14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

गजल

गजल आचार्य प्रभा June 16, 2010, 4:45 am

मायाले जिस्काएको बातै प्यारो लाग्यो

प्रेमले पिलाएको मातै प्यारो लाग्यो ।

नयन शर्माएर जब शिर झुक्यो

मायालु भेट्घाटको रातै प्यारो लाग्यो ।

दर्हिलो आश्वसन जब दिन्थ्यो उस्ले

आँटिलो लोग्नेमान्छे जातै प्यारो लाग्यो।

एकान्त शुन्यतामा सधैं त्रास हुन्थ्यो

बलियो साहाराको साथै प्यारो लाग्यो ।

एक्लोपन छट्पटिमा जब पल बित्थ्यो

भरले थमाएको हातै प्यारो लाग्यो ।

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।