19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

एम एम एसमा गान्धी

कविता दिपेन तामाङ July 16, 2010, 7:48 pm

अमेरिकन पपुलरिष्ट

वेब साइटमा

अहिंसाका गान्धीका

धोती पुत्काउन तम्सिएका

महाभारतको कौरबलाई

म अर्जुनको के वास्ता ?

म कृष्णको के वास्ता ?

मस्तिष्क र

कमप्यूटरको इच्छाले

बुद्धिजमको बुद्ध

हिमाली शंकरको

बाघ छालालाई

एम एम एसको

विश्व बजारमा

स्वात्तै सुर्काईँदैछ।

हेर !

बुद्धिको

अहमको र

प्रतीक एडभान्सको

बिम्ब ...

कुहिनु जुर्मुरिराको

नालीको आलु जस्तै।

देख्नु हुँदैछ ?

स्तम्भ युगको

आधारशिला राष्ट्रियताको

‘महान’ – हरूलाई

‘हरूको’- व्यक्तित्वलाई

‘व्यक्तिको’- अस्तित्वलाई

फ्री कन्सेसनमा

ब्लुतुथको सहारामा

अतृप्त रूपरङ्ग बनाई

अदृश्यको पछिपट्टि

फ्लास् दिँदैछ।

दार्जिलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।