14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

अरपे

कथा जीवन देवान "गाउँले" June 15, 2010, 7:44 am

‘ओहो ! अरपे पो आएको रहेछ, कहिले आईस हौ ?’ – गाउँमा मलाई देखेपछिभेट भएकाहरु प्रस्तुत हुन्छन यसरी । उनीहरुको सोधनीमा म अरवियन मुलुकबाट फर्किएको हुँ

भन्ने छनक पाईन्छ ।

जेसुकैलाई पनि छलंङ्ग छ कि म गएको देश मलेसिया हो तर उपमा अरपेकै

छ । किन ? किनभने अरपे शब्द अव प्रतिकमा मात्र नभएर प्रयोग मिथक हुदै गएको भान पर्न थालेको छ । निश्चय नै साउदी अरव श्रम गर्न जानेहरुबाट अरपेको शुरुवात भएको होला तर अव उस्ते प्रकृति र प्रकृयामा विदेशीनेहरु अरपे कहलिन थालेको प्रतित हुन्छ समाजमा ।

‘म गएको देश मलेसिया हो, अरव हैन ।’ भन्नु पनि बित्थामा भन्नुकै दुःख हुन्छ। लाहुर लागेर बुट बजार्न जानेहरुलाई लाहुरे र धरौटी राखेर हात पाखुरा पसार्न जानेहरुलाई अरपे भन्छौ हामी भने तँ अरपे नभएर के हो त ? कि ! लाहुरे भईस हौ ? भनेर गिज्याउलान भन्ने त्रासले पनि म नतमस्तक स्विकार्छु– अरपे ।

गाउँलेहरु बोली बोलीमा फुर्को लगाउछन – अरपे ।

म हाँस्छु फिस्स । तर, गौरव या निरिह ? मेरो हँसाईमा मात्रा कुनको बढी हुन्छ? खुट्याउन सक्दिन । तैपनि आफुलाई लगाई दिएको पगारी गुथ्दै टाउको हल्लाउछु – हजुर ।

म गाउँ आएको छु भन्ने थाहा भए देखिनै उ मेरो हल भएको छ । विहान मुख धोई सक्दा नसक्दै उ आईपुग्छ र भन्छ,– ‘ए ! यो अरपे त बिग्रेछ । विदेशमा सुतीसुती खाने बानी परेको होला ! हिड जाउँ चोक तिर चिया पिउन ।’

उ ? हर्के । लेखनी नाम हर्कमान, बोलाउने हर्के । हर्के मात्र भन्दा उसलाई

हेपेको जस्तो लाग्थ्यो र हामी हर्के दाई भन्थ्यौ । आफुभन्दा सानालाई त उ पेलेरै हर्केको पछाडी फुर्को झुण्ड्याउन लगाउथ्यो तर आफुभन्दा ठुलालाई दवाव दिन नसक्नुको कारण बंगरा किटेर सहन्थ्यो ।

स्वभावले उ जिद्दी थियो र यसमा उसलाई बुद्धीले भन्दा ज्यानले बढी साथ

दिएको थियो । जसले गर्दा मान्छेहरु उसलाई खिच्चा, चुत्था, अटेरी, बद्मास भन्थे । तर मलाई उ हाक्की र आँटिलो लाग्थ्यो । त्यसैले ब्यहोरा सकिईहालेको भन्ने ठान्दिनथे ।

स्वभावले मात्र हैन बिद्रोहको एउटा रुप पनि हुनसक्छ । एकदिन हामीलाई भेला गरेर उर्दी जारी ग¥यो,– ‘अव देखी मलाई हर्केसाहु भन्नु ।’ कारणमा उसले हामीलाई कथाको त्यो संसारमा पु¥यायो जहाँ कथाका पात्रहरु देखिन्थे, बोल्थे । उसको कथामा हामीले सुनिआएका कथामा जस्तो प्रस्तोता मात्र बोलिरहेको हुदैन’थ्यो । उसले ‘अन्याय’ फिल्मको पुरा काहनी भनिसक्दा हामीले अचम्म मान्यौ भने मन हो कि ! हैन की ! को रोटेपिङ्गमा घुमाईरहयौ । किनकी केटाकेटी अवश्थामा उसले भनेको कथा हाम्रो कल्पना छमताको अनुपातमा कोशौ अगाडी थियो । फिल्मको कथा भनिसिध्याएर उसले झझल्को दिलाउनलाई हर्केसाहुको पारा

हास्यो,– हे हे हे हे ।

‘आ... हुन्देउ हर्केदाई ! तिमीसँग गुच्चा खेल्ने पैसा त हुदैन । धनीमानी पो साहु हुदोरहेछ ।’ त्यतिबेला मैले उसलाई भनेको थिए । उसले पनि हामीलाई सम्झाएको थियो,–‘पैसा नभएर के भो त ? नाम मिलिहाल्छ । ठुलासाना सबैले नाम काढ्न मिल्ने, मलाई पनि मन परेको नाम ।’

त्यसदिन यता उ हर्केसाहुको नामले चिनिन थाल्यो । मैले पनि हर्केसाहु भन्नुमा नै साथित्व पाउन थाले । हर्केदाई भनिराख्नु पर्ने भएको भए उ र म विचको दुरी यथावत नै रहन सक्थ्यो । तर, हर्केसाहु भएपछि हामी विच तँ तँ र म म शुरु भयो । अहिले पनि हामी एकअर्का देखि कुनहद सम्म नजिक छौ ? जान्न चाहे त्यही तँ तँ र म म को कसीमा घोटेर हेरे हुन्छ ।

उ मलाई बढो आयमिक जस्तो लाग्थ्यो, नयाँ नयाँ नौलो नौलो कुराहरु गाउँमा भित्र्याउने । गोगो पैण्टलाई गाउँबाट बिस्थापित गराएको पनि उसैले हो । उतिबेला सुरुवाल जस्तो टाईट पैण्ट लगाएर हर्केसाहु हिड्दा सहनाईको फुँदो जस्तो धोत्रो गोगो पैण्टमा मै हुँ पल्टिने सिनियर दाईहरु आरिसले मुरमुरिन्थे,– ‘साले ! त्यस्तो दादा, त्यस्तो डिङ्गडिङ्ग ।’

उ पनि धमास दिन्थ्यो,– ‘ओ ब्रो ! ओब्बर चै हैन ल, नत्र रड्डी होला ।’

हामीलाई पनि लवाई र बोलीको लवाज हर्केसाहुकै मन प¥यो अनि सिको गर्न

थाल्यौ त्यस्तै,– ‘रड्स होला है ब्रो !’ त्यसपछि गाउँभरी हर्केसाहुको स्टाईलले पिट्यो ।

हर्केदाई ! भनुन्जेल मैले उसको सहायक जस्तो हुनुपरेको थियो । स्कुल जाँदा उ बाटोमा गुच्चा खेल्न बस्थ्यो, मैले उसको किताव रुगेर कुर्नु पथ्र्यो । कहिले क्लास चल्दा चल्दै क्यारमबोर्ड खेल्न निस्कन्थ्यो, मैले पढाई सकिएपछि उसको किताव ल्याईदिनु पथ्र्यो । स्कुलको मास्टरहरु पनि उ देखि वाक्क भैसकेका थिए र हामीलाई हिमचिम नगर्न अर्ती दिन्थे, – ‘हर्कके कोसंगतले बिगार्छ ।’

म सम्झाउन खोज्थे,– ‘हर्केदाई ! तिमी पढ्न छाडी–छाडी गुच्चा, क्यारमबोर्डखेल्छौ । ठुलो बन्न त पढ्नु पर्छ रे ।’

उ उल्टै मलाई झपाथ्र्यो,– ‘पढेर को ठुलो भा’छ ? हात्ती देखेको छस् ?’

‘चित्रमा देखेको छु, अरुले भनेको सुनेको मान्छे भन्दा ठुलो हुन्छ रे !’

उ बलढ्याङ्ग्रा जत्रो आँखा पार्दै सोध्थ्यो,– ‘लौ भन् ! हात्ती ठुलो भाको पढेर कि बढेर ?’

‘हात्ती पनि पढ्छ र ?’ म सोध्थे ।

आँखा तरेर उ हप्काउथ्यो,– ‘बढो जान्ने हुन्छस् पढेर कति न ठुलो हुन्छु

भन्ठानेको होला ! ठुलो हुनलाई त ज्यान पनि पर्न प¥यो नि ! जिलिगान्टे ।’परिक्षा तयारी सम्बन्धमा हर्केदाईको आफ्नै सिद्धान्त थियो । ओभरकोट भित्र

गाईट, गेसपेपर र छुरी लुकाउदै भन्थ्यो,– ‘कि रेष्टिकेट, कि सर्टिफिकेट ।’

एसएलसी परिक्षाको पहिलो दिन नै उसको सिद्धान्तले फेल खायो । छुरी

डेक्समा गाढेर गाईड सार्न खोज्दा उ रेष्टिकेटमा प¥यो । त्यसपछि विद्यर्थी जीवनबाट उ आफैले अवकाश लियो, मैले स्नातक सम्म पढे । तर प्रमाण पत्रले मलाई कुनै ओहदामा राखेर उ भन्दा ठुलो बनाउन सकेन र त्यही जिलिगान्टेको जिलिगान्टे हुन प¥यो ।

तर, मलेसियाबाट आएपछि भने उ भन्दा ठुलो भए कि ! जस्तो लाग्न थालेको छ । उ पहिला जस्तो जिलिगान्टे भन्दैन, बरु सबैका अगाडी धक नमानी भन्छ,– हाम्रो अरपे ।

अघि–अघि म उसलाई खोज्दै जान्थे, अहिले उ मलाई खोज्दै आईपुग्छ अनि

विहानै चिया पिए शरिरमा स्फुर्ती आउछ भन्दै चौकको चिया दोकानमा पु¥याउछ र म सँग नारिएर हिड्न पाउनुको शान देखाउदै चिया दोकानमा भेला भएकाहरुलाई फुर्ती लगाउछ,–‘साहुजी ! हाम्रो अरपेको नाममा यहा भएका सबैलाई एक–एक कप चिया बनाउनुस त ।’

‘सुतीसुती खा’को छु कि नसुती–नसुती कमा’को छु ! त्यो त मलाई पो थाहा छ। तँ भने बुझ्दै नबुझी मलाई अरपेको तुजुक देखाउन बाध्य बनाउछस् ।’ भनेर भनुभनु लाग्दै पनि भन्न सक्दिन ।

चिया गफमा उ मलाई धाक लगाउछ,– ‘तँ मलेसिया जाने बेलामा याँ रोड(

सडक) बनिएको थियो ?

‘थिएन ।’

अनि के थियो त ?

‘गल्ली ।’

‘हो हामीले त्यही गल्ली बढाएर गाडी कुद्न सक्ने रोड बनायौ । हिउदाको

बेलामा एउटा बस बास बस्ने गरिकन आउछ ।’– भन्छ र चियाको स्वाद लिन्छ,– सुरुप्प । हुनपनि म विदेश जाने तरखर गर्दा माथिल्लो गाउँसम्म मात्र गाडी कुद्थ्यो ।

हाम्रो गाउँसम्म पुग्नलाई सडक खन्ने सुरसार समेत भएको थिएन । बरु कहिले काही कुरो चल्थ्यो र त्यतिकै सेलाउथ्यो ।

मुख मिठ्याई सकेपछि लहरै बनिएका नयाँ घरहरु देखाउदै उ सोध्छ,– ‘तँ

विदेश जाँदा याँ के थियो ?’

‘यता सिमली घारी, उ पर्तिर मकैबारी ।’

‘ई हेर सिमलीघारीमा टिन टल्के, मकैबारी जति सबै घडेरी । हामीले यो

ठाउँको नयाँ नामकरण गरेका छौ, तँलाई थाहा छ ?’

तैले भनेकै छैनस् कसरी थाहा हुन्छ ?’

भालुबासको खाबो गाढेर टाँसिएको टिनको पाप्रो चोर औलाले ताकेर उ भन्छ,–‘हैन पढ्न आउदैन कि नेपाली अक्षर नै चिन्न छाडिस ?’ उ अर्को पटक चियामा ब्याङ्ग्य मिसाउदै स्वाद लिन्छ,–सुरुप्प ।

म टिनको पाप्रो हेर्दै पढ्छु,– ‘मौलो चौक ।’

उ भन्छ,– ‘यो ठाउँलाई मौलो चौकको नाम दिएको मैले हो । तँलाई थाहा छ, किन मैले मौलो चौक नै हुनुपर्छ भने ?’

‘के जान्नु !’

उ चियाको अन्तिम घुड्को निल्छ र ओठको कापमा जमेको कस जिब्रोले बढार्दै भन्छ,– ‘यहा पहिला हाम्रा बाबुबाजेहरुले मौलो काट्थे, पछि मौलो काट्ने चलन मासियो । हुदाहुदा यहाँ मौलो काटिन्थ्यो भन्ने कुरा कै अस्तित्व हराउन लागेकोले मैले मौलो चौक बनाउनु पर्छ भनेर ढिपी गरेको हो ।’

म चियाको हिसाव मिलाउन उठ्छु, देख्छु साहुजी पनि गल्लामा कुहिनो

अड्याएर हाम्रो चिया गफ स्वाद मानेर सुनिराखेका छन । म चियाको पैसा तिर्छु । उ भन्छ,–‘अरपेको नाममा पिएको चियाको स्वादै बेग्लै हुदो रहेछ ।’ अनि चियाको पेला उठाउछ र घुमाई घुमाई हेर्दै फेरी भन्छ,– ‘बनाउने उही, चिया त्यही तर पनि आफ्नो खल्तीको पैसा तिरेर पिउनु पर्दा किन यस्तो स्वादिलो नभएको होला ?’

‘निल्नेबेला कति टर्रो भो ? मलाई पो थाहा छ । तँलाई पो पैसा तिर्ने चिन्ता थिएन र ढुक्कले स्वाद मानिमानि पिईस । यतिका सारालाई चिया मगाउनु पहिला मेरो मुटु विचार्नु पर्दैन ? अरपे भनेर हुन्छ ? हुन प¥यो नि गोजी मोटो ।’ भन्दिउ र उसको अनुहार रातो बनाई दिउ लाग्छ तर सरम हुने त मेरै हो । गाउँलेहरुले पनि मलाई अरपे नै देख्छन र ईजार चुडिएपनि नेफा पक्रिएर लाज जोगाए जस्तो गर्दै मैले विदेश गएर आएको हैसियतमा रहेर

अरपे देखिईनु परेको छ । त्यही भएर यतिमात्र भन्दिन्छु,– ‘यही स्वाद सधै एकनाश नरहला !’

मेरो नामको चिया पिईसकेपछि अधई गर्नलाई कोही सोध्छन,– ‘अरपे कान्छो !

छुट्टी आ’को कि फिनिस ?’

‘हाम्रो अरपे तीन महिनाको छुट्टीमा आ’को हो, छुट्टी काटेपछि फर्किन्छ ।’ उ

मलाई उछिनेर बोल्छ । लाग्छ बोल्ने काम जति उसको र तिर्ने काम जति मेरो ।

‘फिनिस’ शब्द अंग्रेजी हो तर ब्यवहारिक बोलिचालीमा नेपाली भाषा जसरी

हुन्छ । अंग्रेजीको साँउ अक्षर नै नचिन्नेहरुको जिब्रोमा पनि दुईचार गेडा अंग्रेजी टाँसिएको छ । त्यही भएर विनापत्तानै बोलीमा अंग्रेजी उछिट्याउछन ।

चौकबाट घर फर्किने क्रममा बाटोमा हिड्दा हिड्दै मैले भने,– ‘ओए ! बुढाहरुत अंग्रेजी पनि बोल्दा रहेछन ?’

‘अव त थाहा भो होला नि ! तँ तीन बर्ष नहुदा पनि गाउँमा कति विकाश भो

?’ उ गर्वले फुलिदै भन्छ,– ‘यो शिक्षित समाजको नमुना हो ।’

‘बुढाहरुले अंग्रेजी जान्दाछु भनेर बोलेकै हैन, उनीहरुलाई आफुले बोलेको कुन

चाही शब्द अंग्रेजी हो ? त्यो पनि भेउ हुदैन ।’ म उसलाई तताउन पनि चाहन्न र लगत्तैभन्छु,– ‘यसो भनेर मैले बुढाहरुलाई बुद्धु बनाउन खोजेको भने हैन ।’

‘अंग्रेजीको प्रभाव पर्नु भनेको कम्तीमा पनि सभ्य समाजको संकेत हो ।’ उसको कुरो मैले मान्नै पर्ने जस्तो गरेर भन्छ ।

‘होला तर म यसलाई नेपाली भाषा माथिको अतिक्रमण मान्छु ।’ र फेरी भन्छु(उसले नबुझ्ने गरेर)– ‘जसरी तँ मलाई अरपेको ईज्वत दिएर गुदी खुर्काउदैछस् ।’

मनमनै आरोप लगाउछु म उसलाई तर उ भेउ पाए जसरी सोध्छ,– ‘अघि तेरो नाममा चिया किन मगा’को थाहा छ ?’

बल्ल भन्ने मौका पाएँ ठाँनेर भन्दिन्छु,– ‘मलाई रुख्याउन ।’

‘त्यही त तँ कुरो बुझ्दैनस । म भने बाह्रसताईस कुरो बटुलेर तलाई हाईहाई

बनाउन खोज्छु ।’ उ मेरो नाममा चिया मगाउनु पर्नाको कारणमा भन्छ,– ‘सुन्, कतिपय अवश्थामा आफु जोगी हुन्छु भन्ने थाहा हुदा हुदै पनि दान गर्नु पर्ने हुन्छ । यदी तँ र म मात्रै चिया मगाएर पिएको भए भन्न सक्थे...।’

‘के ? एक कप चिया पनि खुवाउन सकेन, यही हैन ?’ विचमा कुरा काट्छु ।

‘त्यतिमात्र भने त भै’हाल्थ्यो ।’ उ बेलिविस्तार लगाउछ,– ‘अरपे भए भन्दैमा कति न ठुलो भै’खाको ! नाथे चिया पनि पिऊ भनेन । सोध्दैमा खाईदिहाल्छौ जतिकै आफै मात्रै पिएर हिड्यो ।’ भन्थे । तर मैले हतपत सबैको लागि चिया मगाएर उनीहरुको मगजमा त्यस्तो विचार घुस्न दिईन । अव बुढाहरु घर पुग्छन र जिब्रो पड्काउदै तेरो कुरा गर्नेछन् ,– ‘बुढीया !

आज चौकको चिया दोकानमा अरपे कान्छो चिया पिउन आ’का रहेछन् । त्यहा भएका सबैलाई चिया खिलाए । अरपे भएर त खुव भलादमी भएछ ।’

उ मलाई घरमा पु¥याई राख्छ र बाटो लाग्छ । उ गए पछि गोजी छाम्छु र

रित्तो हुदै गएको पर्स निकालेर एकलाप गर्छु,– ‘नाथे एक कप चियामा पनि यत्रो तागत !’

म बुझ्छु उ मलाई टल्काउन गफले आकाश पत्ताल जोड्छ र मानमा शान

लगाई दिन्छ । तर, म भुत्ते हुदै गएको उसलाई के थाह ?’

कम्पनीको साईरनले कहिले भोको पेट कुदाएको छ, कहिले खाँदाखाँदैको गाँस

छुटाएर कुदाएको छ त कहिले खाई सकेर एकछिन आराम गर्ने मनलाई मारेर कुदाएको छ । त्यसबेला म मनलाई सान्त्वना दिन्थे,– ‘छुट्टीमा घर गएको बेला मनले मागे, चाहे जस्तो गर्छु ।’तर, खाना खाएर आराम गरिरहेको बेला उ आईपुग्छ र भट्याउन थाल्छ,– ‘ल हेर ! अरपेहरु किन मोटाउछन भनेको त चौविसै घण्टा ज्यानलाई ओछ्यानमा लडाई राख्न पाउदा रहेछन । बसीबसी खाएपछि एत्रो लाग्दैन ज्यान ? पछि मलेसिया गएर सुत्लास, अहिलेलाई हिड चौक तिर । दिउसो त वल्लोपल्लो गाउँबाट पनि सौदा गर्नेहरु आ’को हुन्छन ।’

मजाले आराम दिलाउने मेरो धोकोलाई उ खलल पु¥याउछ तापनि म विरोध

गर्दिन । किनभने मैले जति स्पष्टिकरण दिए पनि उसले बुझ्ने त्यही हो कि अरपे भएर म ठुलोपल्टिए । त्यो भन्दा उसले जसो जसो भन्यो उसोउसो गर्नुमा नै बेश ठान्छु र थपक्कै उठ्छुअनि जुत्ताको लेस कस्दै भन्छु,– ‘विदेशको हैरानी तँलाई के था ?’

‘हेरहेर विदेशको मोजमस्तीले ज्यान बिग्रेको ! पहिला कम्ता फुर्तिलो थिएन ।’ उ मलाई सर्काउछ र अगि लाग्छ ।

चामल, नुन, भुटुन, मसला आदी खिच्रिक मिच्रिक किन्न आउनेहरुलाई उ र म किराना पसल अगाडिको फलैचामा बसेर रमिता हेर्छौ । खाईलाग्दा तरुनीहरु देख्दा उ निकै चुरीफुरी गर्छ । केटाहरुलाई फाईफुई लगाउछ । म बुझ्छु– ‘ठेँ ठेँ गरेर उ यो चौकको दादा हुँ भन्न खोजिरहेको छ ।’

पसलमा किनमेल गर्न आएका भाउजु खलकहरु मलाई देख्छन र भन्छन,–

‘अरपको चुरोट हामी पनि चाखुन, कतै गति पो परिहालिन्छ कि !’

म जान्दछु ताकेको पसलमा पाईने चुरोट नै हो तर अरवको नाम जोड्छन

ताकी म पैसा तिरिदिउ । तैपनि भन्दिन्छु,– ‘भाउजु ! चुरोट जताकै भए पनि खानु पर्ने धुवाँ न हो, मागेर खाए भै’हाल्छ नि ।’

‘कुन चुरोट दिउ ?’ पसले सोध्छ ।

‘अरपेको नाम बेचिसकेपछि फेटावाल दिनु न !’ माग्छिन,– ‘खुकुरी ।’

याक, सूर्य, शिखर चुरोटको लहरबाट भाउजुले खुकुरी नै रोजे पछि मैले ठाने,–‘मकैको खोसेलामा सुर्ती बेरेर खाने बानी परेकाहरुले फिल्टरको महल्व बुझेका हुदैनन् कि ! लाग्छ यति जानेका हुन्छन, फेटावाल चुरोट भनेको दामी चुरोट हो ।’

‘अँ त अरपेको नाममा लालफेटे नै खाए हुन्छ, फारो गरेर ठुटा खाँदाखाँदा नाँख लागेको होला !’ उ पसलेलाई अर्को खिली पनि थप्न लगाउछ र भन्छ,– ‘अरपेको चुरोटले मुख फेर भाउजु !’

उ यसरी नै भाउजु खलकहरुसँग जिस्किन्छ । जिस्किन्छ ? हैन, ईत्रिन्छ नै भन्दा हुन्छ । भाउजु खलकहरुसँग त्यसरी ईत्रिने उसको पुरानै बानी हो । जिस्किदा जिस्किदै तालपरे हातै हालेर पनि चल्ने गथ्र्यो । भाउजु खलकहरु प्नि कुनै त देवर खलकहरुलाई देख्नै नहुने । देख्यो कि अनेकओली बोलेर जिस्काउने । त्यसैमध्येका एक जना भाउजु थिई । सँगसँगै गलैचा

बुन्दा दाई सँग लव परेछ । गलैचा कारखानामा काम गर्दा गर्दै विहे गरेर दुईटाकी माउ भए पछि दाईले गाउँमा ल्याएर छाडेको थियो ।

एउटा घट्ना । हामी स्कुलल जादै थियौ । स्कुल जाने बाटोमा पथ्र्यो पधेरो । ती भाउजु पनि त्यही पधेरोमा नुहाउन आ’की रहिछे । पासुला देखाएर ढुङ्गामा कुर्कुचा घोट्दै थिई । हामीलाई देखेर जिस्किन थाली,– ‘नारिएर कता हो ? तीनतिख्रे देवारहरु !’

‘खोप्पी खेल्न नि ! किताव बोकेको देखेनौ ? तीनमुखे भाउजु !’ उसले पनि तातातै जवाफ फर्कायो, हामी चाही हास्यौ मात्रै ।

‘खोप्पी खेल्न त हुन प¥यो नि ढ्याक गतिलो !’ ती भाउजु झन छिल्लिाई ।

‘गतिलो छ छैन त छामेरा पो थाहा हुन्छ । छाम्ने हो ?’ उ झोक्कियो ।

‘साच्चै ?’

‘लु त !’

ती भाउजु घुडाघुँडा लुङ्गी सुर्किदै आई, हामी सबै भाग्यौ ।

अलिपर एउटा चिलौनेको ठुलो रुख थियो । त्यही रुखको फेदमा कोल्टिएर हामी

सधै पिसाव फेथ्र्यौ । त्यसदिन पनि पिसाव फेर्न लहरै उभियौ । मैले कट्टुको ईजार खोल्दै सोधे,–‘हर्केसाहु ! भाउजुले हामीलाई किन तीनतिख्रे भनेको ? हाम्रो त दुईटा मात्रै छ, एउटा खोई ?’

‘ई याँ छ ।’ भनेर उसले हामीलाई कट्टु खोलेरै देखाई दियो । त्यसपछि

भाउजुलाई तीनमुखे किन भनेको ? भनेर सोधिन । हर्केसाहुले अर्को तिख्रा देखाई दिएपछि मलाई पनि भाउजुले अरु मुख कहाँ लुकाएकी छे ? थाहा भै’गो ।

त्यतिबेलाको कुरा सम्झिदा अहिले मलाई झल्याँस्स याद आयो, हर्केसाहुको

तिख्रा । सोचे कत्रो भयो होला ? कलिलैमा त सप्रिएको थियो । मैले सोधे,– ‘हर्केसाहु ! तीनमुखे भाउजु अहिले कहा छिन ?’

‘को तीनमुखे ?’

‘तेरो ढ्याक छाम्न खोज्ने !’

‘ए ति भाउजु त अरपेनी भा’की छ । जाँड, रक्सि बेज्दै माथिल्लो बजार तिरै

बस्छे ।’ उ सोध्छ,– ‘जाने हो ?’

‘ति भाउजुलाई भेट्न ?’ म आनकान गर्छु,– ‘आ होस् ।’

उ जोड गर्छ,– ‘हिड हिड आजको साँझ उतै जम्नु पर्छ ।’ र मलाई लगिकन छाड्छ ।

ति भाउजु भाडाको घरमा भट्टी पसल थापेर बसेकी रहिछे । कतिबेला देखि पिएर दुईचार जना चिनजानका केटाहरु झुम्मझुम्म भएका रहेछन । मलाई देख्न साथ कान ठाडो पार्दै भने,– ‘अवत उठ्नु पर्ला भनेको झन अरपेपो आईपुग्यो ।’

मातेर ब्यालब्याल गर्नेहरुलाई कसरी खेदाउ भन्ने भै’रहेको हुनुपर्छ भाउजुलाई,हतपत च्याठिई,– ‘अरपे आएर के भो त ? आफूहरु निस्केर गए भै’गो नि !’

‘अरपे आ’को देखिदेखि फुत्त निस्केर कसरी जानु ? पछि मैले दिएको सगुन खाई दिएनन् साथीहरुले भनेर चित्त दुखाउलान् ! अरपेको मन राख्न पनि एक चरन त जम्नै प¥यो कि कसो ?’ –केटाहरु मलाई छेड हान्छन ।

‘भो भो पर्दैन धेरै सोडा हाल्नु ।’ उ सोध्छ,– ‘रक्सि, निघाँर ! के पिउने हो ?’

म भन्छु,– ‘भाउजु ! एकएक गिलास थपिदिनु न !’

‘के को गिलास ? पेग भन्न । लोकल पनि कोही खान्छ ?’ केटाहरु धम्कीको भाषामा घुर्काउछन ।

‘एकएक पेग गिलमेरी, दुईप्लेट भटमास साँदेको, (मलाई ताक्दै यसलाई चाही तोङ्वा भिजाई दिनु !’ उ अघि सरेर अर्डर गर्छ र भन्छ,– ‘हाम्रो अरपेले पनि चाखोस न भाउजुको तोङ्वा !’

‘किन ? अरपेलाई चिरिप्प चल्दैन र ?’ भाउजु मस्किई ।

‘हैन ! पिपा गाडेर धित मरुन्जेल रस चुसु भनेर नी !’ म पनि उताउलो पल्टिए

तोङ्वाको ढुङ्ग्रो पखाल्दै भाउजुले सोधी,– ‘विदेशकोले धित मरेन र ?’

‘पाउनु प¥यो नि !’ मैले भने ।

‘मलेसियामा पनि पिपा गाडिएन भन्ने चाही पत्याईएन ।’ भन्दै भाउजु तोङ्वामा झोक्रा भर्न अर्को कोठा भित्र पसी ।

उ बाहिरबाटै करायो,– ‘होस गर्नु है भाउजु ! मलेसियाका अरपेहरुले त अनेकथरी रोग बोकेका हुन्छन रे !’

कोठाभित्रै बाट भाउजुले पनि आवाज दिई,– ‘उतापनि पाउदो होला नि चाहिए

जति !’ मैले केटाहरुलाई सोधे,– ‘यो चाहिए जति भनेको के हो ?’

‘थुक्क ! अस्पतालबाट चोर्ने गरेको बिर्षिस् ?’ केटाहरुले याद दिलाउन खोजे ।

मलाई सम्झना भयो, ‘चाहिए जति लानुहोस्’ लेखिएको बकास भित्र राखेको

ढाल चोर्ने गरेको ।

चुलामाथि टुसुक्क बसेको कित्ली उठाईन भाउजुले, तोङ्वा भिजाउन । मैले

भने,– ‘भाउजु ! मनतातो पानीमा भिजाउनु है ।’

‘आँत न्यानो बनाई राख्न त विहे पो गर्नु पर्छ ! उमेर, बल, वैश छदै हो

खनजोत गर्ने ।’ तोङ्वामा पानी भर्दै भाउजुले ओठ मसक्क पारी ।

‘हाम्रो हर्केसाहुले त गरेको छैन मलाई के को हतार ?’ विहे गर्ने सल्लाह

हर्केसाहुलाई दिनु पर्ने हो किनकी उमेर मेरो हैन उसको छिप्पिदै थियो ।

‘उसलाई त किन विहे गर्नु प¥यो ? आफ्नो खेत नभए पनि जोत्न खाँचो छैन क्यारे ?’भाउजुले हर्केसाहु पट्टी कर्के नजर लगाई ।

‘गाउँमा खेती जोडेर विदेशमा कमाई गर्न जान्छन त अरपेहरु ! खेतको ब्यथा पनि बुझ्नु प¥यो नि ! बाँझो फुटाएर मात्रै हुन्छ ? म छु र पो सित्तैमा खनजोत गरिदिन्छु ।

खेतला किन्न परेको भए ?’ उसले पनि कटाक्ष वाण छाड्यो भाउजु पट्टी ।

‘गाउँभरीका अरपेहरुको खेती जोत्ने ठेक्का लिएका छौ कि कसो ?’ प्यालामा

गिलमेरी खन्याउदै भाउजुले आरिस गरी,– ‘त्यसैले त तिमीलाई राहु भन्छन त मान्छेहरु ।’

‘ओ भाउजु ! भएन भन्या ?’ टेवल ठटाउदै केटाहरु कराए ।

‘ल्याँए ल्याँए ।’

भाउजुले टेवलभरी हाम्रो अर्डर राखिदिई । सबैले प्याला उठाए । चियर्स

गर्नेबेलामा उ बोल्यो,– ‘केटा हो ! आजको साँझ हाम्रो अरपेको नाममा ।’

मैले तोङ्वामा पिपा गाड्दै भने,– ‘निकै छिप्पिएको जस्तो छ नि ?’

‘को ? म !’ लुङ्गीको फेरले हात पुछ्दै भाउजुले सोधी ।

‘हैन ! तोङ्वा ।’ मेरो आँखा भाउजुको नितम्बमा प¥यो ।

‘के म चाहि कलिली देखिन्छु र ?’ भाउजु अलि अलग्गै बसेर उताउलीन थाली ।

‘दाई साथमा नहुनुको खडेरीले खाएर किच्रिक्क हुनु पर्नेमा गोडमेल पुगे जस्तै

हरिली भरीली हुनुहुन्छ ।’ मैले फुरुक्क बनाई दिए,– ‘उमेरको अनुपातमा ज्यानले त कलिली नै ,देखिनु हुन्छ नि !’

‘खै फेरी एकएक पेग थप्नु त !’ भटमास चपाउदै हर्केसाहुले पुन अर्डर ग¥यो र भन्यो,– ‘भाउजु अव दोहोरी खेल्नु पर्छ है !’

‘हिम्मत छ के गीत गाउनलाई ?म त एक्ली भए पनि डक्दिन ।’ भाउजुले

च्यालेन्ज दिई,– ‘लौ शुरु गर ।’

दोश्रो पेग र दोहोरी एकै पटक शुरु भयो । म तोङ्वाको तालमा गीतको स्वाद

लिईरहेको थिए । निकै लामो हानाथाप पछि उसले एकै घुट्कोमा स्वाँट्ट पा¥यो र भन्यो,– ‘ए केटा हो ! उठ, अव जाऊ ।’

दोहोरी मजाले जमिरहेको थियो । लफडा हुने छेकछाद पनि थिएन तर एक्कासी हर्केसाहुलाई के को सनक चढ्यो ? केही अतोपतो भएन । मलाई थाह भए सम्म शब्दको हानाहानमा प्रहार भएको आखिरी अंश यस्तो थियो,–

हर्केसाहु,–

धेरै दिन भयो नि भेटघाट नभा’को

सुर्ती खाउन अरपेनी भाउजु तलतल लाग्या छ ।

भाउजु,–

त्यो मन जस्तै यो मनमा लागिरा’छ छटपटी

आज नखाउ देवर बाबु मादल फुट्या छ ।

त्यहा त्यसरी सन्किनु पर्ने गरीको कुरो नै के थियो र ?

उ रिसायो भन्ने भाउजुले पनि बुझी । म लख काट्छु उ रिसाएको कारण

भाउजुलाई थाहा हुनुपर्छ ।

हामीले खाए पिएको हिसाव चुक्ता गरेपछि निस्कदा निस्कदै मैले भने,– ‘भाउजु! अहिले गयौ, फेरी कुनै दिन आउला ।’

ति भाउजुको भट्टी पसलबाट वाहिरीदा रात निक्कै छिप्पिसकेको थियो । चुक

पोखिए जस्तो अध्याँरोमा केटाहरु छामछाम–छुमछुम गर्दै आ–आफ्नो बाटो लागे । हामी पनि घर पुग्ने बाटो नाप्न थाल्यौ ।

‘कति कालो रात !’ मैले सोधे,– ‘हर्केसाहु ! आज औशी हो ?’

‘होला र त फुट्यो नि !’ उ गनगनियो,– ‘कस्तो बजाउने सुर थियो ।’

‘साँची भाउजुले मादल फुटेको छ भन्दा तँ किन रिसा’को ?’– मैले सोधे ।

‘नछुने भा’को थाहा भएपछि किन ढुकिराख्नु ? त्यही भएर नी !’ उसले कारण बतायो ।

‘अरुबेला चाही छुने गरेको थिईस ?’ मलाई शंका लाग्यो, ‘भाउजुले हर्केसाहुको ढ्याकको नाप तौल लिईसकी होली !’ मैले भने,– ‘एउटै चुलाको नभए पनि छिमेकमा दाजुभाई जस्तै बस्दै आएको, तैले त दाई नभएको बेला भाउजुको संरक्षण गर्नु पर्ने !’

‘मैले त्यही गरिरहेको छु ।’ उसले जिद्दी ग¥यो ।

‘दाई नहुदाको फाईदा उठाएर खुव गरिस् संरक्षण ।’ मैले झपारी दिए ।

उसले मलाई स्पष्ट बनाउन खोज्यो,– ‘सुन् भाउजुलाई आफ्नै ठाउँमा राख र

मेरो ठाउँमा अर्को पराई केटालाई राखेर हेर अनि तुलना गर् ।’ उसले ठोकुवा ग¥यो,– ‘मैले गर्दा नै दाईको घरवार बिलिबाठ भएको छैन ।’

‘दाईको लागि त्यो भन्दा ठुलो बर्बादी अरु के हुन्छ ?’ मैले भने,– ‘तैले जुन कार्य गर्दैछस अरुले पनि गर्ने त्यही हो ।’

‘हो पनि र हैन पनि ।’ उ भन्छ,– ‘तैले के बुझ्नु पर्छ भने भाउजुसँगको मेरो उपस्थिति भनेको दाईको अभावको लागि मात्र हो तर अरुको उपस्थिति भने आफ्नो अभाव टार्नलाई हुन्छ र त्यतिबेला दाईको हातमा न त स्वास्नी रहन्छ न त विदेशमा कमाएको सम्पती ।’ उ उल्टो मलाई सोध्छ,– ‘तँलाई के लाग्छ ? के मैले नईच्छ्याउदैमा भाउजुले आफ्नो यौन भोगलाई दवाएर राख्थी ?’

अँह राख्दिन’थी, भोक लागे पछि हर्केसाहुले नदिदैमा भोकै बस्दिन’थी, भोक लागे पछि जसरी हुन्छ चारो जुटाउथी जुटाउथी । हो भाउजुले गैरी खेत जोताउन मौका ढुकेर बस्ने हली कति पाउथी कति । र भाउजु त्यसैको प्रयय जस्तै भएकी’थी, दाई नहुदा । मलाई लाग्यो,– ‘भाउजुलाई बाँध्न दाईको थलोमा किला गाढेर हर्केसाहुले ठिक ग¥यो ।’

हामी आधाबाटो आईसकेका थियौ । ‘तँ यही बस्दै गर है !’ भनेर उ छड्कियो। निष्पट अध्यारोमा मैले आँखा फुकाएर हेरे,– उ कहाँ गई रहेको छ ?

हेर्दाहेर्दै उ छल्कि निकालेर बनाएको घरको पालीकोठाको ढोकामा एकछिन उभियो र फुत्त पस्यो । मलाई थाहा थियो त्यो घरको पाली कोठामा बुहारी एक्लै सुत्थी भने सासु–ससुरा मूलघरमा । लोग्ने नभएको कोठामा उ किन पस्यो ? जिनापसे पनि लोकले बुझ्ने भनेको त्यही हो – यौन सम्भोग ।

त्यो कोठाभित्र के भईराखेको होला ? म कल्पना गर्दिन । बरु उनको लोग्नेसँग मलेसियामा भेट हुदाको क्षण सम्झन्छु । याद गर्छु उनको लोग्नेले भनेका कुराहरु । विचरा ! आफ्नो श्रीमतीको भरोसा कतिसम्म गथ्र्यो भने म सँगको भेटमा भनेको थियो,– ‘माँ कसम ! मैले आज सम्म रण्डीबाजी गरेको छैन । मेरो लागि भनेर श्रीमतीले सत थामेर बसेकी छे भने

म कसरी गतिछाडा हुन सक्छु ?’

बेश्यागमन नगरी बस्नु अनौठो हैन तर मलेसिया जस्तो खुला वातावरणमा

सवारी चलाउन बानी परिसकेको सारथीले मनको लगाम खिचेर यौनको घोडालाई कावुमा राख्न सक्नु पनि चानचुने कुरो हैन । त्यसैले मैले पनि भनेको थिए,– ‘विश्वासमा मान्छेहरु अन्धो, विहिरो, एकोहोरो नै हुदा रहेछन ।’

यौनको मामलामा आफूले मति नबिगारे श्रीमतीबाट गल्ती हुदैन भन्ने विश्वास

थियो र नै उनको लागि लोग्नेले कामोच्छालाई दवाउन सक्ने सामथ्र्य राख्यो । तर उनले त सासु–ससुराको पहरामा पनि पर पूरुषलाई भोग्दी रहिछे । त्यसो भए किन भोगी ? के लोग्नेमाथिको विश्वास नभएरै हो ? नत्र उनले पनि लोग्नेले जस्तै यौनलाई लोग्ने स्वास्नीको सम्बन्ध भन्दा बढी महत्वको विषय मान्नु हुदैनथ्यो ।

जेहोस विश्वास थियो र लोग्नेको नजरमा उनी देवी देखिन्थी तर यतिबेला मैले देखिरहेको दृश्यमा उनको असलियत उत्रिदै थियो । ‘अव मलेसिया फर्के पछि उनको लोग्ने सँग मेरो भेट त अवश्य हुन्छ नै । भेटमा आफ्नो श्रीमतीको हालखवर नसोध्ने भन्ने सवालै उठ्दैन । नसोधे पनि मैले बताउनु पर्ने हुन्छ । त के साँचो कुरो भनेर उनको लोग्नेको विश्वासको धरोहर म भत्काउन सकुला ?’ यस्तै सोचाईहरुको उत्तोलकमा चाकाचुली खेलीरहेको बेला उसले मेरो कुममा पक्रिएर अड्यायो । देखे,– अनुहार भरी बेचैनी बोकेर उ मेरो अघी खडा थियो । र, भने,– ‘हालत काढेर आईस हैन ? स्वास्नी छाडेर विदेश जानेहरुको लागि त तँ राहु नै भईछस्

।’

उ केही बोलेन । सिर्फ अष्पष्ट ढंगले भुतभुतियो मात्र ।

म जान्दाछु उ जसलाई पेलेर आयो त्यसमा पनि अरपेकै हालत काढिएको छ । त्यसो त ‘हाम्रो अरपे’ भन्दै उसले मेरो पनि हालत काढेको छ । जे जस्तो गरेर भएपछि उसको ब्यवहारबाट हालत काढिएको त अरपेको नै हो । तैपनि उ एकोहोरो भुतभुतिए पछि मलाई झोक चल्यो र भन्दिए,– ‘काम भ्याएर आईस होला त ? अरपेनीहरुलाई बिगार्दै अरपेहरुको हालत काढेको छस् गनगन गर्छस !’

‘त्यसले पनि पान खाईछे ।’ उ अध्याँरोमा बिजुली चम्किए जस्तो बम्कियो,–‘सबैलाई औशी कै छेक पारेर फुट्नु पर्ने !’

सल्केको मान्छे, पल्केको स्याल झै लुत्त पसेको थियो तर बिग्रेको रगतले

लतपतिएको मुख देखाई दिएर हिस्स पारिदिईछे ।

हर्केसाहुको अवश्था देखेर मलाई हदैसम्मको हाँसो उठ्यो र उभिएकै ठाउँमा

थचक्क बसेर पेट मिचिमिचि हाँसे । उसले पनि पान खा’को मुख सम्झेर एक मुठी थुक्यो,– छ्या ।

बोधे– ९, धनकुटा; हाल: मलेसिया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।