गएर झण्डै पाँच घण्टाको लागि मैले मेरो शरीर मुगाङ्ग्बा रेलभित्र बिसाएँ ।

चल जोगी फड्कार छाला जहाँ जाला उहीँ खाला ! आखिर जोगीजस्तै थिएँ म । तर कमण्डलुको नाममा झोलाभित्र केही आफ्नै कविताका किताबहरू थिए, जसलाई कवयित्री रानले कोरियाली भाषामा भर्खरै मात्र उल्था गरेकी थिइन् । अनि कवयित्री रानका लागि कोसेलीबापत उनबाटै अनूदित पुस्तक र केही हिमालका फोटाहरू थिए मसँग । नेपालबाट एक्लै परदेसिएका सबै यात्रु जोगीजस्तै त हुन्छन् नि विदेशमा । घरबिनाका, नितान्त एक्ला ।

ट्रेन बुसानतिर तोडले हुइँकिएको पत्तै भएन । कुद्नु छ उसलाई । ५ घण्टामा झन्डै पाँच सय किलोमिटर छिचोल्नु छ उसलाई । उसको पनि गति त कहाँ कम हुनु र ! हेर्दाहेर्दै रेल त ढेइजन भत्रे ठाँउमा पो रोकियो । कस्तो अचम्म, म बीस वर्षसम्म हुर्केको, पढेको, बढेको र वात्सल्य भोगेको ठाउँको याद पो दियो ढेइजनले । खाली खुट्टा स्कुल गएको, नाङ्गै हेलिएर खोलामा पौडी खेलेको र चिचिला आँप चोरेर खाएको मेरो झापाको धाइजन एकाएक कसरी परिवर्तन भएर ढेइजन भयो, म अचम्ममा परें । म्जबष्वबल को ठाँउमा म्जभवबल भएर आएको थियो मेरो झापाको धाइजन । झन्डै उस्तै नाम, त्यसमा पनि मेरो आफ्नो गाँउसित मिल्दो । कताकता मन फुरुङ्ग भएर आयो । किनभने मेरो धाइजन ५० वर्षपछि पनि कोरियाको ढेइजन हुन सक्दैनथ्यो विकासमा । प्रविधि र सुविधाले पत्याइनसक्नु पाराले नेटो छिचोलिसकेको थियो यो ढेइजनले । तर मेरो धाइजन भने देशलाई शासन गर्ने पुराना मदारीहरूको धङधङी बोकेर अभैm हल नमिलेका गोरु नारेर हलो जोतिरहेको थियो, आदिम खेतको बाँझो फोरिरहेको थियो र गराहरूका आदिवासी कोदाली, करौती र कचियाका बिँडहरूबाट ठेला उठाइरहेको थियो हातभरि । अनादि गाउँको चिसोमा कठ्याङग्रिएको ढेइजनले अभैm प्रविधि फलाएर न्यानो तापिरहेको थियो । मेरो अगाडि लम्बेतान रेलहरूका लिकहरूमा फुलेको थियो , अविरल गतिमा हुइँकिरहेका हजारौँहजार सवारीसाधनहरूमा शासित थियो । तर धाइजन नितान्त फरक मुद्रामा भविष्य तापिरहेको थियो । तरुण र्जाशक्ति वायुयान चढेर विदेश लागेको पीडामा आफ्ना घरभित्र उमेर पाकेका बूढाबूढीहरू मात्र पालेर उग्राइरहेको, ओेइलिरहेको र अल्छी मानिरहेको थियो मेरो धाइजन । जमिनको भाउ बढेको कुरामा गर्व गरिरहेथ्यो । मन अमिलो भएर आयो आफ्नै माटाको व्यथा सम्झेर । रेल फेरि हावाजस्तै बेगियो । धाइजनलाई छोडेर म काठमाडांै बेगिएजस्तै ढेइजनलाई छोडेर बुसानलाई भेट्न ।

मान्छेजस्तै कस्तो गतिशील हुन सकेको रेल ! एउटै लिकमा बारम्बार लगातार हिंडे पनि कहिल्यै थाक्दैन मान्छेजस्तो । जीवनको गति पनि रेलजस्तै नथाक्ने भए कस्तो राम्रो हुने थियो । अघाउन्जेल बाँच्नै नपाई मान्छेले संसार छोड्नुपर्ने नियतिसँग रेलको नियति मिल्दैनथ्यो सायद ! अमन भइन्जेल हाँस्न नपाई सकिने मानवजीवनको इहलीलाको टिकट रेलको जस्तै निश्चित ठाँउ र समयमा ओर्लनेमा सीमित छैन सायद !

मान्छेको जन्म बोक्ने नामधारी यात्री छन् यहाँ । जसरी म छु । मृत्युचेतको झझल्कोको सङ्केतसमेत कोहीमा देखिंदैनथ्यो । सायद सबै अमर बाँचूँ भत्रे आशामा हिंडेका छन् यो परम संसारको यात्री भएर, अनि यात्रा भरिरहेछन् ।

गन्तव्य आफ्नै छ !

उद्देश्य आफ्नै छ !

गति, सोच र विचार आफ्नै छ !

Ê Ê

इतिहास भन्छ, कोलम्बस, भास्कोडिगामा, ह्वान हुएन चे र हुएन चाङले यात्राबाटै धेरै बुझे र बुझाइका धेरै प्रमाणहरू छोडेर गए । हिन्दुशास्त्र भन्छ सिंहहरू, महापुरुषहरू र हात्तीहरू सधैं यात्रारत हुन्छन् र यात्राबाट सिकिरहेका हुन्छन् । तर मानवपूर्वजहरूले गरेको कठिन यात्राका सामु मेरो यो रेलको यात्रा सुखमय, आरमदायी र सुविधा सम्पन्न थियो । इतिहास, हिन्दुशास्त्र र उखानभैmँ वस्तुपरक थियो र मैले भोगिरहेको दृश्यमा ससाना पहाड र पहाडकै फेदीमा गरिएका अत्याधुनिक पाराका कार्यका लागि बनाइएका गृहहरू थिए । मान्छे वा जनावरलाई भन्दा बढी स्याहार गरिएका ती कृषि उपजका लम्बेतान याक्साहरू (ाबचm जयगकभ) जाडो, हिँउ र तुसारोबाट बचाउन बनाइएका प्लस्टिकका कटेरा थिए । कोरियाली गाउँहरूमा सन् ८० को दशकपछि कृषि क्रान्ति नै भएको प्रमाणका ज्वलन्त उदाहरणहरू थिए ती । अत्याधुनिक प्रविधिको सहयोगले सामान्यतया नेपालमा ६ महिनामा परिपक्व हुने बालीनालीलाई २ महिनामै पूर्णता दिएर खानयोग्य बनाइन्थ्यो ती प्लास्टिकका कटेरामा । ती कटेराहरूभित्र बिजुली बालिएको थियो । गुलुपहरूले बिरुवालाई ताप प्रत्यारोपण र प्रक्षेपण गरिरहेका थिए । ठीक यति नै बेला नेपालले मान्छेका लागि विद्युत् नभएर लोडसेडिङ्ग खेपिरहेको थियो । तर कोरियामा भने तूलपूmल र अत्रपातलाई समेत विद्युत्बाट हुर्काइँदै थियो । नेपालमा मान्छेले पाउन नसकेको विद्युतीय उज्यालो कोरियामा बोटबिरुवाहरूले पाइरहेका थिए ।

कस्तो अचम्म !

कस्तो भित्रता !!

कस्तो नियति !!!

जङ्गलको छेउभरि लटरम्म फलेर पाकेका हलुवाबेद जाडोमा जिङरिङ्ग भएका हाँगामा अख्रिएका थिए । अर्बुद रोग लागेर उपचार गर्दागर्दै सम्पूर्ण कपाल झरेको मान्छेभैंm थिए ती । रूखहरूमा गतिपति भने पटक्कै थिएन । मात्र जाडोले खाएर झरेका पातहरू बिसाएर गर्मीयाम रुङेर बसिरहेका हाँगाहरू थिए । नेपालमा भैंm जङ्गली जनावरहरू एक किसिमले हुँदैहुदैनन् भने पनि हुन्छ कोरियामा । कसले खाने पाकेका फलपूmलहरू ? जताततै लटरम्म । सार्वजनिक ठाउँमा समेत कसैले नटिप्ने कस्तो राम्रो समाज !!

बुसान सहरभन्दा झन्डै डेढ घण्टाअघि बाटामा आउने थेगु सहर देखिनुअगाडि मेरो यात्राले धेरै वटा पहाडभित्रका सुरुङ्गहरू छिचोलिसकेको थियो । सानाभन्दा साना सुरुङ्गदेखि लिएर ५÷६ किलोमिटर सम्मका पहाड छेडेर बनाइएका सुविधामय सुरुङ्गहरू प्रशस्तै देखिए बाटामा । नेपालमा त्यस्ता सुरुङ्ग भएका बाटाहरूको औचित्य र महत्व पशस्त भए पनि एउटा पनि बत्र नसकेकोमा मन खित्र समेत भयो मेरो । त्यस्ता सुरुङ्गहरू बनिन्थे भने काठमाडौंबाट १० दिनको यात्रा गर्नुपर्ने भोजपुरलाई ३ घण्टाको अन्तरालमा २० वटा पहाड छेड्दा भेट्न सकिन्थ्यो । १५ दिन लाग्ने ताप्लेजुङ्गलाई २५ वटा सुरुङ्गले काण्ड पु¥याइदिने थिए । ५ दिन लाग्ने गणेश हिमालको फेदीलाई डेढ घण्टाको पहाडी निर्माणले नै छिचोलिदिन्थ्यो । पानी, पर्यटन र पहाडको सौन्दर्यले नेपालको नाम विश्वमै चम्किन्थ्यो ।

तर कस्तो होला त्यो दिन जब मैले देखे र सोचेजस्तै साकार भएर आउँछ ?

मैले र मेरो देशले कहिलेसम्म कुर्नुपर्ला त्यो शुभ समय ?

बुसान पुग्न झन्डै आधाउधी नेटो काटिसकेको थिएँ मैले । ससाना पहाडैपहाडका जमात थिए यात्राभरि । पहाड भनेपछि हुरुक्क हुने वर्गको मान्छे थिएँ म । किन चुक्थें र साना र पारखी पहाडहरूलाई पर्गेल्न मैले भनिहालें,

‘सुन त ए फुच्चे पहाडहरू हो ! तिमीहरूले मलाई अभिवादन गर्नुपर्छ, बुझ्यौ ! म त्यस्तो देशबाट आएको हुँ जुन देशमा तिमी शासित देशको सर्वोच्च उचाइ लिएको पहाडभन्दा पनि उच्च पहाडहरू प्रशस्त छन् । यस्ता त मेरो देशमै हजारौं पहाडहरू छन् जसलाई तिमीहरू आफ्नो देशको सर्वोच्च भन्छौ ।’

मैले फुर्ती गर्दै मनमनै अरू केही थप भत्र खोज्दै थिएँ, तर पाइनँ ।

‘खुब गर्व गर्छौ ! बडो फुर्ती लगाउँछौ अर्काको गाउँमा आएर । धक्कु लगाउने कुरै नगर । त्यतिका बिघ्न पहाड भएर पनि के गर्न सकेका छौ पहाडमा ? राम्रो बाटो हिँडाउन सकेका छैनौ । पहाडका राम्रा फलपूmलहरू तह लाउन सकेका छैनौ । सानातिना कुराको मेसोसमेत मिलाउन सकेका छैनौ ।’ छेउकै पहाडले उताबाट मलाई झापट हानेजस्तो लाग्यो ।

मैले पनि उत्तर दिएँ, ‘मेरो देशमा तिम्रा सगोत्री हजुरबाहरू तिमीहरूभन्दा अचाक्ली अग्लिएकैले हामीलाई विकास गर्न गारो भएको छ । तिमीहरू जस्तै ससाना बबुवाहरू मात्र हुन्थे भने हामीलाई पनि थाहा थियो तिम्रा गोत्रियारहरूलाई कसरी तह लगाउनुपर्छ भनेर । तर पनि हामी प्रयासरत छौं । भविष्यको मीठो फल हाम्रै पोल्टामा छ, बुझ्यौ ?’

‘भोभो, धेरै बास्नै पर्दैन ।’

‘हाम्रा जीबाहरूको स्थिति हामीलाई राम्ररी थाहा छ । हाम्रा मौन सम्वादहरू हावाको गतिसँगै बहिरहेका हुन्छन् । हाम्रैै बा र काकाहरूको अनुहार देखाएर पर्यटकसँग राम्रो व्यापारसमेत गर्न नसकेको तिम्रो दुखेसो हामीलाई राम्ररी थाहा छ । त्यति राम्रा र सुन्दर हाम्रा अग्रजहरूका अनुहारमा तिमीहरूले जाबो लाली पोत्न पनि सकेका छैनौ । तिमीले गर्छौ भत्रे कुरामा हामीलाई अभैm पनि शङ्का छ ।’ मानौं झम्टेलाभैंm पो गरे यी लिलिपुटेहरूले त मलाई ।

‘हाम्रो देशमा त कुमारी पहाडहरू छन् । प्रविधिको कुनै दुष्ट छायाँ पर्नेबित्तिकै तिनीहरू बिटुलिन्छन्, यसर्थ कुमारी रहनुमा नै तिनीहरू रमाएका छन् ।’ मैले भनि मात्र सकेको थिएँ, ती ससाना पहाडहरू त एकएक गरी एकोहोरो ममाथि पो खनिए ।

‘खुब सोच्दा रहेछौ । भावनाको खेलमा ज्यादा पस्ने कुरै नगर । यो जमाना भावनासँगसँगै यथार्थ र आधुनिकताको पनि हो । कुनै कुरा सधैं कुमार वा कुमारी रहनै सक्दैन । अपवादबाहेक मानवजीवनले वात्सल्य भोगेपछि मात्र पूर्णता पाउँछ । के आमा कुमारी हुन सक्छिन् ? प्रसवप्राप्ति प्राण हुनेहरूको पूर्णताको प्रकटीकरण हो । प्रसवपीडा नभोगेका पहाडहरूले कसरी अरूका लागि बाँच्न सक्छन् ? हामी परिपक्व विचारका धनी जातिका वंशजहरू हौं ।’

ठूलाठूला आँखा पारेर निलुँलाझैं गरे मलाई त कोरियाली पहाडहरूले ।

‘हाम्रा सगोत्री सगरमाथा शिखरजस्ता सफा, स्वच्छ र सुकसुकाउँदा सद्मार्गी सन्तलाई सातपत्रे सोत्तर थुपार्ने चैं को हो नि ? त्यो कसको देशमा भएको करामत हो ?’

‘आफ्नो आङको भैंसी नदेख्नेले अर्काको टाउकाको जुम्रा मार्न खोज्ने तरिकाले अब चल्दैन अतिथि ! हामीलाई अझ बोल्न दिएर आपैंm लज्जित हुने काम नगर । पहिला आफ्नो देश बना, पहाड बना, बाँकी कुरा आपैंm खुल्ने छन् । खुल्दै जानेछन् ।’

एक्लो देखेर होला छाँट्नसम्म उपदेश छाँटे यी पूर्वेली पहाडहरूले ।

मलाई पनि भत्र मन लागेको थियो, ‘मान्छेको परचक्री हातले तिम्रा छातीहरू छेडेर कोसौंसम्म प्वाल पारेर भित्रभित्रै रेल हिँडाउँदा ऐयासम्म नभत्रे तिमी केको धाक दिन्छौ ?’

ओठेजबाफले जाइलाग्न मन लागेको थियो, तर पाहुना भएकाले मुखमुखै जबाफ फर्काइन मैले । मौन नै रहेँ, तर नियालिरहेँ टाढाटाढासम्म यिनै पराई पहाडहरूलाई । तीमध्ये केहीलाई सुरुङ्ग बनाउने नाममा थिलथिलो पारेर छेडिएको, हिर्काइएको र कोपिएको थियो । सायद मान्छेहरूका खुसीकै लागि त हौं नि हामी भनेर तिनीहरू पनि रमाएका हुँदा हुन्, मैले त्यस्तै सोचेँ । सोचिरहेँ यात्राभरि ।

प्रकृतिले दिएका यी सुन्दर उपहारहरू आखिर मान्छेकै खुसीमा थिए । मैले उनीहरूका अगाडि आपूmमा गर्व गर्नलायक वस्तु नै भेटेको थिइन, आखिर लिलिपुटे भने पनि अफ्रिकी भने पनि, अमेरिकी भने पनि, युरोपियन भने पनि पहाड पहाड नै हो । उचाइ, आयतन र अटलपनको सिङ्गो प्रतिनिधित्व गर्छ पहाडले ।

संसारभरिका पहाडहरूको जात, धर्म र गोत्र एउटै हुन्छ । पहाडहरू संसारभरकै असल नागरिक हुन् । जीवन हुनु त पहाडजस्तो पो, जसलाई जसले पनि जतनसाथ मन पराउँछ र छातीमै टाँस्न खोज्छ । आफ्नो नाममा बाँचेको हुन्छ पहाड, तर मान्छेजस्तै बदनाम कहिल्यै हुँदैन । मान्छेजस्तै छिटो पनि मर्दैन पहाड । दिन्छ मात्र बदलामा केही लिँदैन । एउटै उचाइमा बाँच्छ पहाड । मान्छेजस्तो उचाइ फेरिरहँदैन । पहाडको पवित्रता, पारदर्शिता र प्रेम पत्याइनसक्नुको हुन्छ । पहाडमा प्रणय गर्नेहरूले जीवनको महत्व बझेका हुन्छन् । अटल, अमुक र आलिसान भएर नै पहाड महान् हुन्छ, महत्वको हुन्छ र माननीय हुन्छ । जीवन खोज्नेहरूले पहाडसँग सोध्नुपर्छ बचाइका कुरा, उचाइ खोज्नेहरूले पहाडसँग सिक्नुपर्छ नपाइका कुरा । सहन नसक्नेहरूले सुटुक्क छिर्नुपर्छ पहाडको खोकिलामा । आपैंm फुल्छ पहाड, कसैले फुलाइरहनै पर्दैन । आपैंm वसन्त ल्याउँछ पहाडले, ऊ कसैलाई पर्खिरहँदैन । मानौं पहाड प्रकृतिले मान्छेका लागि उठाइदिएको त्यस्तो पिरामिड हो, जसको पोल्टामा मान्छे मस्तसँग निदाउन सक्छ र युगौंयुगसम्म जस्ताको तस्तै रहेर बाँच्न सक्छ ।

झन्नै झन्नै झमक्क साँझ प¥यो । बुसान पुग्नु आधा घण्टा अघिदेखि देखा परेका सबै ठाउँहरू बेलुकाको बत्तीले झलमल्ल अन्मिएर बेहुली जस्ता उज्यालिएका थिए । चारैतिर जता हेरे पनि बिजुली नै बिजुलीको उज्यालो । यति नै बेला नेपाली समाचारहरूले नेपालमा दिनमा १४ घण्टा लोडसेडिङ्गको समाचार प्रकाशन गरिरहेका थिए । विश्वको प्राकृतिक सम्पदा र जलाशयमा धनी देशले भोग्नु परेको पीडा थियो यो ।

हेर्दाहेदै मुगाङ्ग्बा रेल ठ्याक्कै ५ बजेर ५९ मिनेटमा बुसान स्टेसनमा रोकियो, सबै यात्रुहरूभैंm म पनि आफ्नो सामान बोकेर बाहिर निस्किएँ । मेरा आँखा श्रीमती रानका अनुहारमा ठोक्किन खोजिरहेका थिए तर एक्कासि अलि होचो कदकी एक जना महिलाले मलाई सोधिहालिन्, ‘कृष्ण इस्सयो ?’ ( कोरियाली भाषामा कृष्ण हो ?)

मैले पनि भनिहालेँ, ‘हो म कृष्ण नै हुँ ।’ हत्तपत्त उनले मेरो ब्याग आपूmले बोक्न खोजिन् तर मैले आपैंm बोक्न सक्छु भनेर दिन इन्कारेँ । उनले आफ्नो मोबाइल फोन कवयित्री रानलाई लगाइन् र मलाई कुरा गर्न भनिन् । कवयित्री रानले भन्दै थिइन, ‘मैले मेरो अति मिल्ने र मलाई मन पर्ने मेरी कवयित्री साथी तिमीलाई लिन पठाएको छु । म विश्वविद्यालय र भोलिको मेसो मिलाउने कुरामा अलि व्यस्त भएर उनलाई पठाएकी छु । अङ्गे्रजी बोल्न उनलाई पटक्कै आउँदैन । मात्र तिमी उनको कारमा बसेर भोलिका पाहुनाहरूले खान लाग्दै गरेको रेस्टुरेन्टमा जाऊ र सँगै परिचयसहित खाँदै गर । म काम सक्नेबित्तिकै आउँछु ।’

मैले हुन्छ भनेँ । नभनेर उपाय पनि थिएन । मलाई लिन आउने कवयित्री साथी शिष्ट, नम्र र भलाद्मी थिइन् । अङ्ग्रेजी फिटिक्कै नजान्ने भए पनि मैले कामचलाउ भाषामा कोरियाली शब्दहरू कनीकुथी उनको कानमा भर्दै गएँ । ट्राफिक जामको व्यस्तालाई चिरेर उनले पनि मलाई आफ्ना कुरा राख्दै गइन् । हामी दुबै कविता मन पराउने वर्गका मान्छे थियौँ । तर भाषिक बेमेलले हाम्रा धेरै कुराहरू बुझाइमा ओझेल भए । भाषागत बेमेल भोगाइको अनुभव मैले विदेशमा बस्दा प्रशस्तै भोगेको छु । झन् पूर्र्वी एसियाका मुलुकका साहित्यकारहरूमा यो समस्या अझ धेरै छ । सोचेभन्दा पनि धेरै । पाँच प्रतिशतले मात्र पनि अङ्ग्रेजी बोले भने भाग्य ! सबै सुविधा आफ्नै भाषामा विकास गरेकाले पनि यस्तो भएको हुनु पर्छ । भाषाप्रेम, देशप्रेम र नागरिकप्रेम एक किसिमले कोरियालीहरूको विशेषता नै हो । मलेसिया, चीन, सिङ्गापुर वा अन्य उष्णप्रदेशीय एसियाली मुलुकहरू जस्तो मौसमले साथ दिएको मुलुक होइन कोरिया । जाडोमा अति जाडो (यहासम्म कि बाह्य वातावरणमा कुनै जनावरविशेषको बाँच्ने कल्पना पनि गर्न सकिन्न) र गर्मीमा निकै गर्मी हुने मुलुक हो कोरिया । सन् ४० र ५० ताका एक किसिमले युद्ध र भोकमरीले सताएको मुलुक थियो कोरिया । नेपाल र भारतजस्ता गरिब मुलुकले समेत अन्नपात दिएर भोकमरीबाट बचाएको देश थियो कोरिया । तर लगन र जाँगर भएपछि कसको के लाग्दो रहेछ र ? जनता जागे र चम्काएरै छोडे कोरियालाई । जनता जुर्मुराए र बनाएरै छाडे कोरियालाई । जनता जोसिए र जगाएरै छाडे कोरियालाई ।

मैले यात्राभरि नेपाल र कोरियालाई विकास र प्रविधिका प्रत्येक सन्दर्भलाई दाँजिरहेँ । कुनै कुरामा पनि समानान्तर बनाएर दाँज्न सकिने ठाँउ थिएन दुई देशलाई ।

जल, थल, आकाश, हिमाल कुनै पनि हिसाबमा कोरियाभन्दा समुन्नत नेपालको अवस्था दिनहुँ जर्जर र जीर्ण हुँदै थियो भने हामीले म्लेच्छ देश मानेको यो पराई भूमि रात दुई गुना दिन चौगुनाका हिसाबले विकासको फड्को मारिरहेको थियो, उन्नति गरिरहेको थियो । हाम्रो देश लाचार भएर कटौरो थापिरहेको थियो कोेरियासँग । सहयोग मागिरहेथ्यो कोरियासँग र दिनदिनै ऋणमाथि ऋण बोकाइरहेथ्यो गरिब नेपाली जनतालाई ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।