19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भाषा सेवक, हे भानुभक्त !

कविता भानेन्द्र सम्बाहाम्फे “जुझारु” July 16, 2010, 9:56 am

झुक्दैन शिर, अब त हाम्रो, भाषा छ नेपाली

सिकायौ ज्ञान, रामायणको, लय छ नेपाली

गाउँछौँ हामी, एकता गीत, संगीत नेपाली

गर्दछौँ गर्व, तिमीमा भानु, धन्य छौँ नेपाली ।

नेपाली भाषा, मौलायो हेर, तिमीले रोपेर

मख्ख छौँ हामी, खुशीमा आज, नेपाली पढेर

सबैले बोल्छौँ, सबैले पढ्छौँ, नेपाली रमेर

भाषा सेवक, हे भानुभक्त ! तिम्लाई सम्झेर ।

अमर तारा, हे भानु तिमी, नेपाली मात्रको

लगायौ गुन, खोलेर पोको, अथाह ज्ञानको

सदैव चम्क, बनेर ज्योति, नेपाली आत्माको

भाषा सेवक, हे भानुभक्त ! गर्व हौ देशको ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।