14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

चङ्गाको इन्द्रेणीभित्र तियानमेन स्क्वायर

नियात्रा डा. रविन्द्र समिर July 25, 2010, 7:49 am

सफा एवम् नीलो आकाशले बादलका झुम्काहरू लगाएको छ । ती झुम्काहरूलाई चुम्न आतुर छन् रङ्कीविरङ्की चङ्गाहरू । कुनै बाज आकारका चङ्गाहरू, कुनै हवाईजहाजजस्ता चङ्गाहरू, कुनै एउटै धागोमा उनिएका बहुरङ्की कलात्मक दर्जनौँ चङ्गाहरूले आकाशलाई मनमोहक बनाइरहेका थिए । घामको झुल्का भर्खर धर्तीमा पोखिएकाले सुनौलो वातावरण थियो । न गाडीको आवाज, न प्रदूषण, न कुनै कोलाहल सुरम्य बनेको थियो विश्वको सबैभन्दा ठूलो स्क्वायर (चोक) तियानमेन स्क्वायर ।

बिहानको सात बजेको थियो, म उभिएको थिएँ, बेइजिङको मुटु तियानमेन स्क्वायरको मध्यभागमा । चार लाख चालीस हजार वर्गमिटर क्षेत्रफल भएको यो चोक चाङ्क एन रोडमा अवस्थित छ । दस लाख मानिसहरू उभिन सक्ने क्षमता भएको यो चोकमा म आकाशमा हल्लिइरहेको चङ्गाजस्तै भौँतारिरहेको थिएँ । ‘चाउ शाङ्क हाउ’ अर्थात् शुभप्रभात भन्दै एउटी चिनियाँ युवती विभिन्न जात र वर्णका चङ्गा बेच्न आउँछे । जानीनजानी चङ्गा उडाउन खोज्छु, एउटै धागोमा एक दर्जन चङ्का उडाउनुपर्दा सन्तुलन मिलाउन गाह्रो भइरहेको छ, अन्य चिनियाँहरू अचम्म मानेर मतिर हेर्छन् र हाँस्दछन् अनि बूढी औँला ठाडो गराएर उत्साहित गर्दछन् ।

चोकको किनारावरिपरि व्यवस्थित फुटपाथ पसलहरू छन् । माओका टोपहरू, माओका लकेटहरू, माओका घडीहरू, माओका कपडाहरू, माओका पोस्टरहरू, माओका सामग्रीहरू... माओमय वातावरण छ, सामान बेच्नका लागि तँछाडमछाड गरिरहेका छन् । विदेशी अनुहार ठानेकाले होला, चर्को भाउ सुनाउँछन्, बार्गेनिङ गर्दै जाँदा निकै सस्तोमा किन्दा पनि खल्तीको वजन स्वात्तै घटेछ र म लागेँ तियानमेन स्क्वायरको समीपमा ।

सुन्दर ठूलो स्तम्भ । बेलारुसका प्रोफेसर सिभाकोभ, थाइल्यान्डकी प्रानी, थाङ्क चाओ, मिली, ली, ओल्गा, नतासा थुप्रै साथीहरू तियानमेन स्क्वायरको सुन्दरतालाई क्यामेरामा कैद गर्दै छन् । उनीहरू चुम्बक बन्छन्, म फलाम । उनीहरूसँगै तानिएर, टाँसिएर रमाइरहेको हुन्छु । साना एवम् मायालाग्दा फुच्चाफुच्चीहरू पुतलीजस्ता साइकलमा चढेर रमाइरहेका छन्, प्रौढहरू चङ्गा उडाइरहेका छन्– ‘आहा ¤ कति रमाइलो । बीचमा स्तम्भ, पश्चिममा ग्रेट हल (जहाँ दस हजार सिटको क्षमता छ), बैङ्गेटिङ हल (पाँच हजार सिटको क्षमता छ), पूर्वमा चाइना नेसनल म्युजियम, दक्षिणमा माओ मेमोरियल हल, उत्तरमा प्यालेस म्युजियम (Forbidden City) को गेट रहेको छ । जता हे¥यो, झनै रमाइलो । हजारौँ मान्छेहरू छाता ओढेर पङ्क्तिबद्ध छन्, हातमा पूmलको गुच्छा बोकेका छन् । पङक्ति माओ मेमोरियल हलबाट सुरु भएको छ, अन्त्यहीन छ, प्रत्येक सेकेन्ड पङ्क्तिको लम्बाइ बढिरहेको छ । माओलाई पूmल चढाउने पङ्क्ति रहेछ त्यो ।

रेन चाओ याङ्क, स्याडी मिली र लीले सुरक्षाकर्मीहरूसँग छाङछाङ र छुङछुङ गर्छन्, हामीहरू ट्वाल्ल परेर हेर्छौं । विदेशी अतिथि भएकाले हामीहरू पङ्क्तिमा कुर्नुनपर्ने भयो, स्वाट्ट छि¥यौँ हामीहरू माओ मेमोरियल हलभित्र । घिउ रङको, सिङ्कमर्मरजस्तो रङ्कको माओको ठूलो सालिक, सोफामा प्रसन्नमुद्रामा बसेका माओलाई नजिकै गएर हे¥यौँ । कति सौम्य, शिष्ट, दृढ एवम् सुन्दर सालिक ¤ त्यहाँबाट भित्र पस्यौँ, सिसाभित्र हँसियाहथौडा अङ्गित कम्युनिस्ट पार्टीको झन्डा ओढाएर माओको शवलाई राखिएको रहेछ । माओको देहावसन भएको यतिका वर्षसम्म पनि उनको शरीर भर्खर बोल्लाजस्तो, उठेर हिँड्लाजस्तो । मैले पनि एक गुच्छा पूmल चढाएँ र माओलाई मनमनै अभिवादन गरेँ । मेरो नाक घिरौँलाजत्रो भयो माओको शरीर प्रत्यक्ष देख्न पाएकोमा । तस्बिर लिन मनाही भएकाले नेत्रपटलमा त्यो तस्बिरलाई खिचेर राखेँ र बाहिरियौँ हामीहरू ।

राष्ट्रपति भवन, पार्लियामेन्ट भवन हेर्दै हामीहरू अगाडि बढयौँ । पर्खालजस्तोमा सिङ्कमर्मरले बनाएका आठओटा मूर्तिहरू, हातमा झन्डा बोकेका, सैनिक पोसाक लगाएका, हात ठाडो बनाएका महिला तथा पुरुषहरूको मूर्ति सजीव लाग्यो । माओकै हस्तलिखितमा People Heros are Immortol अर्थात् ‘जनताका नायकहरू अमर छन्’ भन्ने पङ्क्ति हेर्दा भर्खर हेरेका माओले बाहिर आएर लेखेजस्तो लाग्यो । पूर्वदेखि पश्चिमसम्म पाँच सय मिटर तथा उत्तरदेखि दक्षिणसम्म आठ सय असी मिटर पैmलिएको तथा ढुङ्का छापिएको मैदानमा हामीहरू घुमिरहृयौँ । तीन लाख मान्छे उभिन सक्दारहेछन् ती विभिन्न हलहरूभित्र । सन् १९४९ देखि अक्टुबर १ गते यही चोकमा विशाल समारोह हुन्छ, चीनको राष्ट्रिय दिवसमा ।

सन् १९८९ को जुन ३ र ४ गते प्रजातन्त्र एवम् स्वतन्त्रताको पक्षमा उठेको विद्यार्थीहरूको प्रदर्शनमा सयौँ प्रदर्शनकारीहरूको रगतले भिजेको यो चोक अहिले शान्त, स्वतन्त्र एवम् अटल छ । ‘त्यो पश्चिमाहरूले चीनविरुद्ध गरेको उक्साहट हो, हामीले त्यसलाई दुर्घटनाको रूपमा लिएका छौँ, त्यो नहुनुपर्ने प्रदर्शन हो ।’ सबै जनाको मुखबाट एउटै प्रतिक्रिया पाइन्छ । हामी सरकारको नीति एवम् नियम पालना गर्छौं,राजनीति हामीलाई थाहा हुँदैन, रुचि पनि छैन ।’ आफ्नो देशप्रतिको गौरव एवम् कामप्रतिको समर्पण छ चिनियाँहरूमा ।

त्यसपछि हामीहरू तियानमेन टावरको पश्चिममा अवस्थित प्यालेस म्युजियम जसलाई Forbidden City पनि भनिन्छ, त्यता लाग्यौँ । प्रतिव्यक्ति साठी युआन (करिब रु. पाँच सय) को टिकट हाम्रो अन्तर्राष्ट्रिय तालिमका आयोजकहरूले लिएपछि हामीहरू प्यालेस म्युजियमभित्र पस्यौँ । सन् १९११ सम्म राजपरिवारहरू मात्र जान पाउने Forbidden City मिङ्क डाइनेस्टी र सिङ्क डाइनेस्टीहरूले बनाएका थिए । सात लाख पचहत्तर हजार वर्ग फिट क्षेत्रफलमा पैmलिएको नौ हजार नौ सय उनान्सय कोठाहरू भएको तथा तेत्तीस फिट अग्लो पर्खालले वरिपरि घेरिएको Forbidden City अहिले सङ्ग्रहालयको रूपमा राखिएको छ । राता टायलका छानाहरू, इँटाको गाह्रो, कलात्मक भ्mयालढोकाहरू, प्रत्येक दरबारभित्र तत्कालीन राजा एवम् राजपरिवारका गद्दी, बैठककोठा, सालिकहरू अत्यन्तै दर्शनीय छन् । रुग्ण हुन थालेका दरबारहरू भत्काएर जस्ताको तस्तै मर्मत गर्ने कार्य भइरहेको छ । बीचबीचमा बगैँचा, रूखहरू, भित्तामा मन्दिरहरू, आराम गर्ने बेन्चहरू एवम् वास्तुकलाको उत्कृष्ट नमुनाले Forbidden City को लामो यात्रा पनि अत्यन्तै रमाइलो लाग्यो ।

‘रवीन ! आज राति तियानमेन स्क्वायर जाने ?’ पुलुले हेइ जिङ्क फु होटलमा बियरले रङ्कीचङ्की भएको मलाई ट्याक्सीमा बसाई । रेल वेको सव स्टेसनमा पुगेपछि हामीले ट्याक्सीलाई छाड्यौँ र लाग्यौँ–जमिनभन्दा चार तला तलको पातालप्रदेशमा । त्यहाँबाट विद्युतीय रेलमा चढी हामीहरू तियानमेन स्क्वायर पुग्यौँ । आहा ...! पुलुले मलाई अँगालो हाली । रातको समयमा तियानमेन स्क्वायर स्वप्निल संसारजस्तो देखिँदो रहेछ । चारैतिर रङ्कीचङ्की बत्तीहरू बलेका, केटाकेटीहरू साइकल एवम् चङ्गामा रमाएका, प्रौढहरू व्यायाम, गीत, नाचमा झुमिरहेका । ‘वान शाङ्क हाउ’ ‘बेलुकीको नमस्ते’ चङ्गा बेच्ने दुइटी षोडशीहरूले हाम्रो पिछा गरे । दसदस युआनमा चङ्गाहरू किनेर हामीहरू चङ्गा उडाउन थाल्यौँ । चिसो हावाले शरीरलाई स्पर्श गरिरहेको थियो, हातमा चङ्गाको डोरी थियो, वरिपरि चित्ताकर्षक दृश्यहरूलाई रात्रिको विद्युतीय प्रकाशले निखारेको थियो, शरीरभित्र नशाको अवशेष बाँकी थियो, साथमा प्रिय मित्र पुलु थिई– जीवन भनेको यही हैन र ? तियानमेन स्क्वायरको एक छेउमा पुलु भावनाको महल बनाउँदै बसिरहेकी थिई, म भने उसको काखमा टाउको राखेर सुतेर आकाशको पूर्णचन्द्र हेरिरहेको थिएँ । ‘रवीन ! एक महिनापछि हाम्रो अध्ययन समाप्त हुँदै छ, त्यसपछि तिमी कहाँ, म कहाँ !’ पुलुले आँखाभरी प्रेमाश्रु भरी । ‘पुलु ! माथि आकाशमा हेर त ! तिमी र म जहाँ भए पनि चन्द्रमा एउटै हो । जुनेली रातमा तिमीले चन्द्रमा हेर्नू, म पनि चन्द्रमा हेर्छु, हामीहरू अब जूनमा भेट्नेछौँ, चन्द्रलोकमा भ्रमण गर्नेछौँ ।’ मभित्रको विवशता तियानमेन स्क्वायरमा छताछुल्ल पोखियो । ‘पुलु ! यो जिन्दगी दुई दिनको घामछाया हो, हामीहरू मर्नका लागि जन्मिन्छौँ, छुट्टिनका लागि भेट हुन्छौँ । घडी हेर त ! रातको एक बजिसकेछ, उज्यालो हुनका लागि रात परेको हो, रात पर्नको लागि उज्यालो हुने हो ।’

पुलुलाई सम्हाल्दै आपँैm नसम्हालिएको मैले फेरि जूनतिर हेरेँ । जूनभित्र मैले मेरो घर देखेँ, परिवार देखेँ, समाज देखेँ, सगरमाथा देखँे, लुम्बिनी देखेँ, पशुपतिनाथ र स्वयम्भू देखेँ र मनमनै कल्पना गरेँ– म पनि मेरो प्यारो देशबाट जूनमा देखिएको छु होला !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।