टोलाएर पर्खि बसें,शरदको जूनलाई
धर्ती झरी रोक्छ कि ता, सधैंभरि रुनलाई
कैयौं राती सापटीमा, लिएँ केही मन्द हाँसो
त्यही हाँसो बनिदियो, खुशी खोसी लिने पासो
रित्तो ठाने हुन्छ अव, छैन केहि दिनलाई
धर्ती झरी रोक्छ कि ता, सधैंभरि रुनलाई
भेट हुँदा पीडा साट्ने, चौतारी’नी त्यही थियो
फर्कि आउने वाचा दिई अन्त बाटो मोडी दियो
छायाँ बनि पराया भो, सकिदैंन छुनलाई
धर्ती झरी रोक्छ कि ता,सधैंभरि रुनलाई
कैलाली