18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत हेमन्त परदेशी June 18, 2010, 8:55 pm

औँशीको आगमनमा, जून डुबेको रात ।

खोजिरहेँ सन्नाटामा, मैले तिम्रै साथ ।

भावनाको स्पर्शले, अनायसै मन छुँदा ।

कल्पनामा डुबिरहेँ, तिमीबाट टाढा हुँदा ।

मनभरि बढीरह्यो, बेहोशीको मात ।

खोजिरहेँ सन्नाटामा, मैले तिम्रै साथ ।

यथार्थको धरातलमा, बिल्कुल एक्लो हुँदा ।

रितिइसक्स्यो आँशु पनि, एकान्तमा बसी रुँदा ।

सहनलाई गाह्रो भयो, मनभित्रको घात ।

खोजिरहेँ सन्नाटामा, मैले तिम्रै साथ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।