झन पर, सरेर गयो चन्द्रमा
एक भुल गरेर गयो चन्द्रमा ।
म, किनार कुरेर बसेँ एक्लै
सागर तरेर गयो चन्द्रमा ।
निभ्यो, आशाको दियो पनि
खुसी नै हरेर गयो चन्द्रमा ।
एक मुटु, टुक्रिई झर्दैछ यहाँ
मुस्कान छरेर गयो चन्द्रमा ।
छेक्दिन थेँ होला नि, म बाटो
घोप्टो पो परेर गयो चन्द्रमा ।
रुँघा ७, रुकुम, हालः त्रि वि , केन्द्रिय क्याम्पस, कीर्तिपु्र