तेल बेच्न बसेको
आयल निगमसँग
तेल छैन
अपराधी थुन्छु भन्छ
नेपाल प्रहरी
तर बबुरासँग
एउटा राम्रो जेल छैन
भड्खारोमा परोस्
साला पदक
हाम्रो खेलकुद परिषदसँग
एउटै पनि खेल छैन ।
बिहान–बेलुकै ढिंडो निल्दा
घाँटीमा चरो करायो
भन्छन् हुम्ली÷जुम्लीहरु
चामलको के आस गर्नु
विचरा खाद्यसँस्थानसँग
एउटा सिंगै सेल छैन
सधैं भेटै पिच्छे हात त मिलाउँछन्–पच्चिस दल
तर किन यिन्मा मेल छैन !
सिमकार्ड बाँड्छ टेलीकम
नेटवर्क बाँड्दैन
विदेशिन पासपोर्ट देउ भन्दा
परराष्ट्रले पासपोर्ट बेच्दैन
साला विद्युत प्राधिकरणको कुरै नगर
उ हिउँद/वर्खा सधैं
पानी भए पनि–नभए पनि
सम्साँभैm लाईन काट्छ
कृषि बैकले लाजै नमानी किसानको खेत खान्छ ।
जहाज उडाउनु पर्ने
वायु सेवा निगमसँग–जहाज छैन
अख्तियार र विशेष अदालतसँग
शीरदेखि पाउसम्म लाज छैन
धारामा हावा छिराएर
मिटर चढाउने खाने पानी संस्थान
उसँग नैतिक सोंच छैन
साला ढल र सडक विभाग
घाम ताप्छन र भत्ता पचाउँछन्
औषधि र डाक्टर विनाका
सरकारी अस्पतालले के को मान्छे बचाउँछन् !
जात्रामाथि जात्रा थप्छन्
संसदमा छ सय एक मठाधिसहरू
न चलाउन हुने÷न बोलाउन हुने
यो देशका पत्रकार र न्याधिसहरू
आधुनिकताको नाउँमा
दिउँसै नाङ्गिने मिसहरू
आदि–इत्यादी सबै महान हुन्
यो मुलुकमा जनता नै हुन् ठिसहरू.... ।
नारायणस्थान, बागलुङ