14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

इल्या भट्टराईको कथाशिल्प

व्यक्तित्व / कृतित्व लीला लुइटेल July 24, 2010, 10:18 am
लीला लुइटेल
लीला लुइटेल

१. परिचय

इल्या भट्टराईकोे जन्म २०१२ साल मङ्सिर १३ गते वीरगन्जमा भएको हो । बी.ए., बी.एड्. सम्मको शिक्षा हासिल गरेकी इल्याले केही समय अध्यापन कार्य पनि गरेकी थिइन् । यिनी गुञ्जन, सिस्नुपानी नेपाल, नेपाल इन्जिनियर श्रीमती समाजजस्ता विभिन्न सङ्घसंस्थामा संलग्न हुनुका साथै अभिव्यक्ति, रचनाजस्ता मासिक पत्रिकाको आजीवन सदस्य तथा वनिता प्रकाशनको विशिष्ट सदस्य पनि रहेकी छन् ।

२०४३ साल जेठको गरिमा पत्रिकामा प्रकाशित उसको पुतली शीर्षकको कथाबाट इल्या भट्टराईको कथायात्रा प्रारम्भ भएको हो । यसपछि यिनको साहित्ययात्रामा निरन्तरता पाइन्छ । आफ्नो कथायात्राको दुई दशकको अवधिमा नै यिनका मन मनै त हो (२०६०), अनि... (२०६२), निःशब्द प्रश्नहरू (२०६३) शीर्षकका कथा सङ्ग्रहहरू प्रकाशित भइसकेका छन् । यस दृष्टिले हेर्दा लेखनका सुरुको अवधिका तुलनामा पछिल्लो अवधिमा यिनको कथा लेखन निकै सक्रिय रूपमा अगाडि बढेको देखिन्छ ।

कथाबाहेक इल्या भट्टराईको लफवराको वरिपरी (२०६१) शीर्षक यात्रानिबन्ध पनि प्रकाशित छ । यसका अतिरिक्त यिनले मनका कुरा जस्ताको तस्तै (२०६४) सामयिक सङ्कलनको सम्पादन पनि गरेकी छन् । माथि उल्लिखित तीनवटा सङ्ग्रहमा समाविष्ट कथाहरूको अध्ययन गरी इल्या भट्टराईको कथाशिल्प निरुपण गर्नु प्रस्तुत लेखको अभीष्ट रहेको छ ।

२. कथागत प्रवृत्ति

इल्या भट्टराईका तीनवटा कथा सङ्ग्रहमा समाविष्ट कथाहरू यसप्रकार छन् ः

कथा सङ्ग्रह/सङ्गृहीत कथा

(१) मन मनै त हो...

(२०६०) उसको पुतली, कुनै दिन त शिरीष ढकमक्क फुल्ला, अनुवाद, अन्तद्र्वन्द्व, अतृप्ति, वेभलेन्थ, सीता अब तिमीले भूमिमा समाहित हुन नपरोस्, जीवन यस्तै रहेछ, नियति, मन मनै त हो..., गुहार, विश्वासको प्रत्युत्तर, कठै ¤ इन्दिरा, मलाई भेट्ने इच्छा छैन, अवसान ।

(२) अनि... (२०६२) चक्रव्यूहमा अल्झिएको जीवन, शुभकामना, विडम्बना, एक चोइटो माया, मेरी फुपू, डेफोडिल अभैm फुलेको छैन, अनि सबै सिद्धियो, संवेदना, माया भनेको के हो ?, ऊ त्यस्तो पो रहेछ ¤, एकादेशको कथा, समुद्र एक्लिएको छ, एउटा परिवार, विप्लवी, सम्झनामा एउटा मायालु अनुहार, भैयाजी हम तोहार बिटिया ना है, सुनामी ।

(३) निःशब्द प्रश्नहरू

(२०६३) आखिर त्यही भयो, नसिमा अकस्मातै पराई भएन्, दाजु मलाई मद्दत गनुहोस्, ओ हमिद दाइ, सानुको आगमन, त्यहा“ सधै“ सत्यमेव जयते हु“दैन, म अब एक्लै छैन, मन परिवर्तन नहोस्, द्विविधा, नबुझेको यथार्थ, डिजाइन नम्बर १३६, हा“सोभित्र पनि रोदन लुकेको हुन सक्छ, कसको दोष थियो, एउटा अनुभव, निःशब्द प्रश्नहरू, डोल्मा ।

इल्या भट्टराईको पहिलो कथा सङ्ग्रहमा पन्ध्रवटा, दोस्रोमा सत्रवटा र तेस्रोमा सोरवटा गरी तीनवटा कथा सङ्ग्रहमा जम्मा अठ्चालीसवटा कथाहरू समाविष्ट छन् । चार दर्जन कथाका सर्जक भट्टराईका सुरुसुरुतिरका केही रचनाहरू उति स्तरीय र सबल नभई कथाजस्ता मात्र देखिन्छन् भने पछिपछिचाहि“ क्रमशः स्तरीय र सबल बन्दै गई सबैजसो रचनाहरू कथा बन्न पुगेका छन् । यिनका केही कथाहरू अङ्ग्रेजीमा अनुवादसमेत गरिएका छन् । माथि उल्लेख गरिएका तीनवटा कथा सङ्ग्रहमा समाविष्ट कथाहरू विभिन्न दृष्टिकोणबाट अध्ययन–विश्लेषण गरी इल्या भट्टराईको कथाशिल्प निरूपण गर्नु यस लेखको अभीष्ट रहेको छ ।

२.१ शीर्षक, संरचना र विभाजन

इल्या भट्टराईका सबै कथा सङ्ग्रहको शीर्षक चयन त्यसै सङ्ग्रहभित्र समाविष्ट एउटा कथाको आधारमा गरिएको छ । विषयवस्तु, भाव, पात्रनाम, स्थाननाम आदि आधारमा शीर्षकीकरण गरिएका यिनका केही अधिकांश कथाका शीर्षक लामो आयामका छन् । यिनका केही कथाहरू शीर्षकबाटै कथ्यको अनुमान गर्न सकिने खालका छन् भने केही गर्न नसकिने खालका छन् । जे भए पनि यिनका कथाको शीर्षकीकरण असहज र अस्वाभाविक नभएर सहज र स्वाभाविक रहेको देखिन्छ । इल्या भट्टराईका केही कथाको शीर्षकीकरण सङ्केतात्मक वा प्रतीकात्मकजस्तो देखिए पनि अधिकांशतः कथ्यअनुरूप सामञ्जस्यमूलक रहेको छ ।

इल्या भट्टराईका हालसम्म प्रकाशित कथाहरूको अध्ययन गर्दा केही कथाहरू अलि लामो आयाममा विस्तारित भएको पाइए पनि धेरैजसो कथाहरू सरदर मझौला आयाममै संरचित छन् । चिहृनाङ्कित रूपले अविभाजित रहेका यिनका कथाहरू पङ्क्तिपुञ्ज वितरण र सन्दर्भ एवं प्रसङ्ग परिवर्तनका आधारमा विभाजनको रेखा कोर्न सकिने खालका छन् । यिनका कथाको सङ्गठनात्मक व्यवस्थापन प्रचलित परिपाटीबद्ध ढा“चाको देखिन्छ र सबैजसो कथाहरूमा आदि, मध्य र अन्त्यको क्रमिक वितरण पाइन्छ । प्रायः वर्णनात्मक ढङ्गबाट कथाको प्रारम्भ गरी लगभग उही तरिकाले कथानकको विस्तार गर्दै समापनको बिन्दुमा पु¥याउने परिपाटी यिनका सबैजसो कथामा भेटिन्छ । यिनले अधिकांशतः वर्णनात्मक पद्धतिबाट कथाको सुरुतिरै प्रमुख सहभागी, घटना, कार्यव्यापार आदिको परिचय दि“दै मूल कथ्य वा सम्भावित समस्या प्रस्तावित गर्ने र मध्य भागमा त्यसको व्यापक विस्तार गरी अनेक सङ्कटावस्थाहरू पार गराउ“दै सम, विषम वा अन्य कुनै ढङ्गले कथालाई अन्त्य गर्ने परिपाटीको अनुसरण गरेकी छन् । यसर्थ उपयुक्त विभाजनका साथ प्रचलित परिपाटीबद्ध ढा“चामा कृति र वस्तु दुवैको क्रमिक सङ्गठनात्मक व्यवस्थापन गरी कथा सिर्जना गर्नु कथाकार इल्याको शिल्पगत विशेषता हो ।

२.२ विषयवस्तु

विषयवस्तु कथा संरचना निर्माणको लागि अनिवार्य घटक हो । कथाकार इल्या भट्टराईले विविध विषयवस्तुलाई कथात्मक ढा“चामा उनेर प्रस्तुत गरेकी छन् । यिनका कथामा मूलतः सामाजिक र अंशतः आर्थिक, राजनैतिक आदि क्षेत्रमा व्याप्त विसङ्गति र विकृतिका साथै अन्य विविध सन्दर्भ र प्रसङ्गलाई यथार्थमूलक ढङ्गले अभिव्यक्त गरिएको छ । यिनका कतिपय कथामा यौनजन्य समस्या र त्यसबाट उत्पन्न विकृत पक्षको चित्रण पनि पाइन्छ । यिनका कथामा विभिन्न व्यक्ति र समाजमा व्याप्त विकृतिहरूका साथै शोषण, अन्याय, अत्याचार, दुराचार, अनैतिकता, व्यभिचार आदि विविध विषयवस्तुलाई मूल कथ्य बनाई त्यसलाई वर्णनात्मक रूपले कथात्मक ढा“चामा प्रस्तुत गरिएको छ । कथाकार इल्याले नारीको दुर्दशा, वेदना, छटपटी, उकुसमुकुस, यौनावेग, यौनदुराचार, सन्तानप्रतिको मोह, सङ्कटमा परेको मातृत्व, देहव्यापार, नारीप्रति गरिने अत्याचार, गरिबी, परिस्थितिजन्य विवशता, बाध्यता, आर्थिक दुरवस्था, स्वतन्त्रताको हनन, पुराना र नया“ पुस्ताका बीचको द्वन्द्व, अवसरवादीवृत्ति, देशमा भएको सशस्त्र द्वन्द्वबाट उत्पन्न पीडा र परिणाम, आदि अनेक सन्दर्भ र प्रसङ्लाई कथात्मक संरचनामा आबद्ध गरेकी छन् । सामाजिक, पारिवारिक एवं मानसिक रूपले शोषित–पीडित नारीवर्गप्रति सहानुभूति प्रकट गरिएका यिनका कथामा नारी विद्रोहचाहि“ स्पष्ट रूपमा अभिव्यक्त हुनसकेको छैन ।

इल्या भट्टराईका कथामा देशभित्रका मात्र नभएर देशबाहिरका विषयले पनि स्थान पाएका छन् । देशबाहिरका विषयवस्तुमा आधारित यिनका कथाहरू अन्तर्राष्ट्रिय सन्दर्भका र डायस्पोरिक गरी दुई प्रकारका देखिन्छन् । अन्तर्राष्ट्रिय सन्दर्भलाई वस्तुका रूपमा प्रयोग गरेर लेखिएका यिनका कथाहरूमा प्यालेस्टाइनीरूले भोगेको देशविहीन हुनुको पीडा, सुनामीले दिएको पीडा र मातृत्वको परीक्षा, युद्धको विभिषिका तथा प्रेमका सन्दर्भरू समेटिएका छन् भने डायस्पोरिक कथाहरूमा डायस्पोरामा बस्नेरूको मानसिकता, सांस्कृतिक विचलनबाट उत्पन्न पीडाजस्ता सन्दर्भहरूलाई कथात्मक स्वरूप प्रदान गरिएको छ ।

इल्याका कथामा विभिन्न उमेर र वर्गका पात्रको मनोविश्लेषण पनि गरिएको छ । विविध प्रकारका सङ्कटमा चेपिनपुगेको मानसिकताको प्रस्तुति पाइने यिनका कतिपय कथामा बालमनोविज्ञान पनि अभिव्यक्त भएको छ ।

यसरी विविध खाले सामाजिक एवं मानसिक सन्दर्भलाई समाती यथार्थका निकट रहेर सामाजिक एवं मनोवैज्ञानिक कथा लेख्नु कथाकार इल्याको कथालेखनको वस्तुगत वैशिष्ट्य हो ।

२.३ सहभागी

कथाका घटनाहरूलाई अगाडि बढाउने वा गति प्रदान गर्ने काम पात्र वा सहभागीहरूले गर्छन् । बिनापात्र कथाको निर्माण हु“दैन । इल्या भट्टराईका कथामा कथानकलाई धान्न नसक्ने अक्षम खालका नभई सक्षम खालका सहभागीहरूको प्रयोग पाइन्छ । अधिक सङ्ख्यामा नभएर न्यून सङ्ख्यामा सहभागीको प्रयोग गरी तिनकै परिवृत्तबाट कथ्यलाई अगि बढाएर कथान्त गर्ने परिपाटी यिनका अधिकांश कथामा भेटिन्छ । यिनका कथामा प्रयुक्त प्रायः सबै पात्रहरू शिक्षित, बौद्धिक हुनाका साथै आफ्नो अस्तित्वप्रति सचेत छन् । यिनका कथामा पुरुषभन्दा नारी पात्रको आधिक्य पाइन्छ । यिनका कथामा प्रयुक्त पुरुष पात्रहरू शिक्षित भए पनि आÇनो सङ्कीर्ण मानसिकतालाई छोडेर युगअनुकूल आपूmलाई परिवर्तन गर्न नचाहने, हैकमी, स्वेच्छाचारी, घमण्डी खालका छन् भने केही पुरुषहरू नारीबाट पीडित तथा हीनताबोधले ग्रसित पनि छन् । यिनका नारी पात्रहरू आÇनो हकहितका लागि डटेर सङ्घर्ष गर्नसक्ने आÇनो लक्षमा पुगेरै छाड्ने सबल र विद्रोही खालका नभए पनि तिनको चरित्रचित्रणमा भने स्वाभाविकता र जीवन्तता पाइन्छ । विभिन्न खाले सहभागीको प्रयोगका माध्यमबाट कथ्यलाई अगि बढाउने इल्या भट्टराई चरित्रप्रधानभन्दा घटनाप्रधान कथास्रष्टा हुन् । यिनका कथामा घटनावर्णनको आधिक्य हु“दाहु“दै पनि सहभागीको चरित्रचित्रण स्वाभाविक रूपमा गर्ने प्रवृत्ति रहेको छ । यसरी विविध प्रवृत्ति भएका सहभागीका माध्यमबाट कथ्यलाई अगि बढाई कथात्मक संरचना निर्माण गर्नु यिनको चरित्रगत वैशिष्ट्य हो ।

२.४ परिवेश

परिवेशले स्थान, समय र वातावरणलाई बुझाउ“छ । इल्या भट्टराईका कथामा विभिन्न स्थान, समय र वातावरणको प्रयोग भएकाले परिवेशगत विविधता पाइन्छ । यिनका अधिकांश कथामा स्थानको उल्लेख स्पष्ट रूपमा गरिएको पाइन्छ भने केही कथामा स्थानको सङ्क्षिप्त एवं सङ्केतात्मक प्रस्तुति भएको छ । प्रायः काठमाडौंली निम्नमध्यम र मध्यमवर्गीय सहरिया परिवेशको चित्रण पाइने यिनका केही कथामा ग्रामीण परिवेश र केहीमा डायस्पाेिरक तथा विदेसी परिवेश पनि चित्रित छ । यिनका अधिकांश कथाहरूमा समयको स्पष्ट उल्लेख उति नपाइने हु“दा ती खास समयविशेषका नभएर सार्वकालिक गुणयुक्त पनि बन्नपुगेका छन् । यिनका अधिकांश कथामा समय र स्थानभन्दा वातावरण सशक्त ढङ्गमा आएको छ र त्यो आन्तरिक र बाहृय दुवै पक्षबाट सुखदभन्दा बढी दुःखद र त्रासद रहेको छ भने केही कथाको अन्त्यमा सुखद वातावरणको सङ्केत गरिएको पाइन्छ । यिनका कथामा पाइने समग्र परिवेश वर्णन कृत्रिम र अस्वाभाविक नभई सहज र स्वाभाविक रहेको छ । यसरी स्थानलाई उचित महत्व दि“दै दुःखद र सुखद दुवै वातावरणमा सार्वकालिक गुणयुक्त कथासिर्जना गर्नु कथाकार इल्याका कथाको परिवेशगत प्रवृत्ति रहेको देखिन्छ ।

२.५ उद्देश्य

उद्देश्यविना कुनै पनि साहित्यिक कृतिको रचना हु“दैन । कथाकार इल्या भट्टराईका अधिकांश कथाहरूमा सामाजिक विसङ्गति, विकृति र बेथितिको चित्रण पाइन्छ । यिनका कथा सिर्जनाको मुख्य उद्देश्य वर्तमान युगीन सामाजिक र मनोवैज्ञानिक यथार्थका विविध पाटाको प्रकटीकरण रहेको देखिन्छ । यिनमा पनि सामाजिक यथार्थको प्रकटीकरणले विशेष महत्व पाएको छ । नारी समस्याहरूको यथार्थपरक चित्रण पाइने यिनका कथामा समाजमा नारीहरूको अवस्था, तिनीहरूप्रति गरिने यौन दुव्र्यवहार, असन्तुष्टि, विवशता, बाध्यता आदिको चित्रणबाट नारी समस्या अगि सारिएको छ । यसका साथै बालसमस्या, यौनजन्य समस्या आदिको चित्रण पनि यिनका कथामा पाइन्छ । यसरी विविध सन्दर्भ र प्रसङ्बाट युगीन यथार्थको प्रकटीकरणका साथै विविध प्रकारका सङ्कटमा परेको मानसिकतालाई प्रस्तुत गर्नु यिनको कथालेखनको खास उद्देश्य रहेको देखिन्छ ।

२.६ दृष्टिबिन्दु

कथाशिल्प विश्लेषणको एउटा महत्वपूर्ण तत्व दृष्टिबिन्दु पनि हो । कथाकार इल्या भट्टराईका अधिकांश कथाहरूमा प्रथमपुरुष दृष्टिबिन्दुको प्रयोग गरिएको छ भने केही कथाहरू तृतीयपुरुष दृष्टिबिन्दुमा संरचित छन् । यिनले ऊ, त्यो वा नामधारी सहभागी सहभागीभन्दा म सहभागीका माध्यमबाट अधिकांश कथाको कथ्यलाई अगि बढाएकी छन् । प्रथमपुरुष दृष्टिबिन्दुको प्रयोग गर्दा यिनले आफ्ना अधिकांश कथामा केन्द्रीय भन्दा परिधीय दृष्टिबिन्दुको प्रयोग गरेकी छन् । यिनका कतिपय कथाहरू मनोविश्लेषणका दृष्टिले पनि महŒवपूर्ण छन् । सङ्कटग्रस्त मानसिकतालाई प्रस्तुत गर्ने प्रयासका कारण यिनका त्यस्ता कथाहरू तार्किकभन्दा बढी भावुक र मर्मस्पर्शी हुन पुगेका छन् । यसरी अधिकांशतः प्रथमपुरुषअन्तर्गतको परिधीय दृष्टिबिन्दु र अंशत तृतीयपुरुष दृष्टिबिन्दुको प्रयोगका साथ सामाजिक तथा मनोवैज्ञानिक यथार्थको प्रस्तुति यिनको कथागत वैशिष्ट्य रहेको देखिन्छ ।

२.७ भाषाशैली

भाषा अभिव्यक्तिको माध्यम हो भने शैली अभिव्यक्तिको तरिका हो । भाषाशैलीय विन्यासका दृष्टिले इल्या भट्टराईका कथाहरू छोटाछोटा अजटिल संरचनामा आबद्ध छन् । घुमाउरो पाराको नभएर सोझो, सरल र अभिधात्मक भाषाको प्रयोगमा रुचिराख्ने इल्या भट्टराईका कथामा मानक नेपाली भाषाको प्रयोग पाइन्छ । यिनले केही कथामा सहभागी र परिवेशअनुरूपको भाषिक प्रयोग गरेकी छन् । यिनका कथामा नेपालीबाहेक भोजपुरी, अङ्ग्रेजी आदि भाषाका शब्द, पदावली तथा वाक्यको पनि प्रयोग पाइन्छ । यसप्रकारको प्रयोगले यिनका कथालाई स्वाभाविक र जीवन्त बनाएका छन् । यदाकदा वार्तालापीय र एकालापीय शैलीको प्रयोग पाइए पनि वर्णनात्मकता नै यिनको कथा लेखनको शैलीगत पहिचान हो । समग्रमा भन्दा सहभागी र परिवेशअनुरूप सहज र स्वाभाविक भाषिकविन्यासका साथ सरल भाषा र वर्णनात्मक शैलीको प्रयोग कथाकार इल्या भट्टराईको भाषाशैलीय विशेषता हो ।

३. उपसंहार

आफ्नो कथायात्राको दुई दशकको अवधिमा थुप्रै कथा सिर्जना गरी नेपाली कथाको क्षेत्रमा आफ्नो पहिचान कायम गर्न सक्षम कथाकार इल्या भट्टराई प्रायः छोटाछोटा अजटिल संरचनाका कथा सर्जक हुन् । यिनी प्रायः लामा खाले शीर्षक चयन गर्न रुचाउने तथा स्पष्टतः अविभाजित रूपले परिपाटीबद्ध सङ्गठनात्मक ढा“चामा विभिन्न विषयवस्तुलाई विभिन्न खाले सहभागीका माध्यमबाट कथात्मक संरचनामा आबद्ध गर्ने कथाकार हुन् । विशेषगरी सहरी परिवेशमा केन्द्रित रही युगीन यथार्थको प्रकटीकरण गर्ने उद्देश्य लिएर बढी मात्रामा प्रथमपुरुष दृष्टिबिन्दुको प्रयोग गरी सरल भाषा र वर्णनात्मक शैलीमा कथा सिर्जना गर्ने इल्या भट्टराई समसामयिक युगकी उल्लेखनीय सामाजिक यथार्थवादी कथाकार हुन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।