19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अझै पनि फुटाउनु छ !

कविता रुपेश राई June 18, 2010, 12:38 pm

हिँही..हिँही..

हिँड़ी रहने, खुट्टाहरू

पट्यार लागे पनि, गोजीमा हात

कति न्यानो राखेको हुन्छ,

देख्ने आँखाहरू,

टटाउँदा के भो र ??

'एक्का दुक्की तीर्की'हरू

नमिलेसम्म, घरलाई भोकै लाग्दैन..!!

साचै सोध्नुहोस्..

तपाईको जुवाड़े स्वामीलाई,

भोक भनेको क्या हो ??

तर, होइन नसोध्नुहोस्

यहाँको गणितमा त 'घटाउने' मात्र छ..

'जोड़न' जान्दैनन्

'गुणा' गर्न त झन् आम्मामा..

'भाग्' गर्न अलि-अलि पाराल्याउँछ

हिजो, 'त्यै' क्षेत्रफल विषयमा

फलनाको घर फुटाएर...

वैयक्तिक स्वभिमान हाँस्दा-हाँस्दै

जुलुस कराउँदै थियो..

अझै पनि फुटाउनु छ

'गाड़धन'। 'गोजी'हरू च्यातनु छ

'गोप्य भण्डार'हरू...

विश्व नफुटेसम्म... ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।