19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल गिरिराज बाँस्कोटा July 24, 2010, 1:39 pm

फुल छ मेरो हातमा तिमी जुन खोज्छेऊ

माया छ ममता छ खालि सुन खोज्छेऊ

उत्साहको सागरमा सुन्दर चाहा बुन्दा

बिरहमा आशु बग्ने तिमि धुन खोज्छेऊ

अर्थ खोइ समर्पण भाव गहिराइमा

बिना अर्थ बगाउन किन खुन खोज्छेऊ

भएजति दिन सक्छु नभएको के गरौ

म सगै नभएको अनेक गुन खोज्छेऊ

हुने कुरा भइहाल्छ नहुने किन सोच्नु

जगाएर रहर क्षितिज छुन खोज्छेऊ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।