19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत ग्रीष्म थापा “अन्योल” June 12, 2010, 12:41 pm

फेरि आज सपनीमा, निष्ठुरीको छाँया भेटें

नबाँडिएर राखिएको, कलेजीको माया भेटें ।

मेरो निम्ति सजाइएको, एउटा खाली सिउँदो थियो

आँखाभरि मीठो सपना, उही मुस्कान जिउँदो थियो

खोजी थियो जसको अचेल, आफ्नै दायाँवायाँ भेटें

नवाँडिएर राखिएको, कलेजीको माया भेटें ।

गाह्रो हुन्छ एक्लो यात्रा, साथ चाहिन्छ थाहा थियो

काँढा विझ्दा झिकिदिने, हात चाहिन्छ थाहा थियो

हिड्दा हिड्दा दोवाटोमा, आफन्तको काया भेटें

नवाँडिएर राखिएको, कलेजीको माया भेटें ।

कैलाली

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।