यस्तै बेला हिड्थ्यौँ हामी सधैँ रमाउँदै
माया गरी एकअर्काको हात समाउँदै
अमला र वयर खाँन्थ्यौ मीठो मानीमानी
काँचो छोडी पाकेको नै खान्थ्यौँ छानीछानी
माया हाम्रो देखी भाग्थ्यो हावा सर्माउदै
तिनै कुरा याद आउँदा लाग्छ कथा आज
कुन पापीले श्राप दियो बन्यो ब्यथा आज
छेउमा बस्ने कोही छैन मलाई सम्झाउँदै
भीमस्थान–५,सिन्धुली; हाल–यू.ए.ई.