निष्कलंक मन लिएर यो चौबाटोमा उभिएँ भने
बाटोहरुले नै मलाई छोप्ने छन्
माया मानेर छिमेकीको आँगन टेकें भने
आफन्तहरुले नै छिर्के हानिदिने छन
तीर्खा लागेर सियाल ताप्न
या धपेडिमा सुस्ताउन गति कम गरें भने
आप्mनै साथीभाई जाईलाग्ने छन्
मुलबाटोमा मालाई छेकबार लागाएका छन
कुलमा पानी नचल्ने बनाएका छन्
र टोलमा एक्लो पारेका छन्
नयाँ छिमलको लहर खोज्दै
पँधेरो मुनिको गल्ली छलेर यो एक्जी लीन खोज्दा
मेरा आँखाहरु तिरमीराएका छन्
खुट्टाहरु लगपकाएका छन्
साह्रै कठीन छ आजको दिन
बसँुं बासमा सर्प छिरेको छ
बाटो लागुँअंधकारमा भूमरि परेको छ
यी चाक्ला परेका सडकहरुमा उभिएका मेप्पलका पातहरुले
मेरो भाकालाई सुसेल्दैनन
असी माईलको गतिमा कुदेका आधुनिक लेक्ससहरुले
धीमा घस्रने मेरो पाईलालाई बाँध्न सक्दैनन
सबै सबै छन् यहाँ र पनि कोही छैन
कोही पनि छैन यहाँ – मात्रै कुदीरहेका छन्
हावामा हुरी बहेर आउँछ,
जाडोमा हीउँ वर्षिएर झर्छ
बिपरित बाटोको लेनमा
यसरि बाहिरिएको छ – एउटा यात्री !