17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल आचार्य प्रभा August 1, 2010, 8:48 pm

हाँसेर सधैं जिउँला भन्थेँ सागर पिएछु

मनको ब्यथा टाल्नको निम्ती हाँसोले सिएछु ।

सुखमा मन हाँसेर भुल्छ दु:खमा आत्तिन्छ

जिन्दगी भन्नु दु:खको सार जानेरै जिएछु ।

रातमा चन्द्र मुस्काइ दिन्छ दिनमा लुक्दछ

मुस्कान छर्न चन्द्रमा बन्ने आशामा थिएछु ।

जीवन चक्र घुमेर आयो दु:खको साथमा

सुखको हात पन्साइ मैले संघर्ष लिएछु ।

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।