19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बाह्य स्मृति दापबाट...

कविता रुपेश राई July 27, 2010, 6:45 pm

स्वस्थ

तर, अस्वस्थ,

कति रोए ‘दार्जीलिङ’,

ठीक, म बाल्यावस्थामा थिएँ ।

आशा

तर, निराशा,

कति रिक्त भावना,

ठीक, म अक्षरावस्थामा थिएँ ।

‘ख’

तर, ‘भू’

कति खोजे बिकल्प

ठीक, म यौनावस्थामा थिएँ ।

भोक

तर, भोजन

कति यत्न प्रत्याशा

ठीक, म भोगावस्थामा थिएँ ।

विवेक

तर, पिँजड़ा

कति चाहे स्वतन्त्र

ठीक, म बाध्यतामा थिएँ ।

चीर

तर, नग्न

कति लागे कलङ्क

ठिक, म लथालिङ्ग थिएँ ।

पाए

तर, खोसिए

कति लुटे अस्मिता

ठीक, म वेहोशीमा थिएँ ।

मान

तर, अपमान

कति सहे उनले

ठीक, म षड़यन्त्रमा थिएँ ।

देखे

तर, अन्धो

कति भए सहिद

ठीक, म मेचमा थिएँ ।

कलम

तर, हिंसा

कति पढ़े ‘मुर्ख’

ठीक, म सन्धानमा थिएँ ।

सम्झौता

तर, विडम्बना

कति पर्खे ‘दार्जीलिङ’

ठीक, म अन्योलमा थिएँ ।

उन्नति

तर, अवन्नति

कति देखे भ्रष्टचार

ठीक, म महलमा थिएँ ।

सम्झे

तर, बिर्से

कति हतास आत्मा

ठीक, म चिकित्सामा थिएँ ।

यत्न

तर, विफल्

कति फोरे चक्षू

ठीक, म नजरबन्दमा थिएँ ।

विश्वास

तर, घात

कति फिक्सन ‘प्रदेश’

ठीक, म मुट्ठिमा थिएँ ।

विजय

तर, पराजय

कति भए अन्य

ठीक, म स्तिपामा थिएँ ।।

दार्जीलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।