19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल संगम सापकोटा July 28, 2010, 5:29 pm

कथाको व्यथा गाउँदा यो सारंगीको तार भयो

कसैको नजरमा यो जिन्दगीको भार भयो

जसले जे माग्यो उसलाई दिउँ दिउँ लाग्यो

फेरि कसैलाई यो जिन्दगीको आधार भयो

स्वार्थ लुट्ने वर भए नलुट्ने पर गए

रात भयो कसैको यो टुकिको दार भयो

धर्म नैतिकता सद्भावमा हिंड भन्दा

पुण्य गरे शुन्य हुन्छ यो खुकुरीको धार भयो

विकृती घर गाउँको सुन्दा भावना कपिमा उन्दा

थाहै भएन 'संगम' कुन दिन गजलकार भयो

तनहुँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।