19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

शताब्दी कैदी

कविता रुपेश राई July 19, 2010, 12:09 pm

बामे सर्दै खुट्टाले

उभिन खोज्दा बालकलाई,

आभास हुन्छ, चक्कर

लगाएका पृथ्वीले वरिपरि सूर्यका ।

जिज्ञासाले समयसँगै उभिएर

आधुनिक/उत्तर-आधुनिक्ताका

उपजहरू कैद गरेर आदिमताको बट्टाभित्र

तय गरेकोछ ‘एकजोटिक’ संसार ।

पढ़कन आँटेको छ, ऊ

फुट्न आँटेको छ । किनकि

उसले तय गरेको संसार

उसलाई त्यहीँ सर्बस्व छ । ठिक्क छ ।

यसैले त ‘निलो संसार’मा

आदिमता चियाउने गरेको छ

‘हरियो संसार’ नङ्ग्याएर ।

उसलाई त्यहाँ

ऐश...आराम छ,

यद्यपि संकुचित हुने गरेको छ

ऊ। अस्मिता कोत्र्याएर !

अब,

विश्व सोच्न स्कदैन ऊ

‘ख’बाट ‘भू’ सोच्न सक्दैन !

विज्ञानको खेलाउना/कम्प्यूटरको कैदी

माउस उसको प्राण !

वेबसाइट उसको आदिम्ता !!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।