19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पूर्ण मृत्युको तयारी

कविता विश्व सिग्देल July 10, 2010, 12:42 pm

घरको जर्जर भित्तोले सोध्यो मलाई

अब अझै कति मैले

ठडिनुपर्छ ?

मैले भनेँ

पख केहीक्षण,

हावामा अझै दुश्मनको गन्ध फैलिसकेको छैन

पानीमा रङग चढिसकेको छैन

माटो मन्द सही

छाड्दैछ जीवनको गन्ध

केटाकेटीले हाँस्न बिर्सिसकेका छैनन्

पखेँटाको चोट बिर्सेर उडदैछन परेवा

पख एक्कैछिन पख

समेटन देउ मलाई आपूmभित्र

पञ्चभौतिक तत्व यहिँ म बोधिवृक्ष खोज्दै

देश विदेश भौँतारिने बुद्ध होइन

म बालकका सपना बाँच्छु

अनि तयार हुन देऊ

मेरा सारा आफन्तलाईं

खुकुल्याउन देऊ तन्तुहरू

र एउटा पूर्ण मृत्युका लागि

हुनदेऊ तयार !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।