मलाई बास दिने चोक छ आकाशमुनि छु म
मेरो ओछ्यान कसले तोक्छ आकाशमुनि छु म
देश बनाउन लागिपर्छन् भन्ने सुनेको छु
विकासमा मिठो भोक छ आकाशमुनि छु म
सयौँ हिँड्छन् हजार डुल्छन् मेरो ओछ्यान टेक्दै
उत्पीडनले साह्रै टोक्छ आकाशमुनि छु म
रात रुन्छ जुनेलीमा शीतको थोपा झार्दै
पूर्ण छु म सबैथोक छ आकाशमुनि छु म
शखी छैन एक्लै हैन मेरो दुनियामा
नजरले भेट्ने लोक छ आकाशमुनि छु म