18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पहिचान

लघुकथा राजुराम मुनंकर्मी July 9, 2010, 7:10 pm

देशमा सम्पन्न भएको महान जनआन्दोलनमा कयौं व्यक्ति सहिद भए भने कयौं व्यक्ति घाइते भए । तिनै घाइतेहरुको फेहरिस्तमा परेका मोतिप्रसादले भने घाइते भएको प्रमाणलाई कमाई खाने भाँडो बनाए । देशमा लोकतन्त्र र गणतन्त्रको विधिवत स्थापना भईसकेपश्चात् सरकार परिवर्तनका खेलहरु पनि भईरहे । जुनसुकै दलको सरकार गठन भएपनि मोतिप्रसादलाई कुनै फरक परेन । स्वास्थ्य मन्त्रालय,गृह मन्त्रालयलगायत विभिन्न मन्त्रालयमा धाएर घाइतेको प्रमाण पेश गर्दै चन्दा र आर्थिक सहयोग बटुल्नु उनको दिनचर्या नै भईसकेको छ ।

यसरी समय बित्दै गर्दा जीवन मरणको दोसाँधमा अस्पतालको शैयामा छटपटाईरहेका कतिपय आप्mनो पहिचान गुमाईसकेका महान जनआन्दोलनका जिउंदा सहिदहरुले सरकारवाट राहत पाउन नसकेर अन्तिम सास गनिरहे ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।