14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

दक्षिण यात्रा: महाजात्रा

नियात्रा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल June 28, 2010, 7:48 am
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

यसपालिको दसैंमा दक्षिण भारतको यात्रा गर्ने योजनामुताबिक निकै पहिले नै आउनेजाने रेलको टिकटसमेत रिजर्भेसन गरिसकिएको थियो । रिजर्भेसनको जिम्मा कल्याणले लिएका थिए र उनैले टिम तय गरी रिजर्भेसन गरेको बताएका थिए । हामी पनि त्यही टिममा संलग्न थियौं । हामीले असोज २९ गते बिहान फजिरैको रेल गोरखपुरबाट समात्नु थियो । भैरहवामा भेट्ने कार्यक्रमअनुरूप सबैजना आआफ्नै तरिकाले २६ गते नै भैरहवा पुगिसकेका थिए । मचाहिँ २८ गते विहान साढे नौ बजेको प्लेनबाट भैरहवा उत्रिए“ । म पछि जानुको कारण अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाद्वारा प्रदान गरिने पुरस्कार ग्रहण गर्नु र अनेसास तथा एन्आरएन्को संयुक्त तत्वावधानमा आयोजित कार्यक्रममा ‘नेपाली साहित्यमा डायस्पोराको योगदान’ विषयक कार्यपत्र प्रस्तुत गर्नु थियो । यसका लागि यता र उता दुवैतिरबाट निकै पहिलेदेखि नै पटकपटक अनुरोध भएकाले र कार्यक्रमको मितिसमेत पक्का भइसकेकाले अनि विषय पनि नया“ भएकाले मैले त्यो कार्यक्रम छोड्न मिलेन । निकै भव्य समारोहका बीच पुरस्कार ग्रहण गर्ने र कार्यपत्र प्रस्तुत गर्ने कार्य सम्पन्न भयो । कार्यपत्र निकै प्रशंसित रह्यो ।

म बुद्ध एयरबाट साढे दसबजे भैरहवा विमानस्थलमा ओर्लिए“ । मलाई लिन आएका राजु भुसाल निकै पहिलेदेखि नै गेटमै प्रतीक्षारत रहेछन् । म प्लेनबाट उत्रनेबित्तिकै उनी मलाई लिएर सोभैm मणिग्राम पुगे । त्यही“ खानपिन गरियो । केही क्षणपछि सबैजना एकत्रित भए । हाम्रो टिममा उम्रेदेखि खुम्रेसम्मका गरी २१ जना रहेछन् । सङ्ख्या नै कहालीलाग्दो । धेरजसो अपरिचित । परिचयको कार्यक्रम पनि खासै भएन, यात्रा उति मनोरम नहुने लक्षण देखियो । हामी त्यहा“बाट दुईटा जिप रिजर्भ गरी सनसेट भइसकेपछि गोरखपुर पुगेर सनराइज होटेलमा बास बस्यौं ।

अर्काे दिन बिहान साढे छ बजे नै रेल चढ्नुपर्ने भएकाले हामी सबेरै प्लेटफर्मतिर जान हतारियौं । पानी दर्केरै परिरहेको थियो । रुझ्दै भिज्दै उफ्र“दै कुद्दै प्लेटफर्ममा पुगी राप्ती सागर सुपरफास्ट एक्सप्रेसमा चढ्यौं । रेल केही क्षण ढिलो भएकाले अन्त्यसम्मै ढिलै रह्यो । हामी तेस्रो दिन बिहान मद्रास चेन्नै पुग्यौं । हामी सबै एउटै डिब्बामा नभएर अनेकतिर छरिएका थियौं । टिकट लिनेले यस्तै लिएपछि हाम्रो के लाग्थ्यो र ? टिकट कटाइको अल्लारेपनले गर्दा टिटीले दोहोलो काढिहाल्यो । ठाडो घुस दिएर ठाडो ठगानको सुरुआत भयो । हाम्रो डिब्बामा आ“खा उपचारका लागि गएका रुद्र तिम्सिना र भवानी थिए । तिनीहरू बेसै भएकाले यात्रा रमाइलै भयो । यात्रालाई अझ रमाइलो बनाउने काम हामीस“गै रहेका दुइटी मुसलमान ठिटीहरूले गरे । तिनमध्ये एउटीकी दुई महिनाकी बच्ची साथमा थिई । त्यो खुब रु“दा वातावरण टिठलाग्दो बन्थ्यो । हामीले उस“ग ठट्टैठट्टामा नानीलाई फुल्याउन भन्यौं । तिनीहरू खुब हा“से । वास्तवमा उनीहरूको नानी र हाम्रो नानीको अर्थ पूरै फरक भएकाले सारा यात्राभर नानीको प्रसङ्ग बडो रोचक र≈यो । रेलको खाना पनि सबै झिलझिले कागजमा प्याक गरेको अनौठै थियो । भाउ भने निकै चर्काे ।

सहयात्री रुद्र र भवानी चेन्नै रेलस्टेसनबाटै सोधपुछ गरेर शङ्कर नेत्रालयतर्पm पठाइयो । हामीचाहि“ चेन्नै बजारको मुथु गेस्टहाउसमा झोलीतुम्बा थन्क्याएर नुवाइधुवाइ र खानपिन ग¥यौं । दक्षिण भारतीय खानाले हामीलाई त्यही“बाट सताउन सुरु ग¥यो । रामै्र होटेलमा पसेर पनि केराको हरियो पातमा खाना खानुपर्दा हामीलाई त्यति सहज लागेन । हाम्रातिर किरियापुत्रीले मात्र केराको पातमा खाने चलन, त्यतातिर सबैले... के गर्नु ठाउ“अनुसारको चलन ।

हामी त्यतातिरको पूरै यात्राका लागि नेसनल ट्राभल्सबाट टुर प्याकेज तयार गरी चेन्नै भ्रमणमा लाग्यौं । रिजर्भ बसबाट सहरका विभिन्न ठाउ“हरू घुम्ने क्रममा हामी स्वामी विवेकानन्दका गुरुको प्रतिमास्थल भएको भव्य र आकर्षक महल हेरिसकेपछि मन्दिरतर्पm लाग्यौं र शिव, पार्वती, गणेश, कुमार आदिको दर्शन ग¥यौं । त्यसपछि हाम्रो यात्रा स्नेक पार्कतर्पm अगि बढ्यो । त्यहा“ अनेक प्रकारका सर्प र गोहीहरू राखिएका रहेछन् । सर्पको रखाइ व्यवस्थितै भए पनि गोहीको ज्यादै अव्यवस्थित रखाइ देख्दा हामै्र चितवनको रखाइलाई मनमनले प्रशंसा गर्दै सा“झपख समुद्र किनार मेरिना बिचतर्पm लाग्यौ“ । त्यहा“ निकै ठूलो बालुवा भूमि रहेछ । सामुद्रिक दृश्य पनि निकै मनोरम । हामी समुद्रको किनारमा छालस“ग खेल्दै निकै बेर रमायौं । सुनामीले प्रभाव पारेका ठाउ“हरू हेर्दै हामी गेस्टहाउसमा आएर बास बस्यौं । यताबाट स“गै गएका चारजनाको एक परिवार त्यहा“बाट पत्तै नदिई राती नै बैङ्गलोरतिर हानिएछ । नमुनालायक सहयात्री ... ।

कात्तिक २ गते बिहान साढे छ बजे सप्तगिरि एक्सप्रेस नामक रेल चढी हामी दस बजेतिर तिरूपति पुग्यौं । त्यहा“बाट लगत्तै दुईवटा जिप रिजर्भ गरी एक घन्टामै तिरूपतिमाला पुगेर दुईवटा कोठा खोजी सामान राखियो । त्यहा“को राम्रो भनिएको होटेलमा नौवटा कचौरासहितको थालीमा सक्कली दक्षिण भारतीय खाना खाइयो । भोकले होला त्यो खाना उति नमिठो लागेन । त्यसपछि त्यहा“को प्रसिद्ध मन्दिर बेङ्कटेश्वर बालाजी तिरूपति परिक्रमा गरियो । अप्रत्याशित रूपमा परेको दर्के पानीले हाम्रो घुमाइलाई निकै बाधा पु¥यायो । त्यहा“ पुरुषले मात्र होइन अत्यधिक महिलाहरूले समेत कपाल काटेर भगवान्लाई अर्पण गर्ने अनौठो चलन रहेछ । संसारकै धनी मन्दिरमा गणना हुने त्यस मन्दिरको आय पनि अरबौं रहेछ । त्यहा“ कुनै दिन कम आम्दानी भएमा भगवान्को मूर्ति घाममा ल्याएर सेकाउने अनौठो चलन छ रे । पहाडी उचाइमा अवस्थित मन्दिर परिसर र आवतजावत गर्ने बाटोसमेत निकै व्यवस्थित गरिएको रहेछ । त्यहा“ वरिपरि घुम्न फ्रि बस सेवा, फ्रि खाना र कम मूल्यमा बासस्थानको समेत प्रबन्ध गरिएको रहेछ । ट्राभल एजेन्सीहरूले बासस्थानको चाहि“ पर्याप्त दुरूपयोग गर्दा रहेछन्, बस रिजर्भ नगरी कोठा पाउनै मुस्किल । त्यहा“ कुनै निजी लज रहेनछन् । जे होस् त्यो ठाउ“ दर्शनीय र भ्रमणीय पर्यटक स्थल रहेछ । घुमघाम सकिएपछि हामी दुईटा जिप रिजर्भ गरेर तिरूपति झ¥यौं र दसबजे भनिएको र बार बजे आइपुगेको बसमा चढी पुट्टपर्तीतर्पm प्रस्थान ग¥यौं । हामीलाई त्यही“देखि नै भाषाको सङ्कट सुरु भयो । त्यहा“ हिन्दी र अङ्ग्रेजी दुवै जान्दा रहेनछन् । बस आउनेजानेबारे जानकारी दिनेहरूसमेत स्थानीय भाषा मात्र बोल्दा रहेछन् । बस नम्बर आइडुआइडु, प्लेटफर्म नम्बर नाइडुनाइडु भन्थे । त्यो हाम्रा लागि पछिसम्म जिस्किने मसला बन्यो । दक्षिण भारतमा सबैजसोले अङ्ग्रेजी बोल्छन् र निकै सभ्य छन्, शिक्षित छन् भन्ने कुरा पनि हाम्रा लागि गलत साबित भयो ।

अर्काे दिन बिहान ८ बजेतिर हामी पुट्टपर्ती पुगी होटलमा सामान थन्क्याएर घुमफिरतर्पm लाग्यौं । हामी बुढाबुढी साइबाबा क्षेत्र परिक्रमा ग¥यौं । ठाउ“ निकै सुन्दर लाग्यो । त्यहा“ क्यामेरा त के कलमसमेत बोकेर भित्र जान निषेध रहेछ । आफ्नो कलम अर्काको जुत्ताभित्र राख्नुपर्दा मेरो चित्त कटक्कै काटियो । त्यहा“ सामूहिक रूपमा बस्ने थुप्रै धर्मशाला, अनेक क्वाटर र कम मूल्यका भोजनालय रहेछन् । साइबाबाको दर्शनका लागि लाइनमा बसियो र साढे पा“च बजेतिर एक डेढ घन्टासम्म साइबाबाको दर्शन पाइयो । मान्छे थुप्रै थिए । अगाडिपटि साठी प्रतिशतजति त्यही“का विद्यार्थी र कर्मचारी बसेर भिडभाड तुल्याउ“दा रहेछन् । एउटा सङ्गीत टोलीले विभिन्न भजनका धुन बजायो । त्यसका टोली नेतालाई साइबाबाले हावाबाटै सिक्री निकाली लगाइदिए र ती सबैलाई खास्टो ओढाइदिए । त्यहा“बाट निस्केर हामी निकै बेरसम्म यताउति डुल्यौं र रात त्यही“ बितायौं ।

अर्काे दिन बिहान झिसमिसै बस चढेर दस बजेतिर बेङ्गलोर पुगियो । त्यहा“ बसबाट उत्रिनेबित्तिकै बाटाकै किनारको एउटा रूखका फेदमा उभिएर दसैंको टीका लगाइयो । त्यहा“ जमरा अक्षता केही थिएन मात्र अबिरको टीका । त्यो पनि जिन्दगीको एउटा नौलो अनुभवै थियो । त्यसपछि चेन्नैबाटै रिजर्भ गरिएको मञ्जुनाथ नामक होटेलको चौथो तलामा सामान राखी खानपिन गरेर सहर परिक्रमा गरियो । बेङ्गलोर घुम्ने क्रममा सर्वप्रथम टिपु सुल्तानको निकै पुरानो समर प्यालेस पुगियो । काठका निकै कलात्मक खम्बा गाडेर बनाइएको त्यो दरबार हेरिसकेपछि हाम्रो यात्रा लालबाग बोटानिकल गार्डेनतर्फ अग्रसर भयो । २४० हेक्टर क्षेत्रफलमा पैmलिएको त्यो जग्गा टिपु सुल्तानका बाबु नबाब हैदर अलि खानको सम्पत्ति रहेछ । अहिले त्यो बगैंचा लभ गार्डेनका नामबाट समेत चिनि“दो रहेछ । सन् १८८८ मा अङ्ग्रेजले बनाएको भव्य सिसमहल अनि एक छेउमा निकै फराकिलो सुतेका ढुङ्गाको होचो पहाडको टुप्पामा क्याम्पे गौंडा टावर त्यहा“का आकर्षक केन्द्र रहेछन् । त्यहा“बाट बेङ्गलोर सहरको दृश्यावलोकन राम्ररी गर्नसकिने रहेछ । त्यस बगैंचामा हाम्रै सहयात्रीमध्येका शशि अर्यालका ७५ वर्षीय बाबु हराए । होचा र खिरिला बुढा निकै झोंकी र सन्की खालका थिए । कसैस“ग बोल्दा औंलो ठड्याएर कुटुलाझैं गर्थे । थोते भएकाले बोली बुझि“दैनथ्यो । बसबाट ओर्लिनेबित्तिकै मृगजस्तै दगुरेर निकै टाढा पुगिहाल्थे । ती बुढालाई खोज्न निकै समय लाग्यो ।

त्यहा“ विश्वेश्वरैया औद्योगिकी एवं प्रौद्योगिकी सङ्ग्रहालय (विज्ञान म्युजियम) निकै रमाइलो रहेछ, केटाकेटीका लागि त झनै उपयोगी पनि । त्यहा“ विज्ञानका निकै पुरानादेखि नया“सम्म अनेक सामग्रीहरू सजाइएका रहेछन् । अन्तको म्युजियममा कुनै चिज छुन पाइन्नथ्यो भने त्यहा“चाहि“ चलाउनै पाइ“दो रहेछ । निकै लामो समयसम्म त्यस म्युजियममा बिताई हामी त्यहा“बाट अन्तर्राष्ट्रिय रङ्गशाला, ठूला र अग्ला भव्य महलहरू हेर्दै होटेलमा फर्कियौं र खानपिन गरी सुत्यौं । यो निकै हरियाली कायम गरिएको सहर भए पनि त्यहा“ फोहोरको कुनै कमी रहेनछ । त्यहा“ कुभिन्डाको तरकारी, कुभिन्डाकै दाल र कुभिन्डाकै अचार अनि साम्बर, इडली, डोसा आदि खानेकुराले हामीलाई आतङ्कितै तुल्यायो ।

अर्काे दिन हामी त्यहा“बाट १५० किमी टाढा पर्ने मैसुर पुग्यौं । रेशम र चन्दनको नगर नामले प्रसिद्ध त्यस सहरमा रेशमी कपडा र चन्दन भने किनिसक्नु रहेनछ । बगैंचैबगैंचाले सुशोभित त्यो सहरचाहि“ निकै सफा रहेछ । त्यहा“को विष्णु मन्दिरमा रहेका अग्लाअग्ला ढुङ्गाका खम्बा अद्भुत रहेछन् । पूरा सुरक्षा घेराभित्र ठूलो क्षेत्रमा पैmलिएको क्यामरा वर्जित कुनै बेलाका हिन्दू राजाको राजभवन प्यालेस महाराजा हेर्न लायकको रहेछ । त्यहा“का झ्याल, ढोका, खम्बा, रङ्गरोगन, सुनको सिंहासन, पाल्की आदि एकसेएक दर्शनीय । त्यसभित्रका प्रत्येक ठाउ“ हेरिसकेपछि हामी सेन्ट सिलोभिना चर्च, ठूलो ताल, ललिता प्यालेस आदि हेर्दै आठसय वर्ष पुरानो महिषासुर मर्दिनी चामुण्डाश्री मन्दिरतर्पm लाग्यौं । केही उच्च पहाडी जङ्गलका बीचमा अवस्थित त्यस मन्दिरमा जाने बाटो निकै राम्रो थियो । त्यहा“ चामुण्डादेवीको मन्दिर नपुग्दै महिषासुरको ठूलो सालिकसमेत बनाइएको रहेछ । महिषासुरकै नामबाट त्यस सहरको नाम मैसुर राखिएको अड्कल गर्न हामीलाई खासै गारो भएन । मन्दिरबाट फर्क“दा केही तल बाटामा नन्दीको अजङ्ग पाषाण मूर्ति रहेछ ।

बसमा हुइ“कि““दै सात बजेतिर वृन्दावन गार्डेन पुगियो । नर्थ र साउथ गरी दुई भागमा विभाजित यो गार्डेन निकै आकर्षक रहेछ । निकै ठूलो कृष्णसागर ड्याम र रङ्गीबिरङ्गी म्युजिकल फाउन्टेन त्यहा“को आकर्षणको केन्द्र रहेछ । त्यहा“ पुग्नेबित्तिकै भयङ्कर पानी परेकाले र त्यहा“ सानातिना पोथ्राबाहेक केही नभएकाले हामी सबै भिजेर मुसो भयौं । बत्तीसमेत निभेकाले म्युजिकल फाउन्टेन हेर्ने अवसर मिलेन । भिजेका कारण हाम्रो त्यो हेर्ने रुचिसमेत छिन्नभिन्न भइसकेको थियो । हामी त्यहा“बाट फर्की होटल अशोका प्यालेसमा बास बस्यौं । त्यस दिनको हाम्रो गाइड अगिपछिको भन्दा निकै रमाइलो थियो । ऊ हरेक बखत हामीलाई ह“साइह“साइ ठाउ“ठाउ“को जानकारी दिने र पकेटमारहरूबाट समेत सावधान गराउ“थ्यो । उसले एक ठाउ“मा पुगेपछि एउटा ठूलो सेतो घर देखाएर बडा जोडस“ग कराउ“दै भन्यो— ‘त्यहा“चाहि“ प्रवेश शुल्क लाग्दैन, खानबस्न सब फ्रि छ तपाईहरू जाने हो ?’ एकजना बुज्रुकले भने— ‘जाऊ“ न त एकपटक ।’ उसले हा“सेर भन्यो— ‘सेन्ट्रल जेल ।’ बसमा निकै बेर हा“सोको फोहोरा छुट्यो । जे होस् मह“गै भए पनि मैसुर भारतको निकै राम्रो पर्यटन स्थल रहेछ ।

अर्काे दिन बिहान साढे सात बजेतिर हामी उटीतर्पm प्रस्थान ग¥यौं । बाटामा तिरूपति बालाजीको दर्शन गर्दै र ठाउ“ठाउ“ तित्री टोक्दै अगि बढियो । चामुण्डा माईको पाउ भएका ठाउ“मा बसको पूजा गर्दारहेछन् । त्यसले हामीलाई हाम्रै चुरिया माईको सम्झना गरायो । बाटामा तित्री र भलायोको बाक्लो जङ्गल रहेछ, नागफणी र हात्तीबार पनि प्रशस्तै । ठाउ“ठाउ“ मृगादि जङ्गली जनावर पनि देख्न पाइने । मैसुरबाट १६० किमी टाढा रहेको उटी जा“दा ओरालैओरालो गई अन्त्यमा बीस किमी जति निलगिरि पहाडको उकालो चढ्नु पर्ने रहेछ । ब्लाइन्ड कर्भ, हेयरपिन ब्यान्ड आदि लेखिएको एकदमै उकालो र घुम्तीले हाम्रा सात घुम्ती, नौ घुम्तीलाई नै बिर्साइदियो । डम्म कुइरो लाग्ने, निकै चिसो, सानो चिया बगान, सानासाना झरना, आलुखेती, ज्यादै कम बस्ती, धुपी र मसलाका रूखको जङ्गल भएको उटीको डा“डो राम्रै देखिए पनि हाम्रा हिले, तीनजुरेतिरका डा“डाजस्ता सुन्दरचाहि“ लागेन । निकै अग्लो पहाडमा अवस्थित अनि पखेरामा एकनासका बाक्लै घर भएको उटीमा बस्तीस“गै एकै ठाउ“मा सबै धर्माबलम्बीहरूको चिहान डा“डो पनि रहेछ । उटीमा हेर्न लायकको सबैभन्दा महत्वपूर्ण ठाउ“रहेछ थ्रेड गार्डेन । पूरै धागाबाट बनाइएको नक्कली बगै“चा । चार सयभन्दा बढी रङ्गका ५० करोड मिटर धागाबाट बार वर्ष लगाई बक्रममा धागो उनेर हातले बनाइएको त्यो संसारकै पहिलो बगैंचा मानि“दो रहेछ । गिनिज बुकमा पनि दर्ता हुने क्रममा रहेको त्यस बगै“चाको अवलोकन गरी हामी तालतर्पm झ¥यौ“ । त्यहा“ बोटिङका विषयमा सन्कन्दासस“ग केही ठाकठुक पनि भयो । त्यहा“ एउटा सुटिङ स्टुडियो भएको जानकारी पाइयो, तर खुब पानी परेकाले त्यहा“ पुग्न सकिएन । निकै हाइटको होटलमा खाना खाई जाडाले लगलग काम्दै एक ठाउ“मा बसेर हामी राती नै त्यहा“बाट हि“ड्यौं र अर्को दिन बिहान पा“च बजेतिर मदुरै आइपुगी सामान थन्क्यायौ“ । त्यहा“बाट बङ्गाल ट्रायलमा यात्रा गर्नु थियो । हाम्रा पत्रेको फुइ“ले निकै गडबडी भयो ।

बिहान मदुरैको प्रसिद्ध मन्दिर मिनाक्षीको दर्शन गरियो । विचित्र ढुङ्गे खम्बा र प्रस्तरकला भएको त्यस मन्दिरमा चारवटा उस्तैउस्तै भव्य र कलात्मक गेट रहेछन् । मन्दिरभित्र मान्छे नै हराउने स्थिति रहेछ । त्यस मन्दिरमा हाफपेन्ट लगाउनेलाई प्रवेश निषेध रहेछ । हाम्रा केही हाफपेन्टेहरूले पनि त्यहा“ पस्न पाएनन् । त्यस सहरको बाटो निकै सा“घुरो, भिडभाडयुक्त र फोहर भएको हु“दा त्यसले हामीलाई निकै दिनदेखि बिर्सिएको काठमाडौंको सम्झना गराइदियो । त्यहा“ सन् १६३६ मा तिरुमलाई नाइकरले बनाएको महाराजा प्यालेस बहुत ठूला, अग्ला र कलात्मक खम्बायुक्त भए पनि मर्मतको अभावले जिङ्रिङ्ग परेको रहेछ । त्यस दरबारभित्र म्युजियम, पुराना पेन्टिङ, मूर्ति आदि भए पनि त्यति आकर्षकचाहि“ लागेनन् । वाटरट्याङ्क भनिने पानीविहीन पोखरीले हामी काठमाडौंली काकाकुललाई खासै तानेन । त्यहा“ सन् १९५९ मा नेहरूद्वारा उद्घाटित गान्धी मेमोरियल म्युजियममा गान्धीस“ग सम्बद्ध केही चित्रकला, हस्तकला र गान्धी मारि“दाका बखतको कपडासमेत राखिएको रहेछ । क्यामेरा वर्जित त्यस म्युजियममा हाम्रा पत्रुपुत्र दण्डित भए । मुस्किलले क्यामेरा छुटाइयो । यो म्युजियम त्यति उत्कृष्ट लागेन । सहरबाट निकै टाढा बाटामा विष्णु–लक्ष्मीको भीमकाय मूर्तिले हामीलाई निकै आकर्षित तुल्यायो । टर्की नचाइ पनि उत्तेजित थियो । यी सबै दृश्य हेर्दै हामी पहाडको फेदीमा रहेको बालाजी मन्दिरमा पुग्यौ“ । त्यहा“ पनि ढुङ्गाका खम्बामा कु“दिएका कलाकृति निकै सुन्दर थिए । त्यहा“ सत्ययुग र कलियुगका प्रतीक मानिने पुरुषलाई बोकेकी नारी र नारीलाई बोकेको पुरुषले हामीलाई एकछिन रोमाञ्चित तुल्यायो । मन्दिर सामान्य, तर गेट भव्य बनाउने त्यतातिरको साझा चलनै देखियो । तेत्तीसकोटी देवताहरू गेटमै कु“देर राखिएका र तिनले भित्र विराजमान एकदुई देवदेवीलाई पहरा दिएझैं लाग्थ्यो ।

मदुरैका यी विभिन्न ठाउ“ घुमिसकेपछि हामी त्यहा“बाट रामेश्वरम्तर्पm प्रस्थान ग¥यौ“ र राती ३ बजेतिर त्यहा“ पुगी एउटा होटलमा खा“दखु“द गरेर घुस्रियौ“ । सर्तबमोजिमका कोठा नदिने ठगठाग कम्पनीका कारण यस्तो भएको हो । हाम्रो टोलीमा एकजना आपूmलाई मै हु“ भन्ठान्ने पत्रकार भनाउ“दाले ड्राइभरलाई हप्काउ“दै पुलिसलाई भनु“ भन्दा उसले सोनियालाई भन् भनेर निकै थर्कायो । ती कुन्ताका काला झन् पत्रु हा“डीजस्तै भए । बरु ड्राइभरलाई फकाउने फुल्याउने काम रामप्रसादहरूले पछि एक क्वार्टर मिलाएर गरे ।

अर्को दिन बिहान सबेरै पत्रेपरिवारबाहेक हाम्रो गजधम्मे टोली रामेश्वरम्को दर्शनार्थ प्रस्थान ग¥यो । त्यहा“ पा“चदेखि छबजेसम्म मात्र मणि दर्शन गराइ“दो रहेछ । मणिदर्शनपश्चात् २२ कुण्डमा स्नान अभिषेक गरी शिवादि सम्पूर्ण देवीदेवताको दर्शन गरियो । त्यहा“का कुण्डहरू श्रीरामले लङ्का जाने बेला कुल्च“दा उत्पत्ति भएका भन्ने ठानि“दो रहेछ । रामेश्वरम्लाई दर्शन गर्ने नभएर दान गर्ने तीर्थ भन्दै नेपालीलाई ठग्दा रहेछन् । जेहोस् त्यहा“को मन्दिर बाहिर र भित्रसमेत निकै भव्य र आकर्षक रहेछ । रामेश्वरम् ३५ किमी गोलाइमा पैmलिएको टापु र श्रीलङ्का जाने समुद्री बाटो रहेछ । हामी त्यहा“बाट बेलुका मात्र हि“ड्ने कुरा भए पनि बसस“ग यताउता कुरा मिलाएर ११ बजेतिर साइटसिन गर्दै कन्याकुमारीतर्पm प्रस्थान ग¥यौं । त्यहा“ हामीले प्रचण्ड गर्मीका बीच पनि लक्ष्मण तीर्थ, पानीमा नडुब्ने ढुङ्गा, सारै अग्लो टावर आदि हेर्दै हाम्रो यात्रालाई अगाडि बढायौं । रामका बा“दर सेनाले समुद्रमा पुल बनाउन प्रयोग गरेका भनिने पानीमा नडुब्ने ढुङ्गा अनौठै रहेछन् । पानीमा नुनको मिसावटले नडुबेका हुन् कि अन्य कारणले हो थाहा भएन । समुद्रमा रेल र मोटरका लागि छुट्टाछुट्टै दुईटा लामालामा पुल बनाइएका रहेछन् । हामीले पुलमा उभिएर धित मरुन्जेल समुद्र हे¥यौं र बाटो लाग्यौं ।

बाटामा पर्ने एउटा बजारमा फलपूmल किन्न खोज्दा भाषा नबुझेर निकै सङ्कट पैदा भयो । काइ“योको हिसाबले केरा किन्नु पर्ने रहेछ, केही अगि जोखेर किनेका थियौ“ । केराका चाङको फोटो खिच्दा केरा व्यापारीले प्रसन्न भएर हामीलाई एक काइ“यो केरा उपहार दियो, लिन्न भन्दा पनि मानेन । त्यस्तै गरी अर्काे एउटाले नाम नजानेको गुलियो अचार दियो । कही“कही“ एउटै क्षेत्रमा धान रोप्दै गरेको, धान हरियो भएको र धान काट्दै गरेको दृश्य देख्दा अपरिवर्तित मौसमले आश्चर्यचकित तुल्यायो । यस्तैयस्ता परिस्थितिबाट गुज्र“दै राती ११ बजेतिर हामी कन्याकुमारी आइपुग्यौं र भूपथि लजमा बास बस्यौं ।

अर्काे दिन बिहान सबेरै हामी सूर्याेदय हेर्नका लागि समुद्री तटमा पुग्यौं । त्यहा“ प्रसिद्ध तमिल कवि तुरुबल्बरको १३३ फिट अग्लो सालिक, स्वामी विवेकानन्दको स्मारक र श्रीआदि शङ्राचार्यको मन्दिर समुद्रभित्रै बनाइएको रहेछ । त्यस ठाउ“लाई त्रिवेणी सङ्गम भनि“दो रहेछ । मण्डुक तीर्थ भनिने त्यो ठाउ“ धार्मिक दृष्टिले काशीको गङ्गाजत्तिकै महिमाशाली रहेछ । यसमा पूर्वतिर बङ्गालको खाडी, पश्चिमतिर अरब सागर र दक्षिणमा हिन्द महासागर भएकाले यो भारतमा रहेको तीन सागरको त्रिवेणी रहेछ । त्यसलाई विभिन्न तीर्थको सङ्गम पनि मानि“दो रहेछ । तीनतिर समुद्रले घेरिएको कन्याकुमारी पनि लगभग टापुकै ढा“चाको सानो बस्ती, त्यहा“बाट ४० किमी पार गर्दा श्रीलङ्का पुगिने रहेछ । तीन किमी वरपरबाट सूर्याेदय र सूर्यास्त देखिने निकै रमणीय स्थल...। त्यस दिन बिहान बादल लागेकाले सूर्याेदय देख्न पाइएन । त्यहा“ छेउछाउका सुनामी स्मारक आदि हेरिसकेपछि बम्ह्रा, विष्णु, महेश्वरको ताणुमालिङ मन्दिरतर्पm प्रस्थान ग¥यौं । त्यस मन्दिरमा पुरुषहरूले माथिका लुगा खोलेर देब्रेतिर राखी दर्शन गर्नुपर्ने अनौठो चलन रहेछ । त्यहा“ गणेश, नन्दी, दत्तात्रय, त्रिदेव, हनुमान् आदिका भयानक मूर्ति रहेछन् । भित्रका ढुङ्गे खम्बा अलि होचा भए पनि लगभग अन्तका जस्तै । त्यसको बाहिरपटि पोखरीका बीचमा एउटा मन्दिर, हाम्रो रानीपोखरीको स्मरण गराउने । ती सबको दर्शन गरी फर्किने क्रममा वाक्स म्युजियम हेरियो । त्यहा“ निर्मित महात्मा गान्धी, राजीव गान्धी, मनमोहन सिंह, अभिताभ बच्चन, शाहरूख खान, विवेकानन्द, मदर टेरेसा, जयललिता आदिका पूर्ण कदका हुबहु मैनका मूर्तिहरू हेरिसकेपछि हामी कन्याकुमारीको दर्शन गर्न गयौं । त्यहा“ पनि पुरुषले माथिको लुगा लगाउन नपाइने रहेछ । यसपछि खानपिन गरी दिनभर घुमघाम गरियो र बेलुका सनसेट हेर्न समुद्रमा गइयो, तर बादलले गर्दा देखिएन । पूर्णिमाको दिन परेको हु“दा सामुद्रिक छाल अद्भुत भएकाले निकै रातीसम्म त्यही दृश्य हेरेर बिताइयो । बेलुका खाना खान जा“दा एउटा होटेलमा अठार भाषाको ज्ञाता एम् ए गरेको बेरा देख्दा सारै विरक्त लाग्यो । उसले नेपाली र नेवारीमा समेत हाम्रो भव्य स्वागत ग¥यो । त्यसै दिन कलकत्ता निवासी एकजना बुज्रुकले नेपालको हालखबर सोध्यो । हामीले ठीकै छ भन्दा त्यो खुब झाेंक्कियो । हामी चुपचाप बाटो लाग्यौ“ । दिनभरको घुमफिरले थकित भएको हु“दा त्यस रात मस्तस“ग सुतियो ।

अर्काे दिन बिहान सनराइज हेर्न गइयो, अलिअलि देखियो पनि । समुद्रको उर्लंदो छालमा तैर“दै, उफ्र“दै, अलिअलि पानी निल्दै पानी छ्यापाछ्याप गर्दै निकै बेर बिताइयो । समुद्रको छालले हुत्याउ“दा र उफार्दाको मजा नै अर्कै ।

तीन बजेतिर त्यहा“बाट ८२ किमी टाढा पर्ने केरलाको राजधानी त्रिवेन्द्रम्का लागि बसबाट प्रस्थान गरियो । बसमा एउटा अङ्ग्रेजी बुझ्ने विद्यार्थी भेट्दा प्रसन्नतापूर्वक गफ गरियो । त्यो केटी निकै फरासिली रहिछ । अन्यत्र बाटामा न्यून बस्ती पाइए पनि त्यो बाटो पूरै बस्तीले ढाकिएको प्रत्येक घरमा नरिवलका रूख ... । घरको छानो छेडेरसमेत नरिवल फलाएको । त्यहा“ एक जातको अनौठो रातो केरा पाइ“दो रहेछ, स्वाद भने ठीकैको । त्यहा“ पाइने कतिपय केरा छुचुन्द्रालाई बिर्साउने खालका अनि कतिपयचाहि“ घोडालाई सम्झाउने खालका थिए । त्यस क्षेत्रमा नरिवल र केराबाहेक अरू उत्पादन केही हु“दो रहेनछ । नरिवलै नरिवलको भूमिमा सुकेको नरिवल नपाइनुचाहि“ अनौठै लाग्यो । त्यहा“का मान्छेको मुख्य खेती यताबाट गएकालाई ठग्नु रहेछ । ती मान्छे ठग्न अति खप्पिस । लङ्काको सुन, सक्कली मोती, मुगा, स्फटिक, शङ्ख आदि भनेर हामी यतापटिबाट गएका लाहुरे नेपालीलाई खुब ठग्दारहेछन् । हाम्रो टोली त्यताको ठाडो लुटान र कटानमा नपरे पनि व्यापक ठगानमा भने सर्वत्र प¥यो । त्यसरी ठगिनुमा कतिपय कोणबाट हामी स्वयं पनि जिम्मेवार रहेछौं । ड्राइभर खलासीलाई सरका सर लाउने, पत्रकार हु“ भनेर फुइ“ देखाउने आदि वृत्तिले पनि हामी निकै ठगियौं । ट्राभल एजेन्सीहरूले ठगेको त हिसाबकिताब गरी साध्यै छैन । त्यतातिर भेटेजति मानिसले म्यानर सिक्नचाहि“ बा“की नै रहेछ । नेपालमा कम भनेको त त्यता झनै शून्यप्रायः ।

त्यताका मन्दिरमा देब्रे परिक्रमा गराइ“दो रहेछ । नाक दाहिने छेड्ने र त्यतातिरका स्कुले बच्चाले जुत्ताचप्पल र महिलाहरूले लिपिस्टिक नलगाएको देख्दाचाहि“ अनौठै लाग्यो । सा“झपख त्रिवेन्द्रम् पुगी केही क्षण घुमघाम गरेर त्यो रात एउटा टुरिस्ट गेस्ट हाउसमा बिताइयो ।

११ गते बिहान राप्ती सागर रेल चढियो, बाटामा अति पानी परेकाले रेल केही ढिला भयो । हामी बुढाबुढी पा“च नम्बर डिब्बामा र अरू एघार–बार नम्बर डिब्बामा थिए । हामीस“ग फुइ“बाज एकलका“टे परिवार परेछ । तिनीहरू बडो फुर्ती साथ फलाना र चिलानालाई भन्दै रेलमा ल्याएका कु“डाकर्कट सोहोर्न व्यस्त रहन्थे । हामीहरूचाहि“ विभिन्न डिब्बामा घुम्दै त्यहा“ भेटिएका नेपालीस“ग गफ गथ्र्याै । रेलमै हवाइ इन्जिनियर दम्पतीस“ग निकै दोस्ती भयो । तिनीहरू निकै रमाइला थिए । सरस्वती नामकी ती महिलाले हि“ड्ने बेलामा पशुपतिमा चढाइदिनु भनी केही भेटी थमाइन् । इन्जिनियरले त्यताको भाषाबारे अकबर र वीरबलको एउटा जोक सुनाए— ‘अकबरले वीरबललाई त्यहा“को भाषा बुझ्न निकै जनालाई पठाएछन् । सबै फर्किईसकेपछि अन्त्यमा वीरबल एउटा हलुङ्गेको लोटामा ढुङ्गा हालेर हल्लाउ“दै आइपुगेछन् । अकबरले झोंक्किदै यो के गरेको भन्दा वीरबलले महाराज यहा“को भाषा हलुङ्गेको लोटामा ढुङ्गा हालेर हल्लाउ“दा आउने आवाजजस्तै रहेछ ।’ त्यहा“को भाषा सुन्दा यो जोक निरर्थक लागेन ।

रेलमै दुईजोडी पूर्व विद्यार्थी नेता भेटिए । तीमध्ये एकले त्यताको खानपिन र ठगठागबाट दिक्क भएर भनेका थिए— ‘कुनै नेपालीलाई कठोर सजाय दिनुपरे एक महिनाजति दक्षिण भारत घुम्न पठाइदिए हुने रहेछ’ । उनको कुरो सारै नाजायज पनि थिएन । रेलभित्रै बस्दै, हि“ड्दै, सुत्दै निरन्तरको यात्राबाट १४ गते बिहान गोरखपुर आइपगी दुईटा सुमो रिजर्भ गरेर १० बजेतिर भैरहवा आइपुगियो । त्यहा“ बुढो गोरु डुक्रिएको अनि बहरहरू उफ्रिएको दृश्य कल्पनातीत थियो । त्यहा“बाट सबै तितरबितर भए । हामीचाहि“ सारै थकित भएकाले त्यही“ बस्यौ“ । राजु भुसाल र कपिल लामिछानेले लुम्बिनी घुमाए । बेलुका सिद्धार्थ साहित्य परिषद्ले हाम्रो सम्मानमा भव्य कार्यक्रमको आयोजना ग¥यो । संयोगै भनौं यताबाट हि“ड्ने अगिल्ला दिन र उताबाट फर्किने अगिल्ला दिन सम्मान ग्रहण गरियो । त्यस रात त्यही“ बसी भोलिपल्टको टुरिस्ट बसबाट ४ बजेतिर हामी काठमाडौ“ आइपुग्यौ“ ।

हाम्रो यात्रा टोलीमा ५ थरी मान्छे देखिए । एक थरी उपचारका लागि चेन्नैसम्म गएका, अर्को थरी दसै“ मनाउन र मौका परे झि“गेदाउ खेल्न हि“डेका, तेस्रो थरी तीर्थयात्रा र भ्रमण गर्ने उद्देश्य लिएका, चौथो थरी शुद्ध तीर्थयात्री अनि पाचौ“ थरीचाहि“ पारिवारिक यात्रा भन्दै बीचबीचमा अल्पि“दै र हरेक ठा“उमा पत्रे फुइ“ देखाउ“दै एकाङ्गी पाराले हि“ड्ने । हामी घुमेका सबैजसो ठाउ“हरू कम रमाइला थिएनन् । ती पर्यटकीय दृष्टिले र तीर्थयात्राका दृष्टिले पनि जीवनमा एकपटक हेर्न लायकका निकै आकर्षक तर हाम्रो टोली भने सारै भद्दा र विकर्षक । एकथरी भन्थे हामीलाई हामी चार भए केही चाहिन्न । सा“च्चै त्यस्तै भए त्यस्ता लन्ठुलालले किन सामूहिक यात्रामा अगि सर्नु ? जता मन लाग्यो उतै मुन्टिए भइहाल्यो नि । घरमा दराजका दराज लुगा भएको फुर्ती लाउने र रेलमा घुमाउन ल्याएका झत्तासमेत सोहोर्ने वृत्तिले गर्दा तिनका फुर्ती स्वतः बुझ्ने खालका थिए । आपूmले घुमेको र खाएको उत्तम र अरूले अरूस“गको खत्तम भन्ने तिनको पारिवारिक रोगै रहेछ । आपूmलाई भारतीयजस्तै देखिएकोमा पनि तिनीहरू गर्वबोध गर्थे । पटकपटक दोहो¥याएर यसो गरे“ र उसो गरे“ भन्दै फुइ“ देखाइरहन्थे । अरूको कुरा काट्नु र टप पल्टिनु तिनीहरूको जन्मसिद्ध अधिकारै रहेछ । अर्काथरीले काजको निहु“ बनाई घरबाट हि“डेर भारतीय मद्यमांशको विनाश गर्नु र जताततै झि“गा मार्दै हि“ड्नुभन्दा ती काम यतै गरेको भए भइहाल्थ्यो नि । एक खाले बज्रस्वा“ठ सामूहिकता पटक्कै नबुझेका जतिखेर पनि सनक्क सन्किएर बुरुक्क उफ्रिने पित्तलभु“डे सन्कन्दास ... । हामी प¥यौ“ तेस्रो थरी । हामीले भेटेजति ठाउ“का देवीदेवतालाई दर्शन गर्न पनि छोडेनौ“ र पर्यटकका हिसाबले विभिन्न ठाउ“को अवलोकन गर्न र फोटा खिच्न पनि बा“की राखेनौ“ । तथाकथित विद्वान् कहलिएका खोक्रे पण्डितभन्दा स्याङ्जाली पण्डित निकै रमाइला थिए । बेलाबेला अङ्ग्रेजी छा“टेर सबैलाई ह“साउ“थे । कल्याणकी आमा सा“च्चिकै कल्याणकारी गौप्राणी थिइन् । शशिकी स“गिनी उति व्यावहारिक नभए पनि भुन्टाभुन्टीचाहि“ रमाइलै थिए । बगालेजी कम बोल्ने, सारै सोझा । माधव झि“गेदाउमा चुपीचण्डाल, जा“दाको रेल यात्रादेखि पुट्टपर्ती हु“दै भैरहवासम्मै । रामप्रसाद सबैतिर घुलमेल हुन खोजे पनि दसै“ मनाउनेतिरै बढी तल्लीन । कल्याणको त कुरै नगरौ“, उनलाई साथीभाइले कृष्ण नै भन्दा रहेछन् । शशिलाई परिवारले गर्दा केही खुम्च्याएको देखिन्थ्यो । उनी खराब थिएनन् ।

यसरी बेग्लाबेग्लै उमेर समूह र बेग्लाबेग्लै रुचिक्षेत्र भएका व्यक्तिहरू एकै ठाउ“मा यात्रा गर्दा अनि रुचि नमिल्ने यति ठूलो समूहमा यात्रा गर्दा उति मजा आउ“दो रहेनछ । रेलमा भेटिएका अपरिचित नेपालीहरूस“ग जति अन्तत्र्रिmयासमेत पूरै समूहमा भएन । ठाउ“ जतिसुकै सुन्दर भए पनि साथ र मन सुन्दर नहु“दाको यात्रा त्यति आनन्ददायी नहुने रहेछ । ठूलो समूहका कारण हामी त्यताकाबाट निकै ठगियौ“ पनि । यसपटक हामी घुमेका सबै ठाउ“ एकपटकलाई हेर्न लायक नै भए पनि प्रायः समान रुचिक्षेत्रका ६–८ जनाको भन्दा ठूलो समूहमा यात्रा गर्नु उति राम्रो नहुने अनुभव गरियो । यसपटकको दक्षिण यात्राचाहि“ महाजात्रा नै भयो तर केही छैन यो पनि जिन्दगीको एउटा अनुभवै हो । यस्ता अनेकौ“ अनुभव स“गाल्दै हि“ड्ने मेरो बानी भएकाले फेरिफेरिको यात्राका लागि यो एउटा रामै्र अनुभव भएको छ । सायद जीवनमा यसप्रकारको निरस यात्रा दोस्रो पटक गरिने छैन ... ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।