पाखो बारीको उत्पादनले तीन महिना पनि नथेगेपछि रामलाल मुगलान पस्यो । पाँच महिनापछि चार–पाँच हजार रुपैयाँ बोकेर घर फक्र्यो । ऊ गएदेखि नआएका गरिब नेताहरू आज जम्मा भए । अलिकति चन्दा लिएर गए ।
दुई महिनापछि रामलाल फेरि मुगलान पस्यो । ऊ गएको केही दिनपछि उसकी स्वास्नी थला परी । केटाकेटी भोकभोकै परे । सहयोग गर्न कोही पनि आएन । यही मौकामा रामलालले दुई हजार कम्पनी पठायो । उनीहरूले आखतीमूलो गरे अनि पेटभरि खान पनि पाए ।
तीनचार वर्षपछि ऊ केही पैसा लिएर फक्र्यो । रामलाल आएको थाहा पाएर गरिब नेताहरू उसै दिन जम्मा भए । दःुख–सुखका कुरैकुरामा जहान थलिएको, केटाकेटीको बिचल्ली भएको तर सहयोग गर्न कोही पनि नआएको कुरा निस्क्यो । गरिब नेताहरूका शिर निहुरिए ।
उनीहरूको बीचबाट एकजना गरिब बन्दुकधारी नेता कड्क्यो । ऊ भन्दै थियो– ”ल्याएको पैसा सबै निकाल् ......।”