14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

काभ्रेको साहित्यिक यात्रा र महाराजको रौद्र रुप

नियात्रा वासुदेव गुरागाईं July 9, 2010, 6:55 am

काभ्रे निवासी द्वारिका चौलागाईं मेरा पुराना मित्र । लामो समय भइसकेको छ उहाँसँगको उठ्बस् । ब्रह्मप्रिय पे्रमस्वरुपको पवित्र नामले पुकारिन थालेपछि पनि उहाँसँगको यो उठ्बस्मा कुनै कमी आएको छैन । घीउ रङको कुर्ता सुरुवालमा हृष्टपुष्ट शरीर अनि लामालामा तिलचामले दाह्रीजुँगा र केश उनको अहिलेसम्म कायम बाहिरी पहिचान । प्रायः साहित्यिक कार्यक्रममा उहाँसँग बढी भेटघाट भइरहन्छ र यही सिलसिलामा उहाँ मेरो खोजी पनि गरिरहनु हुन्छ आवश्यक पर्दा । मेरो आवश्यकतामा उहाँ कार्यालयमै धाउनु हुन्छ । यस्ता मान्छेसँग कुराकानी र बातचित भइरहँदा मेरा अरु मित्रहरु उहाँको बाहिरी स्वरुपलाई नियालेर कस्ताकस्ता मान्छेसँग यसको सम्पर्क छ ! भनेर ममाथि नै शङ्काको आँखा गुडाउन पनि बेर लगाउँदैनन् । ती मित्रहरुको यस्तो मनोविज्ञान बुझ्ने बित्तिकै म तिनलाई वास्तविकता बताइदिन्छु । उहाँ बूढानीलकण्ठ आश्रमसँग सम्बन्धित हुनुहुन्छ । साहित्य पनि उहाँको रुचिको क्षेत्र । मेरो जवाफले ती पक्क पर्छन् र हेरेको हे¥यै गर्छन् ।

२०६६ पुस २५ गते शनिबार । अभिनव साहित्य समाज जोरपाटी काठमाडौँले मासिक रुपमा आयोजना गर्दै आएको साहित्यिक कार्यक्रममा निमग्न भइरहेका हुन्छौँ,— मित्र कृष्णदेव रिमाल र म । हामी दुवै सँगै हुन्छौँ । यत्तिकैमा बाहिरी आवरणले जो कोहीमा शङ्का उब्जाइदिन सक्षम त्यही दाह्रीवाल व्यक्तित्व हाम्रा कानमा खुसुक्क मन्त्रणा गर्न आइपुग्छन्,—“आउँदो माघ २३ गते काभे्रको धुलिखेलमा आश्रमका तर्पmबाट साहित्यिक कार्यक्रमको आयोजना हुँदैछ । तपाईंहरु दुवैलाई अहिले नै निम्ता । स्वामी चन्दे्रशजी महाराज पनि जानु हुन्छ । कार्यक्रममा उहाँको प्रवचन हुन्छ । यस अघि पनि उहाँको प्रवचनमा तपाईं (पङ्क्तिकार) ले समय मिलाउन सक्नु भएन । त्यसैले यस पटकका लागि बेलैमा निम्ता छ । फरक नपरोस् । बरु कार्यक्रममा वाचनका लागि एउटा कविता पनि ल्याउन नभुल्नु होला ।”

एक महिनापछिको कार्यक्रम । त्यत्रो आदरसाथ पूर्व अभिलेखसमेत उतार गरी गरिएको निम्ता । कृष्णदेवजी र म दुवैले मुखामुख ग¥यौँ । दायाँबायाँ सोचिएन । स्वीकारसूचक टाउका हल्लायौँ र वचनको भिसा पनि आपैmँले लगाइदियौँ,—‘हुन्छ, हामी आउँछौँ ।’

२०६६ मङ्सिर महिनापछि यो वर्षभर विवाहको एउटै मात्र लगन बाँकी रहेछ,—माघ २४ गते । हुन त आवश्यकताको सिद्धान्त अपनाएर ज्योतिषहरु अरु दिन पनि यस्ता लगन निकाल्न खप्पिस भइसकेकाछन् हिजोआज । त्यति मात्र नभएर यही आवश्यकताको सिद्धान्तका आधारमा वरबधू र तिनका अभिभावकमा लगनबिनाको वैवाहिक कार्यक्रम पहिल्यै सम्पत्र गर्ने र पछि लगनका बेला त्यसलाई समर्थन गराउने लहर पनि सुरु भइसकेको छ । समाजले पचाउँदै गएपछि नहुने कुरो के नै पो रह्यो र ! तैपनि लगन पाएसम्म सबैले त्यसैमा छोपाछोप गर्छन् । माघ २४ गते वास्तवमा लगन समातेर वैवाहिक बन्धनमा बाँधिनेहरुका लागि एउटा औसर बन्यो । विवाहका थुपै्र निम्ता आइपुगे म कहाँ पनि । कतै केटाको, कतै केटीको । कतिपय निम्तामा त माघ २३ गते नै गएर सघाउपघाउ गरिदिनु पर्ने अवस्था पनि नआएको होइन । तर सबै कार्यक्रमलाई छलेर कृष्णदेवजी र म दुवै साहित्यिक कार्यक्रमको निम्ता मात्र धुलिखेल जाने निष्कर्षमा पुग्यौँ ।

यातायातका लागि आश्रमकै गाडी थियो । दुईतीन दिन अघि नै त्यसको समयसारिणीसहितको लिखित जानकारी हामीले पाइसकेका थियौँ । हामी आपूmलाई पायक पर्ने महाराजगञ्ज चोकमा बिहानको १०.२१ बजे उपस्थित भयौँ । त्यहाँ गाडी आउने समय १०.२० तोकिएको थियो । एकैमिनेट ढिला भएकोमा पनि हामीलाई कताकता असजिलो महसुस भइरहेको थियो । गाडी अभैm पन्ध्रबीस मिनेट ढिला आयो । यति हुँदाहुँदै पनि आउँदैछन् भत्रे जानकारी पाइएका बैरागी जेठा उर्पm घनश्याम अधिकारी छुटिहाले । गाडी अगाडि दौडियो । उनी पछिपछि पछ्याउन थाले । सबैको आग्रहमा झण्डै तीनसय मिटर पर गएर गाडी रोकियो । बैरागी जेठाले मुद्दा जिते, गाडीले हा¥यो । बोल्नेका अगाडि नबोल्नेले कहिले पो न्याय पाएको छ र ! उनी गाडीमा उक्लिए । गाडीले अग्रगमनका लागि पाङ्ग्रा गुडायो ।

बीच बाटाका साहित्यिक यात्रुहरुलाई आपूmमा समाहित गर्दै गाडी नयाँ बानेश्वर पुग्यो । समयसँग पौँठेजोरी खेल्न रुचाउने साहित्यकारहरु यहाँ पनि निकै रहेछन् । तिनका लागि पन्ध्रबीस मिनेट जति गाडी रोकियो समय गुजारेर । तर सन्तोष के भयो भने उभिने सिट पनि बाँकी नराखीकन गाडी भरिभराउ भयो । बुढ्यौलीमा आएको बैँस धात्र धौधौ परेको बूढोजस्तो गाडी सकीनसकी स्याँस्याँ गर्दै अगाडि बढ्यो । दुईचार जना थपिने ठाउँठाउँमा थपिँदै गए । तोकिएको समय केही ढिल्याएर १२.४५ बजे गाडी धुलिखेल पुग्यो । नगरपालिका भवनको मनोहर प्राङ्गणमा उभिएर आङ टक्टक्यायो । यात्रुहरु चउरभरि छरिए । रापिलो घाम । धुलिखेलको चिसोचिसो हावा । सबै जना छुट्टै किसिमको रोमान्चको अनुभूति गर्न थाले ।

यात्राका क्रममा भक्तपुरको पलाँसेबाट केही अगाडि बढेपछि बायाँतर्पm खोँच पारिपट्टि उभिएको शिवजीको विशाल मूर्तिले सबैको मन तानेको थियो । आँखा टाँसिएको थियो । मन प्रफुल्ल बनेको थियो । धुलिखेल ओर्लिएपछि पूर्व दिशाको दायाँतर्पm बीच जङ्गलमा ठडिएको अर्को विशाल बुद्धमूर्ति देखेपछि यात्रु मनले झन् स्वर्गीय आनन्दको अनुभूति गर्न थाल्यो । यो दृश्य देख्दा लाग्थ्यो व्यवहारले उनको (बुद्धको) उपहास भइरहे पनि अविचलित मुद्रामा उनले अभैm शान्तिका लागि खबरदारी गरिरहेका छन् । साँच्चै नै यो दृश्य निकै मनमोहक देखिन्थ्यो । हुन त धुलिखेलको पूर्वतर्पैm प्रसिद्ध गौखुरेश्वर महादेव मन्दिर तथा अलिक माथि डाँडामा कालिकादेवीको मन्दिर पनि कम आकर्षकका केन्द्र मानिदैनन् । यहाँबाट देखिने हिमाली दृश्यावलीहरुको त अझ कुरै नगरौँ । त्यो त्यति मनमोहक हुन्छ । तर त्यहाँसम्मको यात्रा आज कसैलाई जुरेको थिएन ।

स्थानीय साहित्यकार मित्रहरु सायद केही अघिदेखि हाम्रै पर्खाइमा थिए, खुला चउरको रापिलो घाममा मुसुमुसु हाँस्तै बसिरहेका । सायद उनीहरु भन्दै थिए,— नयाँ नेपालको नयाँ संविधान बन्दै गरेको घण्टाघरको सहरबाट आएका मान्छेहरु ! यस्तै हुन्छन् ।

माघको महिना । मौसममा थोरै बदली । कार्यक्रम नगरपालिकाभवनभित्र हलमा गर्ने कि बाहिर चउरमा ? एकछिनको समय यसैले खायो । करिब आधा घण्टाजतिको अलमल । हल उत्तरतर्पm फर्केको भगवान शिवको तपस्याभूमि हिमाल जस्तो चीसो । बाहिरी चउर दक्षिणतर्पm फर्केको राजा जनकको जनकपुर जस्तो तातो । बहुमत तातैका पक्षमा जम्यो, जब स्वामी चन्दे्रशजी महाराजले पनि त्यसमा सहमति गरे । सबै आ–आफ्ना लागि एउटाएउटा कुर्सी बोकेर चउरमा निस्के । कोही प्रकृतिको प्रत्यक्ष स्पर्शमा सोभैm चउरमा बस्न रुचाए । जे भए पनि अब जमघटले साहित्यिक कार्यक्रमको आकार ग्रहण ग¥यो ।

कार्यक्रमका मुख्य आकर्षण थिए— ‘स्वामी चन्दे्रशजी महाराज ।’ उनैको अनुमतिले कार्यक्रम अघि बढ्यो । कार्यक्रमकी उद्घोषिका बनिन्,— दीपा चौलागाईं । उनको भावभङ्गी हेर्दा कुशल उद्घोषणका लागि उनमा केही कमी भइरहेको प्रतीत हुन्थ्यो । उनी केही हड्बडाहटमा देखिन्थिन् । स्वामी चन्दे्रशजी महाराजको व्यक्तित्वका अगाडि बोल्नु पर्दाको परिणति पनि हुन सक्थ्यो यो । जे होस् साहसका साथ उनले कार्यक्रम सुरु गरिन् एउटा आध्यात्मिक भजन गायनका लागि सुप्रसिद्ध भजन गायिका पल्लवी राय चौधरीलाई कार्यक्रममा निम्त्याएर । हारमोनियमको सुमधुर सङ्गीतका साथ उनको गायन सुरु भयो । भजन संस्कृत भाषामा थियो । खुला चउर मसिनो नारी स्वर । बन्द कोठामा जस्तो जोडले स्वर गुञ्जन सकेन । त्यसमाथि सबैलाई सहज अर्थ सम्पे्रषण हुन नसक्ने संस्कृत भजन । अधिकांश स्रोता त्यसतर्पm आकर्षित हुनुको सट्टा आ–आफ्नै गफमा व्यस्त देखिए । वातावरण यस्तो देखिन्थ्यो,—निम्त्याइएका अतिथिको केही हदसम्म अपमान भइरहेछ । कार्यक्रमको उपहास भइरहेछ । तर उपस्थित स्रोताको नियत भने पटक्कै त्यस्तो थिएन । गायिका पल्लवी स्रोतातिर ध्यान नदिई भजन गायनमा निमग्न भइरहिन् । आफ्नो कर्तव्य कत्ति बिर्सिनन् । यस्तो धैर्यताले उनको व्यक्तित्वमा अभैm निखार थपिरहेको प्रस्ट हुन्थ्यो ।

भजन सकियो । स्रोताले ताली पिटे । भजन बुझेर होइन सकिएर । कार्यक्रमका नायक स्वामी चन्दे्रशजी महाराज बाख्राका खोरमा बाघले झम्टेभैmँ निकै रौद्र रुपमा स्रोतासामु वचनले जाइलाग्न पुगे,— ‘के हो तिमीहरुको चाला ? कार्यक्रम सुभारम्भ गर्दै एउटी अतिथि गायिका तिमीहरुका सामु भजन गाइरहेकी छिन् । तिमीहरु भने आ–आफ्नै गुटमा गफिइरहेका छौ । के तिमीहरु यिनलाई कम आँक्दैछौ ? तिमीहरुका अगाडि विभित्र भाषामा पचासौँ भजन कण्ठस्थ गाउन सक्छिन् यिनले । अर्काले भनेका कुरा तिमीहरु सुन्दैनौ भने तिम्रा कुराचाहिँ कसले सुन्छन् ? स्रोताहरु सातो उडेका बच्चाभैmँ रातो मुख लाएर चुपचाप आ–आफ्नै स्थानमा बसिरहे । महाराजको रौद्र रुप अभैm शान्त भइसकेको थिएन । स्रोतालाई छाडेर उनी फेरि उद्घोषिकातिर खनिए,— “तिम्रो उद्घोषण गर्ने क्षमता छैन । उद्घोषणको कला छैन । जसलाई कार्यक्रममा निम्त्याइरहेकी छौ उसैको नाम शुद्ध उच्चारण गरिरहेकी छैनौ । उनी अझ थप्दै थिए— उद्घोषकले कार्यक्रममा आफ्नो विद्वता छाँट्ने होइन, कार्यक्रम मात्र सुचारु गर्ने हो । महाराजको रौद्ररुपी यति अल्पप्रवचन सुनिसकेपछि उपस्थित सबै महानुभावको स्वत्व हरायो । ‘त्वम् शरणम्’ को स्थितिमा कार्यक्रम रुपान्तरण भयो र सुचारु रुपमा अगाडि बढ्यो ।

‘भुइँमा सियो खसेको आवाज पनि ज्ञात हुने’ वातावरणमा कार्यक्रम अघि बढ्दै गयो । सबैले आ–आफ्ना ताजा÷पुराना रचना सुनाए आ–आफ्नै ढङ्गमा । समयाभावले सबैलाई त्यो अवस्था पनि जुरेन । कतिका रचना खल्तीका खल्तीमै बास बसे । नियमित रात्रि विश्रामका लागि आ–आफ्ना गुँड पहिल्याउन तीसपैँतीस किलोमिटरको यात्रा फेरि यथासमय तय गर्नु पथ्र्यो काठमाडौँतिर । यसैले पनि सबैलाई समय नजुरेको हुन सक्छ रचना वाचनका लागि ।

कार्यक्रमको थोरै समय पुस्तक बिमोचनले पनि लियो । कवि ब्रह्मप्रिय पे्रमस्वरुपको ‘हृदयको माझमा’ नामक काव्यकृति पनि यसै कार्यक्रममा सार्वजनिक गरेका थिए कार्यक्रम नायक उनै स्वामी चन्दे्रशजी महाराजले ।

कार्यक्रमको अर्को मुख्य आकर्षण स्वामीजीको प्रवचन थियो । काव्यका विषयमा विभित्र रोचकघोचक प्रसङ्ग उनले सुनाए । कार्यक्रममा प्रस्तुत काव्यका सम्बन्धमा उनको एउटै निष्कर्ष समीक्षा थियो,— कविता मान्छेलाई उठाउने÷जगाउने खालको हुनुपर्छ, निराशा उत्पत्र गराउने खालको होइन । त्यो पनि देशपे्रमले ओतप्रोत कविता हुनु पर्छ, ताकि सबैले त्यस्तो काव्य हरहमेशा गाउँदै हिँडून् । समग्रमा कविताले देशप्रति अगाध आस्था जगाउन सक्नु पर्छ, न कि नराम्रा कुराहरुको व्यङ्ग्यात्मक प्रस्तुति मात्र ।

राजनीतिक घोचपेच, समसामयिक राजनीतिक असन्तुष्टि र विसङ्गतिका धेरै कुरा कवितामा व्यक्त भएको सन्दर्भमा स्वामीजीभन्दा पूर्ववक्ता अतिथि मेघनाथ काफ्लेको भनाइ थियो,— आज यहाँ प्रस्तुत भएका रचना राजनीतिक दलका शीर्षस्थ दुईचार नेता राखेर सुनाउन पाएको भए कति मजा आउँथ्यो होला ! कार्यक्रम कति फलदायी हुन्थ्यो होला !! कतै देशको दर्दनाक परिस्थितिको बोध तिनले आत्मसात् गर्थे कि ? पूर्ववक्ता अतिथिको यस भनाइप्रति महाराजको असहमति थियो,— तिनको उपस्थिति यहाँ सुहाउँदैन । तिनलाई यस्तो काव्य सुनाउनु नसुनाउनुको कुनै अर्थ रहँदैन । किनकि तिनका कानमा यस्ता उपकारी वचन अड्न सत्तैmनन् ।

कार्यक्रम साहित्यिक थियो । तर प्रवचनका क्रममा कुनै एउटा सन्दर्भमा राजनीतिक प्रसङ्गतिर विषय मोड्दै प्रस्ट भाषामा स्वामीजी प्रजातन्त्रका पक्षमा पूरापूर वकालत गर्न थाले । उनको तर्क थियो,— गरिबी कम्युनिष्टहरुको राजनीतिको मुख्य स्रोत हो । यसैले उनीहरुको राजनीति गरिबी हटाउने पक्षमा कदापि हुत्र । किनकि, गरिबी हट्ने बित्तिकै कम्युनिष्ट राजनीतिको मुहान सुक्छ । उनीहरुको राजनीति सकिन्छ । यस तर्कमा उनले एउटा रोचक प्रसङ्ग पनि जोड्न भ्याए,— “घाउमा भन्केका झिँगाका अगाडि घाउ सुकाउने मल्हम देखायो भने तिनले विरोध गर्छन् । विरोध गर्नाको कारण हुन्छ त्यो घाउ निको भयो भने उनीहरु त्यहाँ भन्कन पाउत्रन् । तिनको दानापानी सकिन्छ । हो,— त्यस्तै हुन्छ कम्युनिष्टहरुका अगाडि आम रुपमा गरिबी निवारणका कुरा पनि ।”

स्वामीजीको यस निष्कर्ष भनाइका विपक्षमा कसैले पनि औँला ठड्याउन सकेनन् । बरु प्रवचन सकिएपछि उल्टै समर्थनमा ताली बजाए । बाहिरी आवरणमा यो बृहत् उपस्थिति प्रजातन्त्रका पक्षमा देखियो । भित्री आत्मा कस्को कस्तो थियो पङ्क्तिकारलाई थाहा भएन ।

काव्यवाचनले बढी समय खाएको यस कार्यक्रमलाई स्वामीजीले धेरै लम्ब्याउन चाहेनन् । छोटो मीठो प्रवचनमा स्रोता लोभिँदा लोभिँदै प्रवचन सकियो । स्वास्थ्यका लागि चिकित्सकहरुको सल्लाह पनि सायद यस्तै हुन्छ क्यार ! दुईचार गाँस खाउँखाउँ लाग्दैमा खान छाड्ने । अनि मात्र जीउलाई फाइदा गर्छ । हो, यस्तै भयो यहाँ पनि ।

कार्यक्रमप्रतिको मूल्याङ्कन स्वामीजीको मात्र थिएन । वाचित रचनाहरुको समीक्षा गर्ने क्रममा उभिएका दिव्य चेतना साहित्य समाजका अध्यक्ष प्राध्यापक भागवत ढकालले प्रसङ्ग मिलाएर स्वामीजीको पूर्व रौद्र रुपको खुलेरै प्रशंसा गर्न भ्याइहाले । यो अन्यथा थिएन पनि । वास्तवमा यो कार्यक्रम यसरी अति नै सौम्य वातावरणमा सम्पत्र हुन सक्नुमा महाराजको त्यही रौद्र रुपको प्रभाव थियो । यसमा दुई मत रहेन । यस किसिमको रौद्र रुपको प्रदर्शन स्वामीजी स्वयंका लागि कति ठीक÷बेठीक के थियो अरुले मूल्याङ्कन गर्ने विषय रहेन । तर कार्यक्रम सुचारु गर्नका लागि भने त्यो प्रहार अचुक बनेको थियो । बरु त्यहाँ धेरैले आपसी प्रश्न के गरे भने ‘महाराज’ को उपाधि पाएपछि साधुहरु पनि यसरी रौद्र रुपमा प्रस्तुत हुन रुचाउँदा रहेछन् कि क्या हो ? पङ्क्तिकारलाई लाग्यो ‘महाराज’ शब्दप्रतिको यो व्यङ्ग्यवाण सायद स्वामीजीतिर नभएर नेपालका पूर्ववर्ती ‘बहुश्री महाराजहरु’ तिर लक्षित थियो ।

कुरो जेसुकै भए पनि यस प्रसङ्गमा एउटा तीतो वास्तविकता के हो भने हामी जो कोही पनि अरु कसैको कडा अनुशासन स्वीकार्छौँ, तर आपैmँ त्यो वातावरण निर्माण गर्न चासो देखाइरहेका हुँदैनौँ । ध्यान दिइरहेका हुँदैनौँ । त्यसतर्पm हामी केन्द्रित हुनै सत्तैmनौँ । यहाँ मात्र होइन यस्ता अरु कार्यक्रममा पनि हाम्रो आचरण यसै गरी प्रदर्शित भइरहेको हुन्छ । वास्तवमा यो कुरा सत्य हो कि जबसम्म अर्काको कुरा सुत्रे बानीको विकास हामीमा हुत्र तबसम्म यस्तो परिस्थितिले हामीमा एकछत्र राज गरिरहनेछ । त्यसै हुनाले यस्तो सभ्य साहित्यिक वातावरणका बीच पनि स्वामी चन्दे्रशजी महाराजको यस्तो अप्रत्यासित रौद्र रुप एउटा मीठो परिकार बत्र पुग्यो । तर मीठो भईकन पनि यस्तो परिकारको अपेक्षा हामीले भविष्यमा कहिल्यै कसैबाट पनि गर्नु हुँदैन ।

कार्यक्रम त सकियो, तर धुलिखेलदेखि भक्तपुरको सल्लाघारीसम्म सहज रुपमा आएको गाडीलाई त्यसभन्दा अगाडि कोटेश्वरसम्म आइपुग्न झण्डै थप साढेदुई घण्टाको समय खर्चिन प¥यो । दिन प्रतिदिन बढ््दो गाडीको चाप, त्यसमाथि सडक निर्माण सुधारको काम र पनौतीको बाह्र वर्षे मेला एकसाथ परेको समय । जाम नपरोस् पनि किन ? जेनतेन रातको साढे नौबजे महाराजगञ्ज हुँदै गोङ्गबुको गन्तव्य पहिलियो । तर मनमा कत्ति पनि शान्ति थिएन । चिसो बिछ्यौनामा पल्टिँदासम्म पनि मेरा मनमा एउटै कुरा सल्बलाइरह्यो,— ‘के हामी हाम्रो संस्कार आपैmँ निर्माण गर्न सत्तैmनौँ ?’ यस्ता सामान्य कुरामा पनि सार्वजनिक रुपमा अर्काको उपदेश सुनिरहनु पर्छ ? सायद यो प्रश्न अहिले मात्र होइन मेरा मनमा जीवनपर्यन्त सल्बलाइरहनेछ । अस्तु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।