19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

विडम्बना

कविता भानेन्द्र सम्बाहाम्फे “जुझारु” June 27, 2010, 3:30 pm

यो धर्ती यो आकाश

किन किन अनौठो लाग्छ

कता कता के के नमिले जस्तो लाग्छ

अनि यो मन

नमिलेकोलाई ताछ्तुछ् गरेर

मिलाउन खोज्छ चिटिक्क पारेर

नमिलेका रङहरुलाई फालेर

सुन्दर र मिल्ने रङहरुले

चित्रकारले क्यानभासमा उतारे झैँ

मनका रङीचङी रङहरुले

भित्री मनले चाहेको

सबैभन्दा सुन्दर

संसार कोर्न चाहन्छ

तर,

विडम्बना !

त्यस्तो संसार सजाउने

चाहेको रङ कहा“ छ

त्यो पनि थाह छ उसलाई

तर पाउन सक्दैन...

त्यसैले चित्र अधूरो छ

शायद अधूरै रहन्छ होला

काकाकुलको पानी पिउने इच्छा झैँ !!!

काठमाडौँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।