15 वर्ष देखी निरन्तर
समकालीन साहित्य

गीत

गीत राज कुमार पुडासैनी July 5, 2010, 2:35 pm

यस्तो लाग्छ बोलिरहुँ, बिताइरहुँ रातहरु

थामीरहुँ हातहरु नछोडेर साथहरु

जीन्दगीका यादहरु यतै कतै अल्झिन्छ कि

खुशीहरुसँग कतै दु:ख पनि पोखिन्छ कि

पोखरीको वरपर फूलिरहने लेउ जस्तै

बास्ना छरी फुल्ने फूल कोहि आई टिपे जस्तै

मायाका ती रहरहरु यतै कतै सकिन्छ कि

आम्ने साम्ने हाम्रो मन अब बरू छेकिन्छ कि

नुवाकोट, हाल: बेल्जियम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।