18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नयाँ नेपाल

लघुकथा मुक्तिनाथ घिमिरे June 18, 2010, 9:58 pm

ऊ व्यावसायिक चोर थिएन । उसका बा आमा थिएनन् । उसको घर थिएन र माग्ने आदत पनि थिएन । पट्ठो युवा भएर पनि उसले काम पाएन किनकि उसले पढ्न पाएन । त्यसैले ऊ प्रेमी बन्न पनि पाएन ।

केही पाउने लोभले ऊ जनआन्दोलनमा होमियो तर उसले पिटाइ र पीडा मात्र पायो । आन्दोलनमा उसले एउटा रातो तारे झन्डा सधैँ बोक्ने गथ्र्यो त्यही रातो तारे झन्डा उसले लुकायो र आन्दोलनबाट जिन्दाबाद र मुर्दावाद जोसले भन्न सिक्यो ।

ऊ भोकै थियो र न भोको बाघझँै थियो । आपूmतिर सामन्ती ठाँटमा आएकी एक महिलाको ब्याग उसले अचानक खोस्यो र भाग्यो । तर ऊ लखेटियो । दगुर्दादगुर्दै उसले ब्यागको पैसा निकालेर गोजीमा खँदा¥यो र ब्याग फालिदियो । लखेट्नेहरूले भेट्नै आँटेका थिए र ऊ भाग्न नसक्ने भैसकेको थियो । कुटाइ खाने पक्का भैसकेपछि उसले गोजीबाट रातो तारे झन्डा निकाल्यो, टाउकोमा बाँध्यो र करायो– प्रतिगमन मुर्दावाद ! हात मुठ्ठी पारेर आकाशतिर हावामा जोडले हु¥र्याउँदै ऊ अझ जोडले चिच्च्यायो– गणतन्त्र जिन्दाबाद ! उसलाई लखेट्ने हच्किए बरु ऊसँगै मुर्दावाद र जिन्दाबाद उराल्नेको जुलुस बन्यो । सुरक्षित महसुस भएझँै ऊ फिस्स हाँस्यो र अन्तिमपटक करायो– नयाँ नेपाल जिन्दाबाद !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।