आउने जाने जीन्दगीको, चलिरहन्छ रित
रोएदेखि आँशु बन्छ, गाए बन्छ गीत
तिमीलाई दुःख, मलाई नि दुःख, सबैलाई छ दुःख
मन भित्र बसेको हुन्छ, सधैं मानिसको दुःख
आउने जाने जीन्दगीको चलिरहन्छ रित
खुशी हुने मन भए, बनाऊ दुखलाई नै मित
यो शरिरको स्वभावै हो, एकदिन छाडी जाने
हाँसी खुसी बिताऊ जीवन, के छ र मरि लाने