14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

झिलिमिली रात्रिबजार: वाङ फु चिङ

नियात्रा डा. रविन्द्र समिर July 6, 2010, 7:14 am

‘आज डिनरपछि वाङ फु चिङ रात्रि बजार घुम्न जाऔँ’ – बेइजिङ पुगेको अर्को दिन हृयारीले प्रस्ताव राखे । भर्खर पहाडबाट सहर झरेको ठिटोभैmँ वाल्ल परेको म नयाँ ठाउँ घुम्न पाएकोमा मख्ख परेँ । हृयारी, सिधु, जेमा, बटेसी र जेनासँगै ट्याक्सीमा बसेर हामीहरू वाङ फु चिङ मार्केटतिर लाग्यौँ । बेइजिङमा ट्याक्सी ड्राइभर बस्ने छुट्टै बन्द क्याबिन हुँदोरहेछ र सबै गाडीहरूमा ड्राइभर देब्रे साइडमा बस्दा रहेछन्, हाम्रोभन्दा ठीक उल्टो चलन । दस युआनमा मिटर स्थीर रहृयो र हामीहरूले प्रिन्टेड बिल तिरेर वाङ फु चिङमा ट्याक्सी छाड्यौँ ।

बेइजिङको सबैभन्दा ठूलो व्यापारिक बजार तथा विश्वप्रसिद्ध रात्रिबजारको उपमा पाएको वाङ फु चिङ रात्रिमा सप्तरङ्गी विद्युतीय प्रकाशले सधैँ लक्ष्मीपूजाको रात्रिमा नयाँसडक र ठमेलको झझल्को दिइरहेको हुन्छ । सात सय वर्ष पुरानो वाङ फु चिङ बजार बेइजिङको मुटु तियानमेन स्क्वायरको पूर्वदेखि चिनियाँ आर्ट ग्यालरी तोङ चेन एभेनुसम्म पैmलिएको छ । यसको दक्षिणपूर्वमा बेइजिङ होटल र उत्तरमा चिङ्यु हुटोङलगायत प्यालेस होटलहरू छन् । ग्रयाण्ड होटल, हायत रिजेन्सी होटललगायत प्रसिद्ध पाँचतारे होटलहरू वाङ फु चिङका आकर्षण बनेका छन् । यो ठूलो बजारभित्र कुनै पनि गाडीहरू प्रवेश गर्न पाउँदैनन्, केवल पब्लिक बसमात्र छेउबाट हिँड्न पाउँछन् ।

यहाँ अवस्थित ओरिएन्टल प्लाजाको भव्यता अनुमानभन्दा बाहिरको छ । बेइजिङ डिपार्टमेन्टल स्टोरको सदाबहार सुन्दरता सिँगारिएका बेहुलीभन्दा कम छैन । बेइजिङकै सबैभन्दा ठूलो पुस्तक पसल वाङ फु चिङ बुक स्टोरमा करोडौँ पुस्तक सजिएका छन् । अङ्ग्रेजीलगायत विदेशी भाषाका पुस्तकहरूको लागि वाङ फु चिङ बुक स्टोर प्रसिद्ध छ । विद्युतीय भ¥याङहरू चढेर पुस्तक पसल चहार्दा हाम्रो सातो जान्छ, कति महँगो मूल्य ?

चीनमा बीस वर्ष पहिलेसम्म रात्रि जीवन कुन चराको नाउँ हो थाहा थिएन । खासगरी देङ स्याओ पिङको उदार अर्थनीतिको कारण अहिले चीनमा स्वतन्त्रता तीव्रगतिमा बढिरहेको छ । कसिला भेस्ट र टपक्क टाँसिएका मिनिस्कर्टमा सेता तिघ्रा देखाउँदै हिँडिरहेका केटीहरूले माइली औँला र साइली औँलाको बीचमा चुरोट च्यापेको पनि कति सुहाएको ! खम्बा, भवन, टेलिफोन बुथ वा बृक्षको आडमा चुम्बन गरिरहेका जोडीहरू यत्रतत्र भेटिन्छन् । न उनीहरूलाई कसैको लाज डर छ, न कसैलाई उनीहरूको रोमान्सप्रति मतलब । सबै आ–आफ्नै धूनमा व्यस्त छन् ।

वाङ फु चिङ पसलहरू पनि किसिम–किसिमका छन् । तो साओ ? (कति पर्छ) भनेर मैले जिन्सको प्यान्टको भाउ सोधेँ – ५०० युआन ! लाजै नमानी युवतीले भाउको पारो चढाई । जाबो प्यान्टलाई पनि पाँच हजार रुपियाँ तिर्ने ? म अगाडि बढ्न खोज्दछु, केटीले मेरो मनोविज्ञान अध्ययन गर्दै भाउ घटाउँदै जान्छे – ३०० युआन ! २०० युआन !! १०० युआन !!!’ ‘ऊ शि ?’ (पचास युआन) मेरो जवाफमा युवती व्यङ्ग्यात्मक हाँसो हाँस्दछे । म उम्किने प्रयत्न गर्छु, उसले प्यान्ट प्याक गरी हातको इशाराले ‘हुन्छ’ भन्छे । बाबा ! कस्तो चर्को बार्गेनिङ !

त्यहाँबाट हामीहरू अगाडि बढ्छौँ र हजारौँ मान्छेको समुद्रमा थोपा सरी बिलाउँछाँै । ‘टेन युआन सप’– सयौँ थरी सामान सजाएर राखिएको पसल देखेर, हामीहरू किनारा लाग्छौँ । चप स्टिक, थर्मस, आइरन, सजावटका सामग्रीहरू, माओको तस्बिर अङ्गित घडी, लाइटर, चक्कु, उपहार सामग्रीहरू, चीनका परम्परागत सामानहरू, केटाकेटीका खेलौना, एफ्.एम्. रेडियो ...। सित्तैमा पाए नौ माना चुक खाने उखान चरितार्थ भयो त्यहाँ अर्थात् हामीहरूले चाहिने÷नचाहिने सामानहरू किनेर टाट पल्टियौँ । अझ श्रीलङ्काका सपिङ क्वीनहरू (गीथा, गिशान्ति, कान्ति बन्दरनाइके) ले किनेका सामानहरू देख्दा हामीहरूले जिब्रो टोक्यौँ ।

अर्को रात हामीहरू टि.सि.एम. हस्पिटल अगाडिबाट १०४ नं. को बस चढेर आर्ट ग्यालरी हुँदै वाङफुचिङ पुग्यौँ । पसलमा १० युआन, १५ युआन, २० युआन, २५ युआनका टि–सर्टको लाइन देख्याँै, कति सस्तो हो ? विभिन्न रङ÷रूपका टि–सर्टहरू किनेर हामीहरू डिपार्टमेन्टल स्टोर एवम् सडक बजार घुमिरहृयौँ ।

प्रायः जसो रात हामीहरू घुम्दै फिर्दै वाङ फु चिङ पुग्थ्यौँ । कहिले बसमा, कहिले ट्याक्सीमा, कहिले अन्डरग्राउण्ड टे«नमा, कहिले आफ्नै ११ नं. को गाडीमा...। वाङ फु चिङ हाम्रो लागि पानी पँधेरो भएको थियो । झिलिमिली रात, झिलिमिली सामान, झिलिमिली युवतीहरू, शरीरमा बियरको झिलिमिली तरङ्क...आहा ! उज्यालो नभए पनि हुन्थ्यो नि !

गाइड ! गाइड ! कनिकुथी २/४ शब्द अङ्ग्रेजी बोल्ने केटीहरू हाम्रो पिछा गर्दथे । ‘नो गाइड ! मसाज÷ससाज !!’ हृयारीले नशाको तालमा लक्ष्मणरेखा पार ग¥यो । त्यसपछि ती गुलाबका पूmलहरूले हृयारीलाई लिएर मसाज पार्लरतिर लागे । ‘मसाजको ५० युआन, ससाजको ५०० युआन’ – हृयारी भोलि साथीहरूसहित आउँछु भन्दै फुत्केर हाम्रो हुलमा मिसियो । ‘ब्युटिफुल गर्ल !’ अर्को केटाले दलाली गर्न पिछा लाग्यो । विभिन्न देशका झन्डै दर्जन ठिटीहरूसँग नारिएर हिँडेका हामीलाई त्यो शब्दले स्पर्शसमेत गर्न सकेन । ‘छाङ्, छुङ् छुङ्’ दुईजना मगन्ते केटाहरू हाम्रो वरिपरि हात पैmलाउन थाले । यति विकसित एवम् समृद्धशाली देशमा पनि मगन्तेको अभाव रहेनछ– १÷२ जियाओ पैसा दिएर हामीहरू क्याप पसलतिर लाग्यौँ । ‘वाह ¤’ म खुसीले बुरुक्क उफ्रिँए । ‘के भयो रवीन ?’ क्याप पसलमा विभिन्न देशका टोपी एवम् टोपको तस्बिरको समूहमा मैले राजा महेन्द्र र बी.पी. कोइरालाको तस्बिर देखेँ । राजा महेन्द्र ढाकाको टोपी र बी. पी. कोइरालाले कालो भाद्गाउँले टोपी लगाएको तस्बिर देख्दा म राष्ट्रवादले ओतप्रोत भएँ । एक/एकवटा क्याप किनेर हामीहरू जुत्ता पसलतिर लाग्यौँ । जुत्ता पसलको बाहिर जुत्तामा एउटा/एउटा खुट्टा हालेका पुतलीजस्ता बच्चाका मूर्तिहरू भुइँमा जोडिएका थिए । विज्ञापनको यो काइदा पनि गजबको लाग्यो, हामीहरूलाई ।

१०४ नं. को बस चढेर वाङ फु चिङ पुग्ने बेलामा ठूला अक्षरमा Nothing is impossible लेखिएको भित्तो देखिन्छ । हाम्रो केटी साथीहरूले impossible भन्दा १०४ नं. को बस चढेर वाङ फु चिङ जाउ भनेर ब्ल्याकमेल गथ्यौँ हामीहरू । वाङ फु चिङ सडकमा रिक्सा तानिरहेको चालकसहितको रिक्साको मूर्तिमा बसेर फोटो खिचाउने होडबाजी चलेको थियो । हामीहरूले पनि पालैपालो फोटो खिचायौँ । एक चिनियाँ भलाद्मीले व्याख्या गरे – चीनमा गाडीहरूको विकास नभएको युगमा यस्तै साधन प्रयोग गर्थे, चिनियाँहरू । विशेष गरी विराटनगर, भैरहवा, बुटवल र नारायणगढमा पसिना चुहाएर २/४ रुपियाँ कमाउने दाजुभाइहरू सम्झेर मैले कामना गरेँ – हाम्रो देशका रिक्साहरू कहिले मूर्ति हुने होलान् ?

आइतबार बिहान फिलिपिन्सकी मित्र लिन्डाले वाङ फु चिङ चर्चमा प्रार्थना गर्न जाऔँ भनी । क्रिश्चियनहरूको जमघट हुँदोरहेछ, प्रत्येक आइतबार त्यहाँ । अघिल्लो रातको चर्तिकला देखेर प्रानी र जिङमिङले म र सिधुलाई खुबै छेड हाने । अघिल्लो रात हामी चारजना वाङ फु चिङमा घुमेका थियौँ । हिँड्दाहिँड्दै थाकेर चर्चका बगैँचामा बसेको बेला दुईवटा ठिटीहरूले म र सिधुलाई इशारा गरे । हामीहरू प्रानी र जिङमिङलाई छलेर ती केटीहरूसँग छिल्लिँदै मोलतोल ग¥यौँ । हाम्रो उद्देश्य ‘त्यो’ थिएन, केवल रमाइलो गरेका थियौँ, प्रानी र जिङमिङले हामीलाई छाडेर होटलतर्पm लागेछन् र हामीहरूलाई स्पष्टीकरण दिँदादिँदा हैरान !

तियानमेन स्क्वायरमा चङ्गा उडाएर थकित भएपछि हामीहरू हिँड्दै वाङफुचिङ आयौँ । ‘१५ युआन ट्रेन !’ सानो कलात्मक रेलमा १५ युआनको टिकट लिएर हामीहरू बस्यौँ । ट्रेन वाङ फु चिङबाट टि.सि.एम. अस्पतालपछाडिको लामो पार्क हुँदै आधा घन्टामा पुनः वाङ फु चिङ पुग्यो । त्यसपछि हामीहरू वाङ फु चिङको छेउमा अवस्थित मनोरञ्जन स्थलतर्पm लाग्यौँ । त्यहाँ ‘बन्जिङ्क जम्प’ भन्दा कहालीलाग्दो खेल चलिरहेको थियो । चारैतिरबाट पेटीले बाँधिएर, टाउकोमा अन्तरिक्ष यात्रीले जस्तो मास्क लगाएर म, हुई गाओ र सोफिया डराइडराइ बस्यौ र बटन दबाएपछि हवाईगतिमा हामीहरू सयौँ मिटरमाथि पुगेर स्वात्त तल झ¥यौँ । मुटु नै सिरिङ्क भएर आयो । त्यसपछि हाम्रो सिट तलमाथि रोल गर्दै हामीहरूलाई आकाशमा मथ्न थाल्यो भुइँमा ओर्लिएपछि अर्को समूह हामीजस्तै आकाशमा मडारिएको देख्दा डरले छाती ढुक्क फुल्यो । अर्को रात त्यसै ठाउँमा अवस्थित माइक्रोबसजस्तो थेप्चो गाडीमा पस्यौँ । गाडी अन गरेपछि हामीहरू बेइजिङवरिपरि घुम्दै आकाशतिर लाग्यौँ । आकासिँदै चन्द्रमाको छेउमा पुग्यौँ, सूर्य हुँदै तारामण्डलतिर लाग्यौँ । त्यहाँबाट पृथ्वी र चन्द्रमा तल देखिए । हे भगवान् ¤ मलाई नेपालमै खसाइदेऊ ¤ म बेजोड अनुभव र कहालीलाग्दो यात्राबाट पृथ्वीमा पुग्न पाए त हुन्थ्यो भन्ने प्रार्थना गर्न थालेँ । यात्रा सकिएपछि ढोका खुल्यो, त्यो गाडी त जमिनमै टाँसिएर तल÷माथि, माथि÷तल मात्र गर्दोरहेछ, भ्रमणशील दृश्यहरू त्यही गाडीभित्र संयोजन गरिएका रहेछन् । जे होस् ¤ खगोलमण्डल भ्रमणको अनुभूति दियो, वाङ फु चिङले ।

एक साँझ हामीहरू वाङ फु चिङतिर बरालिएको बेला त्यहाँ सधैँ लाग्ने ‘फुड–फेस्टिबल’ मा पुग्यौँ । करिब १ कि.मी. लामो क्षेत्रमा चाइनिज परिकारहरू पकाउँदै, तात्तातै खाँदै हजारौँ मान्छेहरू रमाइरहेका थिए । स्टार फिसलगायत माछाका परिकारहरू, सामुन्द्रिक खानाका व्यञ्जनहरू विभिन्न प्रजातिका चराका परिकारहरू, सर्प, भ्यागुता, माउसुली, झुसिल्कीरा, झाँतेकीरालगायतका कीरा, फट्याङ्ग्रा, गड्यौलाहरू आदि स्वाद मानीमानी भोजनप्रेमीहरू रमाइलो गरिरहेका थिए । हामीहरूले स्टार फिस, सि–फुड, पोलेका मकै र सर्पको सुप धमाधम खाइरहेका बेला भेनेजुएलाको साथी एलेन्द्रो टुप्लुक्क त्यही आयो । उत्तानो परेको भ्यागुतो र काँचुलीसहितको सर्पको परिकार उसले के सुँघेको थियो, बेहोश भएर सडकमा ढल्यो । त्यसपछि हामीहरूले उसलाई ट्याक्सीमा राखेर होटल पु¥यायौँ ।

द्वन्द्वको त्रासदीको कारण बेलुकी खाना खाएर सुत्ने बानी परेको, रातभर वाङ फु चिङ भ्रमणको उष्णताले बोसो पग्लिएर पेट स्वात्तै घट्यो । हेर्दाहेर्दै फर्सीजस्तो मेरो पेट लौकाजस्तो भयो । विभिन्न देशबाट आएका पर्यटकहरू र चिनियाँहरू निस्फिक्री रातभरि वाङ फु चिङमा रमाइरहेको देख्दा लोभ लागेर आउँथ्यो र आपैmँलाई प्रश्न गर्न मन लाग्थ्यो–झिलिमिली काठमाडौँ सहरमा रातभर घुम्ने दिनहरू कहिले आउलान् ? बिहानदेखि साँझसम्मको शारीरिक एवम् मानसिक थकानलाई पुनर्ताजगी गर्ने संस्कार कहिलेदेखि सुरु होला ? आर्थिक विकासको उचाईको प्रतीक वाङ फु चिङमा बरालिने ठिटाठिटीहरू कति सरल छन् ? न गहना न महँगा कपडा, न फेशन, न कसैको मतलब, न चोरी डकैती, न कुनै प्रकारको असुरक्षा...। आर्थिक सम्पन्नता र जीवनको ग्यारेन्टी भएपछि मान्छेको मन पूर्णचन्द्रजस्तो हाँस्दोरहेछ, सयपत्री पूmलजस्तो खिल्खिलाउँदोरहेछ । मान्छेबीच ठूलो र सानो, धनी र गरिब ऊँच र निचको खाडल पुरिएपछि सबै उस्तै देखिने, दुरुस्तै लाग्ने ।

कामको व्यस्तता छ, कसलाई झगडा गर्ने फुर्सद ? कडा नीतिनियम छ, कसलाई उपद्रो गर्ने हिम्मत ? सबैको आफ्नै गौरवशाली जीवन छ, कसलाई चियोचर्चा गर्ने आवश्यकता ?

यस्ता सयौँ प्रश्नहरू वाङ फु चिङले मेरो मनमस्तिष्कमा डेरा जमाइसकेछ, त्यसैले त सपनामा भए पनि वाङ फु चिङ रात्रिभ्रमणको यदाकदा अवसर पाइरहेको छु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।