18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत राज कुमार पुडासैनी July 29, 2010, 1:19 am

हाँसेकै राम्रो बोलेकै राम्रो मनमा पीर भन्दा

कांकरी फूल फूलेकै जाति ऊन्युको पात भन्दा

घाँस खाने चौंरी, मन खायो के ले

लौ पर्यो मुस्किल छुट्याउनै आज

दोसाँध के को खोलाको भन्थे

पत्याउनै गाह्रो भो मै परयाँ आज

हाँसैरै टार्ने नबोल्ने बानी हालखबर झन् सोध्दा

दिनको दिन सम्झेकै हो नि तिमीलाई नै खोज्दा

नुवाकोट, हाल: बेल्जियम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।