14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

फूलले जन्मदिन मनाउँदैन

कविता रमेश सायन July 24, 2010, 8:26 am

ओठका ईन्द्रेणी रेसाहरु

घामले पोतेको घरको संघार,

शितका थोपाहरुमा टल्केको फूलको प्रतिबिम्ब

वसन्तको मुनाहरुमा खसेको यौवन,

सबै थोक बिर्सेर गयो

मेरो जन्मदिन ।

तर,

पोहोर साल भन्दा,

अज उत्ताउलिएर फुलेको छ,

घर छेउको बूढो शिरिसको बोट,

गमलामा फुलेको गुलाबको फूल,

किन, म भन्दा बुढो हुँदैनन् फूलहरु ?

के फुलहरुले ऐना हेर्दैनन् ?

कि फूलहरुले जन्मदिन मनाउँदैनन् ?

शनिश्चरे ७, मोरंग

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।